जुत्ता लुकाएर परिणीतीले भिनाजु निकसँग मागिन् पाँच करोड ५८ लाख, पाइन् कति ?



 

अभिनेत्री प्रियंका चोपडा र निक जोनसको उम्मेद भवन प्यालेसमा आइतबार अबेर राती हिन्दु परम्परा अनुसार विवाह भयो ।

 

भारतीय संचारमाध्यमका अनुसार प्यालेसको प्लाजा एरियामा मण्डप बनाइएको थियो जहाँ बेंगलुरुबाट आएका पण्डित चन्द्रशेखर शर्माका अगुवाईमा ११ पण्डितले विवाहको मन्त्र पढे । यतिबेला जुत्ता लुकाउने कार्यक्रम पनि भयो ।

 

सोसल मिडियामा भाइरल म्यासेजका अनुसार प्रियंकाको काकाकी छोरी परिणितीले निकसँग जुत्ता लुकाईका लागि पाँच लाख डलर (पाँच करोड ५८ लाख रुपैयाँ) मागेकी थिइन् । निकले कति दिए, त्यो भने सार्वजनिक भएको छैन ।

 

भास्कर डट कमका अनुसार आइतबार बेलुकी उम्मेद भवन प्यालेसको स्टाफ गेट नजिक बनेको गार्डन एरियाबाट निकको जन्ती गयो । शेरवानी र चुरीदार पाइजामा लगाएका निकले तरवार पनि बाँधेका थिए । देश–विदेशका जन्तीले नाच्दै गाउँदै प्यालेसको एक चक्कर लगाए । बेहुलीको पक्षबाट मधु चोपडाले जन्तीको स्वागत गरिन् ।

 

निकले कुवेत र दुबईबाट पनि बोलाए शेफः

प्यालेसमा पाहुनालाई खाना पस्किनका लागि ताजका ५० भन्दा बढी शेफ आएका थिए । यसका साथै निकले कुवेत र दुबईबाट आफ्ना पर्सनल शेफ पनि बोलाए । विवाहमा मेकअपका लागि १५ ब्यूटी एक्सपर्टको टीम बोलाइएको थियो ।

 

विवाहबाट टाढै रहे शाहरुख खान, एआर रहमानः

विवाहमा बलिउडका कुनै स्टारको उपस्थिती देखिएन । जबकी शाहरुख खान, एआर रहमानबाहेक हलिउड स्टार र डब्ल्यूडब्ल्यूका रेसलर द रक भनेर चिनिने नायक ड्वेन जोनसोन र गायिका रिहानाको नाममा उम्मेद भवन प्यालेसमा कोठासमेत बुक भएको बताइए पनि कोही पनि देखिएनन् ।

 

सुरुमा सय पाहुनाको नाम थियो तर विवाहको केही दिनअघि यो सूची दुई सय ५० पुग्यो । यसकारण उम्मेद भवनमा ६४ र अजित भवनमा ६५ कोठा बुक थिए । रणबीर कपूर, आलिया भट्ट र सोनू निगम पनि आउने कुरा थियो ।

 

क्यान्सरको उपचार गरी फर्किइन् सोनाली, विश्वभरको मानिसहरुको आखाँ रसाउने कुरा गरि्न !!

काठमाडौं : क्यान्सरको उपचार गराइ रहेकी बलिउडकी नायिका सोनाली बेन्द्रे पाँच महिना पछि न्युयोर्कबाट मुम्बई फर्केकी छन्।सोनाली सोमबार बिहान मुम्बई एयरपोर्टमा ओर्लिएकी हुन्। उनका साथमा पति गोल्डी बहल पनि मुम्बई आएका छन्।

 

सोमबार मुम्बई एयरपोर्टमा सोनाली नयाँ लुकमा देखिइन्।उनले कालो ज्याकेट र ट्राउजर लगाएकी थिइन्।उनको अनुहारमा खुसी झल्किन्थ्यो। सोनालीलाई क्यान्सर उपचारका क्रममा कयौं पटक किमोथेरापी दिइसकेको छ। त्यसैक्रममा उनले कपाल पनि काट्नु परेको थियो।

 

यस अघि सोनालीले जुलाई ४ मा आफूलाई क्यान्सर भएको बारे सामाजिक सञ्जालमार्फत जानकारी गराएकी थिइन्।भारत फर्कनुअघि सोनालीले सामाजिक सञ्जालमा आफू स्वदेश फर्किन लागेको बताएकी थिइन्।

 

उनले लेखेकी छन्,’ ‘म फर्किरहेकी छु,जहाँ मेरो दिल छ।यस्तो महशुस भइरहेको छ कि जसको मैले शब्दमा बयान गर्न सक्तिन।म कोशिश गरिरहेको छु, म आफ्नो परिवार र साथीसँग भेट गर्न पाउँदा साह्रै आनन्दित हुनेछु।’

 

सोनालीले आफ्नो लडाइ नसकिएको र यो केवल इन्टरवल (मध्यान्तर) मात्र भएको बताएकी छन्।उनले उपचारका क्रममा न्यूयोर्कमा धेरै कुरा सिकेको समेत बताएकी छन्।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्