एनसेल कर छलीमा सर्वोच्चका न्यायाधीशबीच विवाद ! प्रधानन्यायाधीशको अस्वभाविक चलखेल



हाम्रो इकोनोमि

 

नेपालकै इतिहाँसम सवैभन्दा ठुलो करछलीको मुद्दामा अवकास हुन लागेका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अस्वभाविक चलखेल गरेका छन् । १३ मंसिरमा अन्तिम सुनाई र फैसलाका लागि सर्वोच्च अदालतले पेशी तोकेको थियो । तर न्यायाधीशबीच मतान्तर भएपछि पेशी स्थगित गरिएको थियो ।

 

सर्वोच्च प्रशासनबाटै स्थगित मुद्दा ४ दिनपछि सोमबारका लागि फेरि पेसी चढेको छ । २० हजार भन्दा बढि मुद्दा विचाराधिन भएको सर्वोच्चमा एनसेल मुद्दाले ४ दिनमै कसरी पेशी पायो ? सर्वोच्च अदालतका कर्मचारी नै आश्चर्यमा परेका छन् ।

 

एनसेल कर छली विवादको मुद्दा न्यायाधीश शारदाप्रसाद घिमिरे नेतृत्वको विश्वम्भरप्रसाद श्रेष्ठ, पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान सम्मिलित पूर्ण इजलासमा छ । न्यायाधीश घिमिरेले पनि एक महिनाभित्रै अवकाश पाउँदै छन् ।

 

अन्य न्यायाधीशहरु एनसेलका पक्षमा र विश्वम्भरप्रसाद श्रेष्ठ विपक्षमा भएपछि यसअघिको पेश स्थगित भएको थियो । अहिले विश्वम्भरलाई आफ्नो फरक मत राख्न तर मुद्दाको फैसला गर्न प्रधानन्यायाधीशले नै दवाव दिएको स्रोतले बताएको छ ।

 

पुनरावलोकनको बाटोसमेत बन्द हुने गरी यो सुनुवाई भइरहेको छ । ६० अर्बभन्दा बढि करछलीको मुद्दामा प्रधानन्यायाशीले अस्वाभाविक चलखेल गरेपछि प्रसस्त शंका गर्ने ठाउँ देखिएका छन् । एनसेललाई कर तिराउनुपर्ने मागसहित दायर रिट निवेदक वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले भने ‘यस्ता अस्वाभाविक क्रियाकलापले प्रश्न उठाएको छ  ।’

 

अबकाशको मुखमा रहेका प्रधानन्यायाशीश र अर्का न्यायाधीश घिमिरेले अस्वभाविक चलखेल गरिरहेको छन् । उनीहरुका चलखेलबिरुद्ध भावी प्रधानन्यायाधीको लाइनमा रहेका श्रेष्ठ भने असहमत देखिएका छन् ।

 

नेपाललाई कंगाल पार्ने गरी कर छली गर्ने एनसेलका पक्षमा प्रभावशाली कानुन ब्यवसायीहरुले वकालत गरेका छन् । सुशील पन्त, हरिहर दाहाल, शम्भु थापा, बद्रिबहादुर कार्की, तुलसी भट्टसहितका कर मामिलामा बहस गर्ने अब्बल वरिष्ठ अधिवक्ताहरू एनसेलको तर्फबाट बहस गरेका छन् ।

 

लाभांश करबारे संसदीय समितिदेखि कर निर्धारण आयोगसम्मले कराएको करायै भएपछि एनसेलले २३ अर्ब बुझाएको थियो । बाँकी रकम नर्तिन उसले अदालत र कालोकाटधारीलाई आफ्नो पक्षमा पारेको छ । एनसेलले मुद्दा नसकिउञ्जेल कतिपय कानुन ब्यवसायीलाई मासिक ५० हजारदेखि एक लाखसम्म दिने गरेको कानुन ब्यवसायीहरु नै बताउँछन् ।

विद्युत् चुहावट गर्ने नौ जना पक्राउ

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाले हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई आइतबार साँझ पक्राउ गरेको छ ।

प्राधिकरण वितरण केन्द्र मिर्चैयाबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले मिर्चैया, कल्याणपुर, कर्जन्हा नगरपालिकालगायत विभिन्न ठाउँबाट हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई पक्राउ गरी जरिवाना तिराएको हो ।

विद्युत् चुहावट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत् चुहाबट गरिरहेको अवस्थामा सबैजनालाई पक्राउ गरिएका प्राधिकरण वितरण केन्द्र मिर्चैयाका प्रमुख दीगम्बर यादवले जानकारी दिनुभयो ।

पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारवाही गरी जरिवानाबापत रु ५१ हजार ३७१ राजश्व सङ्कलन भएको प्रमुख यादवले बताउनुभयो । उहाँका अनुसार सो क्रममा विद्युत् मिटर चार थान, पङ्खा तीन थान र टिभी तीन थानलगायतका सामान बरामद गरिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...