सडकका केही आयोजना प्रमुख बल्ल तोकिए : केहीलाई कामु दिएर करोडौं असुली



हाम्रो इकोनोमि

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री रघुबीर महासेठले मोलतोल गरेर लामो समयपछि बल्लतल्ल केही आयोजना र मन्त्रालयका महाशाखा प्रमुखहरुको सरुवा गरेका छन्।  अरबौं अरबका आयोजना प्रमुख नियुक्त गर्दा सिनियर(राप  प्रथम श्रेणी)लाई नदिएर जुनियर (राप द्वितीयश्रेणीका) प्राविधिक अधिकृतहरुलाई का.मु. दिएर पठाइएको छ।

 

ठूलाठूला आयोजना प्रमुख बनाउदा मोलमोलाई कुरा नमिल्दा जुनियरहरुसंग कुरा मिलाएर जिम्मेवारी तोकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले बताएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार, २०७५ मङ्सिर १६ गते राति गरिएको सरुवा अनुसार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको सम्भार महाशाखामा प्रमिला बज्राचार्य, वैदेशिक महाशाखामा  केशव शर्मा, आरएमबीमा संजय श्रेष्ठ, पुल महाशाखामा दीपक भट्टराइ, पुल महाशाखाका अर्जुन थापा मन्त्रालय, एडीबीमा दीपक श्रेष्ठ, एडीबीका सरोज श्रेष्ठलाई मन्त्रालय, उत्तर-दक्षिण सडक आयोजनामा रामहरि अर्याल, मध्यमाञ्चलमा राजेन्द्र राज शर्मा, महाशाखाका शिवहरि शर्मा मन्त्रालय सरुवा भएका छन्।

त्यसैगरी सूर्य बिनायक – धुलिखेल सडक विस्तार आयोजनामा सूर्यबहादुर भाटलाई कामु आयोजना प्रमुख तोकिएको छ।  कामु नै दिएर श्याम खरेललाई  नागढुंगा टनेल प्रोजेक्टको जिम्मेवारी दिईएको छ।  त्यस्तै ठूलो र महत्वपूर्ण अर्को हुलाकी सडक आयोजना  प्रमुख पनि कामु दिएर अशोक तिवारीलाई पठाईएको छ।

 

काठमाडौं  उपत्यका सडक विस्तारमा कामको भद्रगोल र असफल भएका दीपक केसीलाई पुरस्कार स्वरुप कामु दिएर मध्ये पहाडीको आयोजना प्रमुख बनाइएको छ।   मध्ये पहाडी आयोजनाको कामु प्रमुख तोक्दा करोडौंको खेल भएको चर्चा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा हुने गरेको छ।

 

नयाँ आयोजना मदन भण्डारी लोकमार्गमा पनि कामु नै दिएर उमेश विन्दु श्रेष्ठलाई  पठाईएको छ।  रेल रेल भन्ने सरकारले रेल सम्बन्धी विज्ञ रेल विभागका पूर्व महानिर्देशक अनन्त आचार्यलाई सतर्क केन्द्रमा फालिएको छ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...