यत्ति सुन्दर बन्दैछ, नायिका स्वेता खड्काको “माझी बस्ती” {भिडियो सहित}



हाम्रो इकोनोमि

 

काठमाण्डौ , विनाशकारी भूकम्प पछि एकिकृत बस्ती बनाउने देशमा एक किसिमको लहर नै चल्यो । हेर्दा चिटिक्क देखिने ती सुन्दर घरहरु बनाउन साच्चै नै मनै लोभ्याउने खालका हुने गर्छन् ।

 

धूर्मुस- सुन्तलीले बनाएका गिरानचौर बस्ती होस् या मुसहर बस्ती अनि अहिले बन्दै गरेका स्वेता श्री फाउन्डेसनको अभिभावकत्व तथा संरक्षण पाएका सिन्धुपाल्चोकको माझी बस्ती ।चौतारा साँगाचोकगढी नगरपालिका–१४ भिमटार माझी बस्तीमा नायीका श्वेता खड्काको समन्वयमा निर्माण सुरु गरिएको एकीकृत माझी बस्ती निर्माणमा ढिलाई भए पनि विभिन्न कठिनाईहरुलाई छिचौल्दै अघि बढिरहेको छ ।

 

भिमटारको माझी बस्तीका स्थानीयलाई लक्षित गरी नायिका खड्काले श्वेता श्री फाउण्डेशनमार्फत ५३ घर निर्माण सुरु गरेकी थिइन् ।४६५ वर्ग फिटमा निर्माण हुने घरको लागत प्रति घर लगभग ७ लाख रुपियाँ पर्न आउँछ ।

 

फाउण्डेशनले स्थानीयसँग घर निर्माणमा लाग्ने ७ लाख आफैले व्यहोर्न पर्ने र अन्य भौतिक पूर्वाधारको काम मात्रै फाउण्डेशनले गर्ने सहमतीमा काम सुरु गरेको थियो । अहिले विभिन्न किसिमका आर्थिक संकटहरु चिर्दै माझी वस्तीका अगुवाहरु पनि स्वेतासँगै हातेमालो गरिरहेका छन् ।

 

१ लाख घुस लिँदालिँदै ठुलो माछा रंगेहात पक्राउ

सहसचिव डा. तारानाथ पौडेल घुस रकमसहित पक्राउ परेका छन् । पौडेललाई एक लाख रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

 

क्षेत्रीय स्वास्थ्य निर्देशनलाय पोखरामा कार्यरत पौडेलले लोकसेवा आयोगमा जागिर लगाइदिन्छु भनेर एक लाख रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । पक्राउ परेका पौडेललाई थप अनुसन्धान गरी आवश्यक कारबाही गरिने प्रवक्ता दंगालले बताए ।

 

मुटुरोग विशेषज्ञ भन्छन्, ‘यि संकेतले तपाईमा मुटु रोग छ भन्ने देखाउँछ’

खासगरी मुटु रोग तीन प्रकारका हुन्छन् । बच्चा, वयष्क र प्रौड एवं पाको व्यक्तिलाई लाग्ने ।

 

पछिल्लो समय मुटु रोगको समस्या बोकेर बसेका युवाको संख्या पनि निकै ठूलो छ । २५ बर्षभन्दा कम उमेरका तन्नेरी समेत मुटु रोगको जोखिममा छन् । कतिपय उपचार गराइरहेका छन् । कति जटिल शल्यक्रियाको अवस्थामा गुजि्ररहेका छन् ।

यसको अर्थ के भने, मुटु रोग भन्नसाथ कुनै उमेर समूहमा लाग्ने होइन । बुढापाकालाई मात्र मुटु रोग लाग्छ भन्ने होइन । नवजवानलाई पनि यो रोगले गलाउन सक्छ ।

 

कसरी थाहा पाउने ?

आफुलाई मुटु रोग छ कि ? यो प्रश्नको उत्तर दिन हाम्रो शारीरिक अवस्था नियाल्नुपर्छ । मुटु रोग लागेको अवस्थामा मुटुको देव्रे भाग दुख्ने गर्छ । त्यसपछि यो दुखाई सरेर देव्रे च्यापुसम्म पुग्छ ।

मुटुमा समस्या भएकालाई सामान्य काम गर्न पनि गाह्रो हुन थाल्छ । गह्रौ काम गर्दा दुखाईको मात्रा बढेर जान्छ । यस्तो अवस्थामा हिँडडुल गर्न पनि गाह्रो हुने गर्छ ।

 

पहिले तीन तला सिंढी चढ्दा पनि केही नहुनेलाई एक तला पार गर्न गाह्रो पर्छ भने उसलाई कुनै न कुनै खालको मुटु रोग लागेको हुन सक्छ । मुटुको समस्या भएका मानिसलाई सामान्य काम गर्दा पनि अत्याधिक थकाईको अनुभुति हुन्छ ।

 

हृदयघात हुनुभन्दाअघि छातीमा सहन नसक्ने पीडा हुन्छ । यसका साथै पेटको माथिल्लो भाग दुख्ने, अत्याधिक पसिना बग्ने, वाकवाकी लाग्ने, बान्ता हुन जस्ता समस्या हुन्छन् । यस्तो समस्या भएमा तत्काल चिकित्सककहाँ जानुको विकल्प हुँदैन । अलिकति पनि ढिलो भयो भने ज्यानै जाने खतरा हुन्छ ।

युवाअवस्थामा मुटुको भल्व विग्रने समस्या पनि हुन्छ । जसलाई मेडिकल भाषमा रेम्याटिजम डिजिज भन्ने गरिन्छ । बाथ, ज्वरोको समस्याले यस्तो डिजिज हुन्छ । र, विस्तारै भल्व नै ड्यामेज हुन जान्छ ।

 

यस्तो अवस्थामा मुटु ढुकढुकी तीब्र गतिमा बढेको अनुभुति हुन्छ । छातीमा हात राख्न यसको सहजै अनुभव गर्न सकिन्छ । छाती भारी भएर आउने, खुट्टा सुन्निने पनि समस्या हुन्छ । कसैकसैको पेट पनि फुलेर आउने गर्छ ।

मुटुको समस्या भएका मानिसको श्वासप्रश्वासमा पनि समस्या देखिन्छ । छिट्छिटो स्वास फुलेर आउछ भने मुटु रोग लागेको हुन सक्छ ।

 

कतिपयमा बंशाणुगत मुटु रोगको समस्या पनि हुन सक्छ । गर्भबाटै मुटुको समस्या बोकेर आएका बच्चाहरुको शारिरिक बृत्ती विकासमा समस्या हुने, हात खुट्टा वा पुरै शरीर पहेंलिएर जानेजस्ता समस्या देखिन्छन् । बंशाणुगत समस्याको कारण मुटु रोग भएमा बच्चाका तौल पनि नबढ्ने समस्या हुन्छ ।

 

खासगरी शरीरको तौल, सुगर, कोलेस्ट्रोलको मात्रालाई सन्तुलनमा नराख्दा जुनसुकै उमेरका मानिसलमा पनि मुटु रोगको अत्याधिक सम्भावना हुन्छ ।

 

अत्याधिक धुम्रपान, खैनी सेवन गर्ने मुटु रोगको उच्च जोखिममा हुन्छन् । विभिन्न अनुसन्धानले नै भनेको छ की अत्याधिक धुम्रपान सेवन गर्नेहरु ५० वर्षभन्दा कम उमेरबाटै मुटु रोगको शिकार हुने गर्छन् ।

 

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...