एसिया प्यासिफिक सम्मेलनले नेपालको बिग्रेको छवी पखाल्ने काम गर्याे



हाम्रो इकोनोमि

 

भर्खरै मात्र सकिएको एसिया प्यासिफिक समिटले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवी उच्च बनाएको छ । नेपाल पनि ठूला–ठूला सम्मेलन गर्न सक्षम छ भन्ने यो समिटले अझै पुष्टी गरिदिएको छ ।

 

विगतमा पनि सार्क शिखर सम्मेलन, बिमस्टेक जस्ता सम्मेलन सभ्य र भव्य रुपमा सम्पन्न गरेको हामीमाझ ताजै छ । भर्खरै सम्पन्न समिट पहिलेको तुलनामा अझै ठूलो हो । र यो सम्मेलन पनि नेपालले भव्य रुपमा सम्पन्न गर्न सफल भएको छ ।

नेपाल देश भन्ने द्वन्द्वमा छ, संक्रमणमा छ भन्ने खालको जुन बिग्रिरहेको छवी थियो, त्यसलाई चौतर्फी रुपमा अन्तर्राष्ट्रिय रुपमै पखाल्नु पर्ने जरुरी थियो । यो सम्मेलनका माध्यमबाट नेपालको बिग्रेको छवी पखाल्ने काम पनि भयो ।

 

सम्मेलनमा ५० भन्दा बढी देशका प्रतिनिधि, ३ सयभन्दा बढी बिभिन्न देशका सांसद, ५ देशका सरकार प्रमुख नेपालमा आउनु भनेको त ती देशमा पनि नेपालका बारेमा चर्चा हुनु हो ।

 

नेपाल देश भन्ने द्वन्द्वमा छ, संक्रमणमा छ भन्ने खालको जुन बिग्रिरहेको छवी थियो, त्यसलाई चौतर्फी रुपमा अन्तर्राष्ट्रिय रुपमै पखाल्नु पर्ने जरुरी थियो । यो सम्मेलनका माध्यमबाट नेपालको बिग्रेको छवी पखाल्ने काम पनि भयो ।

 

नेपाल पनि एक सक्षम देश हो । शान्ति र स्थायित्व छ भन्ने देखाउन पनि सम्मेलन लाभदायी बनेको छ । नेपाल द्वन्द्वबाट शान्तितर्फ अनि अस्थिरताबाट स्थिरतातर्फ गएको छ भन्ने जुन बताउनुथियो, हामीले बताउने मौका पनि पायौं ।

 

नेपालले शान्ति प्रकृयामा अपनाएको मौलिक स्वरुपका बारेमा संसारका कुनै पनि देशमा हुने ठूला सम्मेलनहरुमा बोलौं भन्ने हुन्थ्यो । त्यो मौका हामीले आफ्नै देशमा भएको अन्तरर्राष्ट्रिय सम्मेलनमा बोल्न पायौं । यसले नेपालबारे बाहिर हल्ला गरेजस्तो संक्रमण छैन भन्ने सन्देश गएको छ ।

 

नेपाल एउटा सुन्दर र शान्त देश हो भन्ने सन्देश संसारभर छर्न पनि यो सम्मेलन एउटा माध्यम बन्न पुगेको छ । त्यसैले समग्रमा सम्मेलन लाभदायी रह्यो भन्ने नै हो ।

पर्यटन प्रवद्र्धनमा पनि सहयोग

सम्मेलन एकपक्षीय रुपमा मात्रै सफल भयो भन्ने होइन । सम्मेलन चौतर्फी रुपमा नै सफल भएको छ । पर्यटन प्रवद्र्धनमा सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

 

सम्मेलनमा आएका झण्डै १५ सय पाहुना काठमाडौंका बिभिन्न होटलमा बसे । बिभिन्न देशका राष्ट्र प्रमुखहरु, सरकार प्रमुखहरु, पूर्व प्रमुखहरु तथा उच्च पदस्थ पदाधिकारीहरुको उपस्थितिले नेपाल घुम्नै पर्ने देश रहेछ भन्ने सन्देश छाड्न हामी सफल भयौं ।

 

यसले यहाँ आएका पाहुनाका माध्यमबाट पनि ती देशका नागरिकहरु हाम्रो देश अर्थात नेपाल भ्रमणमा कुनै न कुनै माध्यमबाट आउँछन् भन्ने विश्वास हामीलाई छ । पर्यटन प्रवर्द्धनकै विषयमा हामीले कम्बोडियासँग हवाई सम्झौता गरेका छौं ।

 

त्यस्तै भैरहवा विमानस्थल निर्माण भएर सञ्चालन हुने बित्तिकै म्यानमार र नेपालबीच पनि हवाई सम्झौता गर्ने विषयमा नेपाल सरकार र म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकबीच सहमति बनेको छ ।

 

कम्बोडियामा सन् २००१ मा वार्षिक जम्मा १ लाख पर्यटक पुग्थे । तर अहिले वार्षिक ६० लाख पर्यटक घुम्नका लागि कम्बोडिया पुग्ने गरेको तथ्याँकले हामी पनि भिजन २०२० लाई सफल बनाउन सक्छौं र त्यसका लागि यो सम्मेलन महत्वपूर्ण रह्यो भन्ने लाग्छ ।

 

हामी सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी काम गरिरहेका छौं । भैरहवा विमानस्थल बनेसँगै हामी त्यो लक्ष्य भेट्टाउन सक्छौं । पोखरा क्षेत्रीय विमानस्थल पनि निर्माणको अन्तिम चरणमा छ । त्यसले पनि अझै योगदान दिने छ भन्ने विश्वास छ ।

गुड गभर्नेन्स अवार्ड

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गुड गभर्नेन्स अवार्ड’बाट सम्मानित गरिएको छ ।

यो सम्मान ४५/५० देशबाट आएका प्रतिनिधि सामु पाउनु भनेको ठूलो कुरा हो नि ।

अवार्डबाट पाएको एक लाख डलर नेपाली युवा र बालबच्चाको हितमा प्रयोग गरिने भनेर प्रधानमन्त्रीले घोषणा नै गर्नु भएको छ । यसले नेपाललाई नै फाइदा भयो नि । घाटा के मा भयो ?

हामीले कुटनीतिक मर्यादा ख्यालमा राखेर उच्च सम्मानका साथ सम्मेलनमा आएका सबै देशका राष्ट्र प्रमुख तथा अधिकारीहरुलाई स्वागत गरेका छौं । बाहिर चर्चा र हल्ला गरेजस्तो कुटनीतिक मर्यादा नाघेर कुनै काम गरेको छैन ।

नआइज भन्न मिलेन

सम्मेलन आयोजक जो भए पनि विदेशी राष्ट्र प्रमुखहरु नेपाल आउन तयार भएपछि नआइज भन्न मिलेन । हामीले कुटनीतिक मर्यादा ख्यालमा राखेर उच्च सम्मानका साथ सम्मेलनमा आएका सबै देशका राष्ट्र प्रमुख तथा अधिकारीहरुलाई स्वागत गरेका छौं ।

 

बाहिर चर्चा र हल्ला गरेजस्तो कुटनीतिक मर्यादा नाघेर कुनै काम गरेको छैन । सम्मेलनमा सहभागी भएका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुले हामीलाई न्यानो आतिथ्यताको लागि धन्यवाद भन्नुले हामी सहि छौं भन्ने पुष्टी हो ।

 

सम्मेलनको सहआयोजक सरकार हुँदै होइन । सरकार त सहयोगी बनेको मात्रै हो । आफ्नो देशमा ठूला अन्तर्राष्ट्रिय सम्मेलन सफल बनाउन सरकार सहयोगी त बन्ने पर्यो नि । यसमा जति पनि चर्चा भए ती सबै गलत हुन् ।

 

सरकार कहिल्यै पनि सहआयोजक रहेन । अन्तरर्राष्ट्रिय जगतमा नेपालको नाम उच्च बनाउन यो सम्मेलन सफल बनाउनेतर्फ नै सरकारको ध्यान गएको हो ।

सरकारको विरोध गर्नु कसैका लागि रोजगारी बनेको छ

अर्को कुरा जुन धर्म प्रचारसँग जोडिएर आयो त्यस्तो केही पनि गतिविधि सरकारले आफ्नो ठाउँबाट गरेको छैन । संविधानले नै प्रष्ट पारिसकेको छ, हाम्रो देश धर्मनिरपेक्ष हो भनेर । यहाँ सबै किसिमका धर्ममा आस्था राख्ने र आफ्नो रीतिरिवाज र संस्कृति मान्न पाउने स्वतन्त्रता सबैलाई छ ।

यथार्थ बुझेर बोल्दा, लेख्दा हुन्छ । तर नबुझी लेख्ने गर्दा भविष्यमा संचारमाध्यम र संचारकर्मीमाथि नै अविश्वास गर्ने दिन आउन सक्छ ।

 

देश र नागरिकलाई अहित हुनेबाहेक सबैले सबै किसिमका कार्यक्रम गर्न पाउँछन् । सरकार कुनै अमुक धर्मको प्रचारमा लाग्दैन । सबै धर्म, संस्कृति, रीतिरिवाज संरक्षण र संवद्र्धन गर्नु सरकारको दायित्व हो ।

 

त्यसैले यो कार्यक्रम कुनै धर्म प्रचारका लागि मात्रै भयो भन्नु भन्दा पनि कार्यक्रममा दिगो शान्तिका कुराहरु भएका छन् । आत्मनिर्भरता, पारस्परिक समृद्धि, जलवायु परिवर्तन लगायतका विषयमा गम्भीर छलफल भएको छ ।

 

हामी बुझ्दै नबुझी हल्लाको पछि मात्रै नलागौँ । यथार्थ बुझेर मात्रै बोलौँ न । केही संचार माध्यम र संचारकर्मीका लागि सरकारको विरोधमा लेख्नु र बोल्नु जागिर नै हो जस्तो बनेको छ ।

 

यथार्थ बुझेर बोल्दा, लेख्दा हुन्छ । तर नबुझी लेख्ने गर्दा भविष्यमा संचारमाध्यम र संचारकर्मीमाथि नै अविश्वास गर्ने दिन आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस
नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...