प्रधानमन्त्री ओली पार्टी भित्रै आलोचित, भीम रावलले भने : ‘विद्रोह आउन सक्छ’



 

काठमाडौ‌ं । विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था (युनिभर्सल पिस फेडेरेशन) ले आयोजना गरेको एसिया प्यासिफिक सम्मेलनमा सरकार र पार्टीका शीर्ष नेताहरुको संलग्नता भएपछि नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को असन्तुष्टि खडा भएको छ । यसै कारण एकातिर केपी ओली पार्टीमा अल्पमतमा पर्ने संकेत देखा परिसकेको छ भने नेतृत्वबर्गले पनि पार्टीभित्रैबाट सरकारप्रति चर्को आलोचना समेत गर्न थालिसकेका छन् ।

 

एकातिर देशमा बलात्कार, हत्या, अपराध र अपहरणले देश तहसनहस भइरहेको बेला प्रम केपी शर्मा ओली पत्रिकाका पानाहरुमा आफ्नो कमजोरी ढाक्ने ज्याकेट विज्ञापन प्रकाशित गर्न उद्धत छन् ।

 

सरकारले विवादित धार्मिक संस्थाको कार्यक्रममा प्रत्यक्ष सहभागिता जनाएको र सहयोगी बनेको भन्दै नेकपाका नेताहरुले सार्वजनिक रुपमै आपत्ति जनाएका हुन्। यसको चर्को आलोचना नेताहरुले सामाजिक संजाल र अन्तर्वार्ता मार्फत गरेका छन्।

 

सम्मेलनमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल आमन्त्रण समितिका संयोजक थिए भने प्रधानमन्त्री केपी शर्मा ओली र सरकार सहयोगी बनेको थियो । प्रधानमन्त्री बन्ने होडमा रहेका नकेपाका आर्का छट्टु नेता प्रचण्ड भने आलोचनाको शिकार बन्ने डरले कार्यक्रमा उपस्थित भएनन् ।

 

 

भीम रावल भन्छन् : छानविन हुनुपर्छ

नेकपाका नेता भीम रावलले ट्वीटरमा ट्वीट गर्दै लेखेका छन् ‘कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थकोमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन। शान्तिका नाममा सम्मेलन गर्नेहरुले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नुपर्छ। नभने सरकारले खोजेर भन्नुपर्छ।’

 

 

नेता रावलले जताततैबाट सरकारप्रति प्रहार भइरहेका बेलामा सके राम्रा काम गर्ने नत्र नराम्रा कम नगर्ने हो भन्दै सरकारलाई सचेत गराएका छन्। उनले भने, ‘ जसरी म बोल्न वाध्य भएँ नि त्यसरी नै विद्रोह आउन सक्छ। आफ्नै पार्टीका नेताले गरेको कार्यक्रमबारे बोल्न वाध्य हुनु राम्रो हो ।

 

 

उनले आक्रोश पोख्दै भने, ‘ देशभरका पार्टीका नेतालाई उर्दी जारी गरि विवादित कार्यक्रममा बोलाउनु राम्रो भएन।’ उनले अगाडि भने, ‘ यो संस्थाको गतिविधि र हाम्रो राजनीतिक कामलाई प्राथमिकतामा राख्दा यो गलत हो। यसले विश्वलाई गलत सन्देश दिन्छ। गलत संस्थालाई नेपालमा ल्याउनुलाई नै विश्वले राम्ररी हेर्दैन।’

 

उनले देशको जनमत एकातिर राख्ने, पार्टीलाई अस्तव्यस्त पार्ने काम गर्नु हुँदैन भनेका छन् । नेता रावलले ‘के वाध्यता आइपर्यो कि यस्तो संस्थालाई नेपाल ल्याउनु पर्यो ?’ भनी छानबिन गर्नसमेत माग गरेका छन् । उनले देशको अवस्थाबारे औंल्याउँदै भने, ‘हामीजस्तो द्धन्द्ध व्यवस्थापन गरेर यहाँसम्म आइपुगेको देशमा विवाद ल्याउनु हुँदैन । एकनाथ ढकालजस्तै अरुले योजनावद्ध काम बनाएका हुन सक्छन् ।’

 

ढकालबारे रावलले भने, ‘एकनाथजी हाम्रो पार्टीको हुँदा पनि होइन । चुनावका बेलामा कार्यगत एकता भयो भनियो । कहाँ कहाँ हामीलाई फाइदा पुग्छ भनेर भनेकै थिएँ । नक्सालमा कार्यालय खोलेर कतिलाई अलपत्र पार्यो कतिलाई कोरिया पठायो यसको छानबिन हुनुपर्छ ।’

 

उनले अगाडि भने, ‘पार्टीले नसुने जनतालाई भन्छु म । यत्रो पैसा खर्च हुँदा त्यो पैसा कहाँबाट आयो त्यसको अनुसन्धान हुनुपर्छ । हाम्रो पार्टीलाई टुक्राउन यो चाल चलिएको हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली अस्वस्थ

  प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो

राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी

  राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ ।  गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा

पोखरामा रास्वपाको प्रदर्शन

  सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल