कालोधन नियन्त्रण गर्न नेकपा नेता न्यौपानेले दिए ओली सरकारलाई यस्तो सुझाव



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री मुकुन्द न्यौपानेले कालोधनमाथि नियन्त्रण नभए सरकारबिरुद्ध नै प्रयोग हुने जनाउँदै तत्काल त्यसतर्फ कदम चाल्न सरकारलाई सुझाव दिनुभएको छ ।

 

नेता न्यौपानेले सामाजिक सञ्जालमा बहश छेडदै अहिले सरकारबिरुद्ध कालोधन प्रयोग भइरहेको संकेतसहित कालोधनमाथिको नियन्त्रणमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कदम चाल्नुपर्ने सुझाव राख्नुभएको हो ।

 

यस्तो छ, नेकपा नेता न्यौपानेको बिचार

कुनैपनि मुलुकमा परिबर्तनको पूर्णरुप तब सामुन्ने आउँछ, जब त्यो मुलुकमा राजनीतिक, आर्थिक सामाजिक र सांस्कृतिक परिवर्तनले पूर्णता पाउँछ। राजनीतिक परिवर्तन गरेर बाँकी परिवर्तनतर्फ गति अगाडि बढेन भने राजनीतिक परिवर्तनले दिगो जग हाल्न सक्दैन ।

 

अर्थतन्त्रको जग पुराना शासकहरुको हातमा रहने, कालोधनले देशभित्र अनेक क्षेत्रलाई डसिरहने, दलाल पूजींको ब्यबस्थापन गर्न नसक्ने, राष्ट्रिय पुजीपति बर्गको उत्थान र राष्ट्रिय पुजीको नसक्ने हो भने परिवर्तनले स्थायित्व लिन सक्तैन। नेपालमा ००७ सालमा भएको राजनीतिक परिवर्तनमाथि पुनप्रतिगमन हुनुको यहि कारण थियो।

 

एउटा कम्युनिस्टले के बुझ्नुपर्छ भने अर्थ ब्यबस्था जग हो भने राजनीति अर्थब्यबस्थाको केन्द्रिभूत अभिब्यक्ति हो। राजनीति अर्थ ब्यबस्थाकै जगमा खडा भएर आफुलाइ बलियो बनाउंदै जान्छ र सिद्धान्तले बोकेका अभिरालाई गति दिन थाल्छ।

 

परिवर्तनको बाहक भनिएको नेतृत्वले यस्लाई आत्मसात गरेर पुराना सत्ताका नाईकेहरुले जम्मा गरेको अकुत कालो पुँजीलार्इ राष्ट्रियकरण गरेर उनीहरूको कालोधनको नियन्त्रण गर्न सकेन भने त्यहीं ढिकुटीको प्रयोग गरेर पुरानो सत्ताका मर्न लागेका अर्धमृत आत्माहरुले फेरि गडबडी मच्चाउन थाल्नेछन्।

 

धनको बल नै सत्ताच्यूत भैसकेका पुराना शासकहरुको सबैभन्दा ठुलो माध्यम हो । उनीहरुको ढिकुटी जिउका तिंउ राखेर कुर्सीबाट बहिर्गमन गरेकै भरमा शम्पूर्ण शत्ता कब्जा भयो भन्नू धनको शक्तिको अबमुल्यन गर्नु हो। जुनकुरा राजनीतिक परिबर्तनको पूर्णताको लागि घातक सिद्ध हुनसक्छ ।

 

पुरानो सत्ताका शासकहरुलाई बाहिर निकाल्नु मात्र ठुलो कुरा हैन, ठूलो कुरा हो, प्राप्त सत्तालाइ सम्पूर्ण रुपले जनताको हितमा प्रयोग गर्नु र प्रतिगामीहरुका षड्यन्त्रलाई सदासदाको लागि अन्त्य गर्नु।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...