विपद व्यवस्थापनको काम गरिरहेका छौ : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले विपद् व्यवस्थापनको पूर्व तयारीमा राष्ट्रिय नीतिका साथ काम गरिरहेको बताएका छन् ।  प्रधानमन्त्री ओलीले २०७२ सालमा गएको विनाशकारी भूकम्पबाट पाठ सिक्दै नेपालले विपद् व्यवस्थापनका लागि आवश्यक राष्ट्रिय नीति नै बनाएर काम गरिरहेको बताएका हुन् ।

 

विपद् व्यवस्थापनसम्बन्धि एसिया प्रशान्त क्षेत्रीय परामर्श समितिको १४ औं बैठकलाई सोमबार काठमाडौंमा उद्घाटन गर्दै उनले भूकम्पले क्षति पुर्याएको संरचनाहरुको पुनस्र्थापना र पुनर्निर्माणको काम सरकारले अहिले पनि गरिरहेको स्मरण गराए ।

 

त्यस अवसरमा प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणको काममा अन्तर्राष्ट्रिय समूदायले गरेको सहयोगको पनि खुलेर प्रशंसा समेत गरे । उनले प्राकृतिक विपत्तिको कुनै सीमा र पूर्वानुमान नहुने उल्लेख गर्दै सूचना, प्रविधि र विज्ञानमा आधारित भएर सरकारले विपद व्यवस्थापनको कामलाई अघि बढाएको पनि स्पष्ट पारे ।

 

एसिया प्रशान्त क्षेत्रका विपद व्यवस्थापनसम्बन्धि २६ मुलुकका प्रतिनिधिहरु सहभागी रहेको सो बैठक ३ दिनसम्म चल्नेछ । बैठकमा दिगो विकास र विपद् व्यवस्थापन अनुकूलनबारे विस्तृत छलफल हुने एजेन्डा तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...