प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्को बैठक मङ्सिर २२ मा



हाम्रो इकोनोमि

 

संवैधानिक परिषद्को आजको बैठकमा नयाँ प्रधानन्यायाधीशका लागि न्याय परिषद्बाट सिफारिश भएका वरिष्ठतम दुई न्यायाधीशको नाम पेश भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकमा न्याय परिषद्बाट प्रधानन्यायाधीशका लागि सिफारिश भइआएका सर्वाेच्च अदालतमा तीन वर्ष कार्यकाल पूरा भएका न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्रशम्शेर जबराको नाम पेश भएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

सर्वाेच्च अदालतका प्रधानन्यायाधीश ओमप्रकाश मिश्र आगामी पुस १८ गते उमेर हदका कारण सेवानिवृत्त हुँदैहुनुहुन्छ । सर्वाेच्च अदालतका नयाँ प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले एक महीनाअघि नै नाम सिफारिश गर्ने परम्परा छ । न्याय परिषद्ले सिफारिश गरेका नाम संसदीय सुनुवाइका लागि सङ्घीय संसद् मातहत रहेको संसदीय सुनुवाइ समितिमा अनुमोदनका लागि पठाउनुपर्नेछ ।

 

बैठकमा  प्रधानन्यायाधीशसहित अरु संवैधानिक आयोगमा रिक्त पदाधिकारीका लागि आएका नामबारे छलफल गरांैँ भन्ने कुरा भए पनि नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको हुँदा प्रतिपक्ष दलका नेताका लागि समय अभाव रहेकाले आज कुनै निर्णय नगरी बैठक सकिएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

 

सङ्घीय संसद्मा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले बैठकमा सामान्य छलफल भए पनि कुनै निर्णय नभएको बताउनुभयो । परिषद्को अर्काे बैठक यही मङ्सिर २२ गते बस्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो ।

नेपालको संविधाननुसार गठन भएका आदिवासी जनजाति, थारु, मधेसी, मुसलमान, राष्ट्रिय समावेशी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारी पनि रिक्त छन् । साथै यसअघि कायम रहेका राष्ट्रिय दलित र राष्ट्रिय महिला आयोग पनि लामो समयदेखि नेतृत्वविहीन छन् । बैठकमा प्रधानन्यायाधीश मिश्र र सभामुख कृष्णबहादुर महरा पनि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...