पर्यटकीय क्षेत्रमा हुने गुण्डागर्दी नियन्त्रण गर्न आईजीपी खनालको कडा निर्देशन



हाम्रो इकोनोमि

 

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले पर्यटकीय क्षेत्रमा हुने गुण्डागर्दी लगायतका अवान्छित क्रियाकलापमा रोक लगाउन चितवन प्रहरीलाई कडा निर्देशन दिएका छन् ।

सोमबार चितवनको पर्यटकीय क्षेत्र सौराहामा आयोजित ‘चितवनको पर्यटनमा प्रहरीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै आईजीपी खनालले यस्तो निर्देशन दिएका हुन् ।

‘पर्यटक आन्तरिक हुन् या बाह्य, उनीहरु शान्तपूर्वक बस्न चाहन्छन्’, खनालले भने, ‘त्यसैले शान्तिपूर्वक घुम्ने वातावरण निर्माण गर्नका लागी पर्यटकिय क्षेत्रमा गुण्डागर्दी गर्ने, लफङ्गा र जथाभावी मोटरसाईकल चलाउने अवान्छित गतिविधि नियन्त्रण गर्नेतर्फ सम्पूर्ण प्रहरीलाई सजग हुन निर्देशन गर्दछु ।’

क्षेत्रीय होटल संघ चितवनले आयोजना गरेको कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले शहर गतिशील हुनुपर्ने तर गतिशीलताको नाममा असभ्यता र अश्लिलता स्वीकार्य नहुने बताए ।

‘पर्यटकीय शहरमा अरुलाई कम्फ्युजन हुने क्रियाकलाप हुनु हुँदैन’ उनले भने, ‘ अब सुरक्षा र विकासको चाहनालाई सँगसँगै लानुपर्ने आवश्यकता छ, चितवनको सौहारा आउँदा यहाँका ब्यवसायी र सुरक्षाकर्मीले देखाउने ब्यवहारले यस क्षेत्र र समुच्च मुलुकको परिचय दिन्छ ।’

नेपाल सकारको ‘भिजिट नेपाल २०२०’ अभियान अन्तर्गत चितवनमा २० लाख पर्यटन ल्याउने लक्ष्य राखिएको छ ।

सौराहामा आउने पर्यटकको सुरक्षा थप मजबुत बनाउन नेपाल प्रहरीले रामनगर टाँडी प्रहरीलाई ७ वटा मोटरसाइकल, १० वटा रेडियो सेट र १ थान बेस सेट उपलब्ध गराएको छ ।

प्रहरी प्रधान कार्यालयबाट उपलब्ध गराइएको सो सामग्री प्रहरी प्रमुख खनालले स्थानीय प्रहरीलाई हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...