रवीन्द्र मिश्रले भने प्रधानमन्त्रीज्यू, तपाईको घाँटीमा झुण्डिएको सम्मान होइन, अपमान हो



हाम्रो इकोनोमि

 

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इसाई धर्म प्रचारक संस्था वर्ल्ड पीस फेडेरेशनले गरेको सम्मानप्रति गम्भीर आपत्ति जनाएका छन्।

संयोजक मिश्रले धर्म प्रचारक संस्थाले दिएको सम्मान थाप्नु गलत रहेको जनाउँदै प्रधानमन्त्री ओलीको चर्को आलोचना पनि गरेका छन्।

‘प्रधानमन्त्रीज्यू, यो त अति भयो, तपाई देशको प्रधानमन्त्री, हामी सबैको प्रधानमन्त्री,’ उनले फेसबुकमा लेखेका छन्, ‘देशको प्रधानमन्त्रीले जसले जे पुरस्कार दियो, त्यसैका लागि शिर नुहाउने? धर्म प्रचारक संस्थाले दिएको पुरस्कार थाप्ने?’

मिश्रले देशमा खराब नेतृ्त्व र कुशासनका लागि हरदिन आलोचना भइइरहेका बेला ‘नेतृत्व र सुशासन पुरस्कार’ लिन अप्ठ्यारो लागेन भन्दै प्रश्न गरेका छन्।

‘कि निर्मलालाई न्याय, वाइडबडी विमान, राष्ट्रपतिलाई गाडी, भ्रष्टाचारका अन्य मामिला तथा विकास आदि सबै विषयमा गज्जब काम गरेको छु भन्ने भ्रममा हुनुहुन्छ?,’ उनले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्।

ओलीले बारम्बार जनताकै मत जितेर आएको स्मरण गर्दै मिश्रले भनेका छन्, ‘सम्भवतः हामी नेपाली तपाईकै लागि योग्य छौँ भन्ठान्नुभएको होला, तपाईको त्यो भ्रम अब लामो समय टिक्नेवाला छैन।’

प्रधानमन्त्री ओलीलाई धर्म प्रचारक संस्था वर्ल्ड पीस फेडेरेशनले आयोजना गरेको एशिया प्यासिफिक समिटमा एक लाख डलरसहित ‘सुशासन’का लागि सम्मान गरेको थियो।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...