अफगानिस्तान अहिले र पहिले : अफगानिस्तान कसरी युद्धको दलदलमा फस्यो?
अफगानी नागरिक हरुकालागी सन् १९५० र १९६० केहि आशलाग्दो समय थियो। तर पछि आन्तरिक द्वन्द र आन्तरिक मामिलामा विदेशी हस्तक्षेपले दशकौं देखि अफगानिस्तान रणभूमिमा परिणत भएको छ।
कुरा सन् १९३० तिरको हो तात्कालिन प्रगतिशील र परिवर्तनशील अफगानि राजा अमनोल्ला खान युरोप भ्रमणमा गए र त्यहाँको विकास र परिवतन देखेर प्रभावित हुँदै आफ्नो देशमा पनि सामाजिक, राजानिक र आर्थिक परिवर्तन ल्याएर एउटा आधुनिक र विकसित अफगानिस्तान बनाउने अठोट लिए।
उनले विश्वका धनि देशहरुलाई आधुनिक र नयाँ अफगानिस्तान बनाउने र आमुल परिवर्तन ल्याउने आफ्नो योजनामा आर्थिक सहयोगको अपिल गरे। रणनीतिक हिसाबले फाइदा पुग्ने देखेपछि तत्कालिन विश्व शक्तिहरु उनको प्रस्तावमा सहमत भए।
सन् १९४५ र १९५४ को अन्तरालमा अमेरिकाले कान्दहार-हेरात राजमार्ग निर्माणको लागि ५ करोड अमेरिकी डलर ऋण दियो। सन् १९६० सम्ममा अफगानिस्तानमा अमेरिकी लगानी आर्थिक सहायताको रुपमा १६.५ करोड अमेरिकी डलर पुग्यो।
अमेरिकाद्वारा लगानी गरिएको पैसाले अफगानिस्तानको आधारभूत संरचनाको विकास भइरहेको थियो। तर पूंजीगत लगानीको विषयमा भने अमेरिकी ब्यापारीहरुमा एक प्रकार को आशंका थियो र उनीहरु होसियार र सावधान थिए।
उता तत्कालिन सोभिएत संघमा भने कुनै द्विविधा थिएन। उनीहरु अफगानिस्तानको तेल र खनिज उद्ध्योगमा भारि लगानी गर्न थाले। फलस्वरूप त्यतिखेरका कुनै विकासशील देशहरु भन्दा प्रतिव्यक्तिका हिसाबले अफगानिस्तानले सोभियत संघबाट धेरै आर्थिक सहायता लियो।
अफगानिस्तानको राजधानी तथा ठुलो सहर काबुलमा अरु क्षेत्र भन्दा पहिले नै परिवर्तनले छोयो। नजिकैका हिले र पुराना संरचनाकै छेउमा आधुनिक भवनहरु देखा पर्न थाले र सहर भित्र र बाहिर नयाँ सडकहरु बन्न थाले।
महिलाहरुलाई शिक्षाको अवसर पहिले भन्दा धेरै र राम्रो थियो। उनीहरु काबुल विश्वविद्यालयमा पढ्थे , उनीहरुलाई मुस्लिम महिलाहरुले लगाउने बुर्का अनिवार्य थिएन। कतिपय महिलाहरु रुढिबादी समाजको दायरा भन्दा पर गएर मिनिस्कर्ट सम्म लगाएर स्वतन्त्र हिड्ने गर्दथे।
विकाससंगै अफगानिस्तानले संसारभरबाट पर्यटक आकर्षित गर्न थाल्यो। जब पर्यटक अफगानिस्तान घुमेर स्वदेश फर्किन्थे, उनीहरु आफ्ना परिवारजन र साथिहरुसंग त्यहाँका सुन्दर बगैचाहरु, आश्चर्यचकित पार्ने वास्तुकला, मनमोहक सुन्दर हिमालहरु र मिलनसार मान्छेहरुको बारेमा बयान गरि थाक्दैनथे।
संसारको “सुपर-पावर” बन्ने होडमा रहेका देशहरु अमेरिका र सोभियत संघबाट आर्थिक सहायता लिएपछि दुइ देशबीचको प्रतिस्पर्धा र राजनीतिको बिबादमा अफगानिस्तान पर्न सक्थ्यो तर करिब दुइ दशक सम्म त्यस्तो केहि भएन सबै सहि दिशामा गयो।
अरिजोना स्टेट विश्वविद्यालयका प्राध्यापक डा. बिल पोड्लिचले सन् १९६० तिर अफगानिस्तान भ्रमणमा खिचेको तस्विर
अफगानिस्तानको गृहयुद्ध र बिदेशी हस्तक्षप:
अफगानिस्तानको सुनौलो भविष्य तब डगमगायो जब पिपल्स डेमोक्र्याटिक पार्टी अफ अफगानिस्तान (पीडिपीए)ले सन् १९७८ को बसन्त ऋतुको समयमा तत्कालिन राष्ट्रपति मोहमद दाउद खानको हत्या गर्यो र साशनसत्ता आफ्नो हातमा लियो। मोहमद दाउद अफगान राज परिवारका सन्तान थिए उनले आधुनिक अफगानिस्तानको स्पष्ट खाका तयार गरेका थिए। उनले महिला अधिकारको क्षेत्रमा काम गरेको र परिवर्तनका लागि दुइ पटक पंचबर्षीय योजना ल्याएर उल्ल्याख्य प्रगति गरेका थिए।
अग्रगामी र परिवर्तनशील रास्ट्रपति मोहमद दाउदको हत्या गरेर साशन हातमा लिएपछि कम्युनिष्ट पार्टी पीडिपीएले नुर मोहमद ताराकीलाइ नयाँ राष्ट्रपतिमा नियुक्त गरि श्रृंखलाबद्ध परिवर्तनहरु ल्यायो। उनीहरुले ल्याएको परिवर्तनहरुमा जमिनको बाडफाड र इस्लामिक कानुनि प्रणालिमा ब्यापक परिवर्तन थियो जुन थेग्न आफगानिस्तान तयार थिएन।
शिशिर ऋतुसम्म आउँदा अफगानिस्तानको पूर्वी भेगमा नयाँ सरकारको विरोध सुरु भइसकेको थियो उक्त विरोध अफगानिस्तानको नयाँ सरकार र पाकिस्तानद्वारा सहयोग प्राप्त मुजाहिद्दीन लडाकुहरु विचको गृहयुद्धमा परिणत भयो।
नयाँ सरकार अर्थात कम्युनिष्ट पिपल्स डेमोक्र्याटिक पार्टी अफ अफगानिस्तान (पीडिपीए)लाइ सोभियत संघको समर्थन थियो। पछि अमेरिकाले सोभियत संघलाइ रोक्नको लागि चुपचाप भित्रिरुपमा पाकिस्तान समर्थित मुजाहिद्दिनलाइ सहयोग गर्न थाल्यो।
जब पीडिपीए भित्र गुटबन्दि सुरु भयो, जसको नतिजा तात्कालिन विदेश मन्त्री हफिजुल्लाह अमिनको निर्देशनमा आफ्नै पार्टिका राष्ट्रपति ताराकीको हत्या भयो र पीडिपीएमा नयाँ नेताको चयन भयो तब सोभियत संघले युद्धमा प्रत्यक्ष सहभागी हुने निर्णय गर्यो।
सोभियत संघले आफ्ना सेना राजधानी काबुलमा तैनाथ गर्यो आँफु बफादार बाबराक कामराललाइ नयाँ राष्ट्रपति बनायो। उता अमेरिकाले मुजाहिद्दिन लडाकुहरुको भरणपोषण र हतियार खरिद गर्न दिँदै आएको सहयोग दुइ गुणाले बढायो र खरबौँ पैसा पाकिस्तान मर्फात मुजाहिद्दिनलाइ सहयोग गर्यो। मुजाहिद्दिनलाइ साउदी अरबको पनि सहयोग थियो।
सोभियत-अफगान युद्ध भनेर चिनिने उक्त युद्धमा परि ९ वर्ष १ महिनामा ४० लाख अफगानीहरुको ज्यान गयो र युद्धको क्रममा गोलावारी र बम हमलामा सन् १९६०को दशकमा निर्माण गरिएका सुन्दर सहर र बस्तिहरु ध्वस्त भएपछी ६० लाख नागरिक घरबार बिहिन भए।
करिब ९ वर्ष १ महिनाको निरन्तर युद्धपछि सोभियत संघले आफ्नो हात झिक्यो तर लडाइ र रक्तपात अझै जारि छ। मुजाहिद्दिनकै केहि सदस्यहरुले नयाँ ग्रुप बनाए जसलाई “तालिबान” भनेर चिनिन्छ। अफगानिस्तान युद्धको झन् गहिरो दलदल र आतंकमा फस्दै गयो। १९७८ तिर सुरु भएको युद्धको अन्त्य अझैं भएको छैन।