हाइकमाण्ड बैठकमा बिहेको चर्चा



हाम्रो इकोनोमि

 

नारायणकाजी श्रेष्ठ नेकपाका प्रवक्ता । कोमल ओली नेकपाबाटै राष्ट्रिय सभाकी सांसद । एउटै पार्टीमा रहेका श्रेष्ठ र ओली दुवै अविवाहित । यी दुई अविवाहितको प्रसंगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको पछिल्लो बैठक कुनै पनि एजेन्डामा छलफलै नगरी अर्कोपटक बस्नेगरी स्थगित भएको थाहा भएको छ ।

 

प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको केन्द्रीय सचिवालय ‘हाई कमान्ड’को बैठकमा प्रदेश कमिटीको पूर्णतापछि केन्द्रीय सदस्यहरूको कार्य विभाजनसम्बन्धी एजेन्डा छलफलका लागि राखिएको थियो । तर, त्यस एजेण्डामा छलफल प्रवेशै नगरी बैठकको ध्यान एकाएक एउटा फोटोतिर मोडियो ।

 

श्रेष्ठ र कोमल एउटै मञ्चमा सँगै रहेको एउटा पत्रिकामा प्रकाशित फोटो हेर्दै अध्यक्ष ओलीले ‘अविवाहित जोडीलाई कस्तो सुहाएको’ भन्दै ठट्टा गर्न सुरु गरेपछि बैठकको माहोला हाँसोठट्टातर्फ मोडियो । त्यसो त प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेलदेखि सबै नेताले त्यही फोटोको प्रसंगमा धेरै ठट्टा गर्न भ्याए ।

 

यतिसम्म कि अविवाहित ‘काजी’लाई साँच्चै कुमारचाहिँ हो कि होइन भन्नेदेखि कोमलसँगको चिनजानबारे समेत नेताहरूले जिज्ञासा राखे । ‘त्यही एउटा तस्बिरका कारणले बैठकको एजेन्डामा छलफल गर्ने स्थिति नै बनेन, चियाको चुस्कीसँगै रमाइलो ठट्टामै एक घण्टा कसरी बित्यो पत्तो पनि भएन,’ एक सचिवालय सदस्यले बुधबारसँग भने, ‘कार्यविभाजन पहिले कि पोलिटब्युरो पहिले गठन गर्ने मत बाझिने गरी सामान्य छलफल भएको थियो तर दुई अध्यक्षले पहिले कार्यविभाजनको गृहकार्य गरेपछि बैठक पुनः बस्ने गरी रमाइलो मुडमा अन्ततः बैठक टुंगियो ।’

 

९ गते गृहकार्य गरेर ११ गते बस्ने गरी बैठक टुंगिए पनि गृहकार्य नपुगेको भन्दै त्यस दिनको बैठक पनि सारिएको थियो । बैठक पुनः बस्ने भनिए पनि प्रस्तावित एक दर्जन एजेन्डामा भने सचिवालयमा गतिका साथ गम्भीर छलफल भएको छैन ।

 

सहकारीको १२ करोड ठगी गर्ने अग्रवाल पक्राउ

एयरटेल ऋण तथा बचत सहकारी संस्थाका प्रबन्ध निर्देशक अशोक अग्रवाल पक्राउ परेका छन् । सहकारीको १२ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरी टोलीले उनलाई लुकिछिपी बसेको अवस्थामा पाँच दिनअघि न्युरोडबाट पक्राउ गरेको हो । उनीविरुद्ध ४२ जनाले आफूहरू ठगिएको भन्दै उजुरी गरेका छन् । प्रहरीका अनुसार अग्रवालले १२ करोड रुपैयाँभन्दा धेरै ठगी गरेको भन्दै प्रारम्भिक चरणमै उजुरी परिसकेको छ ।

 

ठगिनेमा अधिकांश मारवाडी समुदायका व्यवसायी
प्रहरीका अनुसार ठगिनेमा अधिकांश मारवाडी समुदायका व्यवसायी छन् । उजुरी पनि उनीहरूबाटै धेरै आएको छ । बचतका नाममा सहकारीले प्रतिव्यक्ति पाँच लाख रुपैयाँदेखि करोडभन्दा धेरै रकम सहकारी जम्मा गर्ने गरेको उजुरीमा देखिएको प्रहरीको भनाइ छ ।

 

‘विशेषगरी, मारवाडी समुदायका मानिससँग निक्षेप संकलन गर्न भन्दै ठगेको देखिन्छ । अग्रवालले जम्मा भएको रकम कसैलाई पनि फिर्ता गरेका छैनन् । भाग्दै हिँडेपछि पीडितले उजुरी दिएकाले सोही आधारमा पक्राउ गरेका हौँ,’ परिसर प्रमुख एसएसपी लामाले भने ।

 

श्रीमती सहकारी अध्यक्ष,  श्रीमान् प्रबन्ध निर्देशक
धनुषा घर भएका गोयलले न्युरोडस्थित फ्रेस हाउसमा केही वर्षदेखि सहकारी सञ्चालन गर्र्दै आएका थिए । सहकारीकी अध्यक्ष सुमन केडिया अशोककी श्रीमती हुन् । अग्रवाल दम्पतीबाहेक सहकारीको सञ्चालक अन्य ६ जना पनि छन् ।

 

उनीहरू सबै फरार छन् । प्रहरीले उनीहरूको खोजी भइरहेको जनाएको छ । काठमाडौं परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले सहकारीका सञ्चालक सातजना रहेको जानकारी दिँदै विशेष सूचनाका आधारमा अग्रवाललाई पक्राउ गरेको बताए ।

 

 

सयभन्दा धेरैको  निक्षेप रकम हिनामिना
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एससपी वसन्त लामाले अग्रवालबाट ठगिएको संख्या सयभन्दा धेरै रहेको बताए । ‘सहकारीको नाममा निक्षेप संकलन गरेर ठगी गरेको भन्दै हालसम्म ४२ जनाले उजुरी दिइसकेका छन् । ठगिनेको संख्या अझै बढ्ने देखिन्छ । पीडितहरूका अनुसार उसले सयभन्दा धेरैसँग निक्षेप संकलन गरे पनि कसैलाई फिर्ता गरेका छैनन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...