‘निर्मला र श्रृखंलालाई तुलना नगरौं’ : करिश्मा मानन्धर



हाम्रो इकोनोमि

 

यतिबेला सामाजिक सञ्जालमा दुई वटा अभियान चलिरहेको छ ।

पहिलो बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय देऊ ।

अर्को विश्व सुन्दरी प्रतियोगीतमा नेपालबाट प्रतिनिधित्व गरिरहेकी अर्का श्रृखंला खतिवडालाई भोट गरौं ।

निर्मला र श्रृखंलाको यो अभिनयालाई जोडेर विभिन्न खाले टिकाटिप्पणी भैरहेका छन् ।

यस्तैमा नयाँ शत्तिकी सदस्य समेत रहेकी अभिनेत्री करिश्मा मानन्धरले आफ्नो राय राखेकी छन् ।

निर्मला र श्रृखंलाको अभियानलाई एकै ठाउँमा राखेर जोड्दा आफुलाई चित्त नबुझेको करिश्माको भनाई छ ।

शनिबार सम्पन्न कामना अवार्डमा सहभागी हुने क्रममा करिश्माले भनिन्, ‘सामाजिक सञ्जालमा श्रृखंला र निर्मला पन्तको कुरा जोडेको देखें ।

यी दुई कुरा अलग अलग हो । एउटा न्यायको लागि लडिरहेको छ भने अर्का सफलता प्राप्तिको लागि ।

नेपालको नाम र इज्जतको लागि लडिरहेको छ ।

यसलाई तुलना गर्नै मिल्दैन ।’

उनले थप्दै भनिन्, ‘हामीलाई निर्मलाले न्याय पाएको पनि हेर्न मन छ र श्रृखंलाले मिस वल्र्ड जितेको हेर्न पनि मन छ ।

यसलाई तुलना नगर्नको लागि सम्पुर्ण नेपालीहरुलाई अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...