रवीन्द्र मिश्रले भने प्रधानमन्त्रीज्यू, तपाईको घाँटीमा झुण्डिएको सम्मान होइन, अपमान हो



हाम्रो इकोनोमि

 

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इसाई धर्म प्रचारक संस्था वर्ल्ड पीस फेडेरेशनले गरेको सम्मानप्रति गम्भीर आपत्ति जनाएका छन्।

संयोजक मिश्रले धर्म प्रचारक संस्थाले दिएको सम्मान थाप्नु गलत रहेको जनाउँदै प्रधानमन्त्री ओलीको चर्को आलोचना पनि गरेका छन्।

‘प्रधानमन्त्रीज्यू, यो त अति भयो, तपाई देशको प्रधानमन्त्री, हामी सबैको प्रधानमन्त्री,’ उनले फेसबुकमा लेखेका छन्, ‘देशको प्रधानमन्त्रीले जसले जे पुरस्कार दियो, त्यसैका लागि शिर नुहाउने? धर्म प्रचारक संस्थाले दिएको पुरस्कार थाप्ने?’

मिश्रले देशमा खराब नेतृ्त्व र कुशासनका लागि हरदिन आलोचना भइइरहेका बेला ‘नेतृत्व र सुशासन पुरस्कार’ लिन अप्ठ्यारो लागेन भन्दै प्रश्न गरेका छन्।

‘कि निर्मलालाई न्याय, वाइडबडी विमान, राष्ट्रपतिलाई गाडी, भ्रष्टाचारका अन्य मामिला तथा विकास आदि सबै विषयमा गज्जब काम गरेको छु भन्ने भ्रममा हुनुहुन्छ?,’ उनले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्।

ओलीले बारम्बार जनताकै मत जितेर आएको स्मरण गर्दै मिश्रले भनेका छन्, ‘सम्भवतः हामी नेपाली तपाईकै लागि योग्य छौँ भन्ठान्नुभएको होला, तपाईको त्यो भ्रम अब लामो समय टिक्नेवाला छैन।’

प्रधानमन्त्री ओलीलाई धर्म प्रचारक संस्था वर्ल्ड पीस फेडेरेशनले आयोजना गरेको एशिया प्यासिफिक समिटमा एक लाख डलरसहित ‘सुशासन’का लागि सम्मान गरेको थियो।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...