सडकका केही आयोजना प्रमुख बल्ल तोकिए : केहीलाई कामु दिएर करोडौं असुली



हाम्रो इकोनोमि

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री रघुबीर महासेठले मोलतोल गरेर लामो समयपछि बल्लतल्ल केही आयोजना र मन्त्रालयका महाशाखा प्रमुखहरुको सरुवा गरेका छन्।  अरबौं अरबका आयोजना प्रमुख नियुक्त गर्दा सिनियर(राप  प्रथम श्रेणी)लाई नदिएर जुनियर (राप द्वितीयश्रेणीका) प्राविधिक अधिकृतहरुलाई का.मु. दिएर पठाइएको छ।

 

ठूलाठूला आयोजना प्रमुख बनाउदा मोलमोलाई कुरा नमिल्दा जुनियरहरुसंग कुरा मिलाएर जिम्मेवारी तोकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले बताएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार, २०७५ मङ्सिर १६ गते राति गरिएको सरुवा अनुसार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको सम्भार महाशाखामा प्रमिला बज्राचार्य, वैदेशिक महाशाखामा  केशव शर्मा, आरएमबीमा संजय श्रेष्ठ, पुल महाशाखामा दीपक भट्टराइ, पुल महाशाखाका अर्जुन थापा मन्त्रालय, एडीबीमा दीपक श्रेष्ठ, एडीबीका सरोज श्रेष्ठलाई मन्त्रालय, उत्तर-दक्षिण सडक आयोजनामा रामहरि अर्याल, मध्यमाञ्चलमा राजेन्द्र राज शर्मा, महाशाखाका शिवहरि शर्मा मन्त्रालय सरुवा भएका छन्।

त्यसैगरी सूर्य बिनायक – धुलिखेल सडक विस्तार आयोजनामा सूर्यबहादुर भाटलाई कामु आयोजना प्रमुख तोकिएको छ।  कामु नै दिएर श्याम खरेललाई  नागढुंगा टनेल प्रोजेक्टको जिम्मेवारी दिईएको छ।  त्यस्तै ठूलो र महत्वपूर्ण अर्को हुलाकी सडक आयोजना  प्रमुख पनि कामु दिएर अशोक तिवारीलाई पठाईएको छ।

 

काठमाडौं  उपत्यका सडक विस्तारमा कामको भद्रगोल र असफल भएका दीपक केसीलाई पुरस्कार स्वरुप कामु दिएर मध्ये पहाडीको आयोजना प्रमुख बनाइएको छ।   मध्ये पहाडी आयोजनाको कामु प्रमुख तोक्दा करोडौंको खेल भएको चर्चा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा हुने गरेको छ।

 

नयाँ आयोजना मदन भण्डारी लोकमार्गमा पनि कामु नै दिएर उमेश विन्दु श्रेष्ठलाई  पठाईएको छ।  रेल रेल भन्ने सरकारले रेल सम्बन्धी विज्ञ रेल विभागका पूर्व महानिर्देशक अनन्त आचार्यलाई सतर्क केन्द्रमा फालिएको छ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...