सहरमा अपराध बढेपछि आफैं पेस्तोल बोकेर निस्किए मेयर



 

 स्थानीय तहको विकासको लागि स्थानीय निकायको भूमिका निकै महत्वपूर्ण हुन्छ । काठमाडौंको बेथिति र समस्याहरुको विषयमा कुरा गर्दा हाम्रा मेयरले विभिन्न कारणहरु देखाउँदै आएका छन् । यद्यपि, विश्वमा केही मेयर यस्ता पनि छन्, जो आफ्नो ज्यान बाजी लागेर आफ्नो सहरको सुरक्षाको लागि लागिपरेका छन् ।  अल सल्वाडरका एक मेयरले साँच्चै समस्याको समाधान चाहने हो भने असम्भव केही छैन भन्ने कुराको उदाहरण दिएका छन् ।

 

अल सल्वाडोरका मारिसियो विलानोवा असल्ट आफैं राइफल बोकेर आफैं सहरको सुरक्षा गर्न निस्किन्छन् ।  उनी अफिसरहरुहरुका साथमा बुलेटप्रूफ ज्याकेट लगाएर गस्तीमा निस्किने गरेका छन् । मध्य अमेरिकी मुलुकहरु अल सल्वाडोरको सैन जोस गायाबल सहरमा उनी विगत १८ वर्षदेखि मेयरको रुपमा रहँदै आएका छन् ।

 

यो सहरमा एमएस–१३ र ला बारियो–१८ जस्ता खनरानक आपराधिक संगठनहरु रहेका छन् । विलानोवाले २ वर्षमा मुलुकलाई अपराधमुक्त बनाउने योजना अघि सारेका छन् । उनले आफू सहरलाई निकै प्रेम गर्ने भएकोले सामान्य मानिसको भूमिकामा आएको बताए ।

 

अपराधदरमा व्यापक कमी
विलानोवालाई सैन जोस गायाबलको अपराध कम गर्ने श्रेय जान्छ । सन् २०१७ मा प्रतिलाख मानिसहरुमा ४५ जनाको हत्या भएको थियो । २०१८ मा भने अहिलेसम्म कुनै हत्याको समाचार आएको छैन । मुलुकमा बढ्दो अपराधको कारण धेरै मानिसहरु मुलुक छाडिसकेका छन् ।

 

३०० सूचना दिने मानिस नियुक्त
सुरक्षाको लागि विलानोवाले सडकमा सिसिटीभी क्यामेराको प्रयोग बढाएका छन् भने अपराधको सूचना दिनको लागि ३०० सूचना दिने मानिसहरु पनि नियुक्त गरेका छन् । उनलाई संगठनले धेरैपटक धम्की पनि दिइसकेको छ । यसका साथै गस्ती बढाउनका लागि केही सुविधाहरु पनि बढाएका छन् ।

 

पूरा अमेरिकामा सक्रिय छन् एमएस–१३
एमएस–१३ पूरा अमेरिकाभर फैलिएको कुख्यात संगठन हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो संगठनबाट पार पाउन जस्तोसुकै योजनाका लागि पनि आफू प्रतिबद्ध रहेको बताएका छन् । अमेरिकामा यो संगठनका १० हजार र विश्वभर ३० हजारभन्दा बढी सदस्यहरु रहेका छन् ।

 

स्वदेशमै सम्भावना देखेपछि विदेश मोह त्याग्दै युवा

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मेलाचेका २८ वर्षीय राहुल क्षेत्री आफ्नो अमेरिकाको पढाइ सकेपछि अहिले घान्द्रुक–घोरेपानी पदयात्रा मार्गअन्तर्गतको टाढापानीमा होटेल सञ्चालन गर्दैआउनु भएको छ ।

 

अध्ययनका लागि विदेशिएका युवा उतै भासिने गरेको वास्तविकतामा क्षेत्री भने स्वदेशकै सम्भावनालाई उपयोग गर्नुपर्ने सोचका साथ आफू नेपाल फर्किएको बताउनुहुन्छ । मेकानिकल इञ्जिनीयर विषयमा अमेरिकामा पाँच वर्ष अध्ययन सकेलगत्तै नेपाल फर्किएको बताउँदै उहाँले त्यहाँका विभिन्न अनुभवलाई यही उपयोग गर्ने बताउनुभयो ।

 

“यहाँको जीवन वास्तवमै खुशी र सुखी छ, विदेशमा गरेजस्तै श्रम यहाँ गर्ने हो भने प्रत्येकले राम्रोसँग जीवनयापनका साथै वचत पनि गर्न सक्छ, जुन विदेशमा कठिन छ”, उहाँले भन्नुभयो । विदेशमा दुःख गरेर कमाए पनि त्यो त्यही खान र बस्न ठिक्क हुने उहाँको अनुभव छ । नेपालमा प्राङ्गारिक उत्पादनका प्रचूर सम्भावना रहेको बताउँदै उहाँले यहाँका खाली जग्गा र फाँटमा विभिन्न जातका तरकारी तथा फलफूल लगाएर आम्दानी गर्न सकिने बताउनुभयो ।

 

आफूले टाढापानीमा सञ्चालन गरेको होटेल पानोरमा पोइन्ट एण्ड रेस्टुरेन्टमा दैनिक ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको उहाँले बताउनुभयो । पदयात्रा पर्यटन क्षेत्रमा युवाका लागि धेरै सम्भावना छ । पदयात्रा गर्ने पर्यटकलाई लक्ष्य गरी सञ्चालन गरेको उहाँको होटेलमा ४५ बेड छ ।

 

“पदयात्राको मुख्य याममा मागअनुसार पर्यटकलाई कोठा पु¥याउनै सकिँदैन,” उहाँले भन्नुभयो । पछिल्लो समयमा पदयात्राका लागि बढ्दै गएको आन्तरिक पर्यटकको आकर्षणका कारण होटेलमा बाह्रै महीनाजसो पर्यटक भरिने गरेको उहाँले बताउनुभयो ।

 

पछिल्लो समयमा पदयात्रा क्षेत्रका विभिन्न स्थानमा युवा होटल व्यवसायमा लागेका छन् । पदयात्रा मार्गकै बनठाँटी हिलमा सनराइज लज सञ्चालन गर्दै आएकी प्रियङ्का गुरुङ पदयात्रामा आन्तरिक पर्यटक बढेजस्तै होटेल तथा व्यवसायमा युवा सक्रियता पनि उत्तिकै बढिरहेको बताउनुहुन्छ । अन्नपूर्ण सेरोफेरोअन्तर्गतका पदयात्रा मार्गमा आयआर्जनका धेरै विकल्प रहेको उहाँको भनाइ छ ।

 

रोजगारीको खोजीमा विदेशिने युवाका लागि यहीँ नै धैरै सम्भावना रहेको बताउँदै उहाँले यस क्षेत्रमा चौरीपालन पनि आयआर्जनको ठूलो विकल्प भएको उल्लेख गर्नुभयो । “मैले झण्डै २१ वर्षयता चौरीपालन गर्दै आएको छु, यसबीचमा अधिकतम ४८३ वटासम्म चौरी पालेँ”, उहाँले अनुभव सुनाउनुभयोे, “चौरीपालनका धेरै सम्भावना छन्, युवालाई यसतर्फ आकर्षित गर्न अझै सकिएको छैन ।”

 

सरकारले युवालाई स्वदेशमा नै आकर्षित गर्ने वातावरण तयार गर्नुपर्नेमा उहाँको जोड छ । पदयात्रा पर्यटनका क्षेत्रमा काम गर्दै आएको संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान)मा क्रियाशील पदाधिकारी तथा सदस्य विभिन्न कार्यक्रमका क्रममा विदेश गए पनि त्यहाँका अनुभवलाई लिएर विदेश मोह त्याग्दै स्वदेशमै फर्की काम गर्ने गरेको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले बताउनुभयो ।

 

उहाँका अनुसार पदयात्रा पर्यटन क्षेत्रमा विदेशभन्दा स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सोच युवामा बढ्दै गएको छ । नेपालको पदयात्रा पर्यटनमा प्रचूर सम्भावना रहेका कारण युवा शक्तिलाई आकर्षित गरी आय आर्जन गर्ने अवस्था निर्माणमा सरकारको पनि महत्वपूर्ण भूमिका हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

    निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माघ

गणतन्त्रविरोधी हर्कतलाई हामीले सामूहिकरूपमा जवाफ दिन जरुरी : कावा प्रधानमन्त्री खड्का

    कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक

कांग्रेस प्रचण्डपथको भरिया बनेको छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

यो सरकार आफैँ ढल्न सक्छ : अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कुनै पनि