‘निर्मला र श्रृखंलालाई तुलना नगरौं’ : करिश्मा मानन्धर



हाम्रो इकोनोमि

 

यतिबेला सामाजिक सञ्जालमा दुई वटा अभियान चलिरहेको छ ।

पहिलो बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय देऊ ।

अर्को विश्व सुन्दरी प्रतियोगीतमा नेपालबाट प्रतिनिधित्व गरिरहेकी अर्का श्रृखंला खतिवडालाई भोट गरौं ।

निर्मला र श्रृखंलाको यो अभिनयालाई जोडेर विभिन्न खाले टिकाटिप्पणी भैरहेका छन् ।

यस्तैमा नयाँ शत्तिकी सदस्य समेत रहेकी अभिनेत्री करिश्मा मानन्धरले आफ्नो राय राखेकी छन् ।

निर्मला र श्रृखंलाको अभियानलाई एकै ठाउँमा राखेर जोड्दा आफुलाई चित्त नबुझेको करिश्माको भनाई छ ।

शनिबार सम्पन्न कामना अवार्डमा सहभागी हुने क्रममा करिश्माले भनिन्, ‘सामाजिक सञ्जालमा श्रृखंला र निर्मला पन्तको कुरा जोडेको देखें ।

यी दुई कुरा अलग अलग हो । एउटा न्यायको लागि लडिरहेको छ भने अर्का सफलता प्राप्तिको लागि ।

नेपालको नाम र इज्जतको लागि लडिरहेको छ ।

यसलाई तुलना गर्नै मिल्दैन ।’

उनले थप्दै भनिन्, ‘हामीलाई निर्मलाले न्याय पाएको पनि हेर्न मन छ र श्रृखंलाले मिस वल्र्ड जितेको हेर्न पनि मन छ ।

यसलाई तुलना नगर्नको लागि सम्पुर्ण नेपालीहरुलाई अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...