रोशनकुमार न्यौपाने एनआइसी एसियाको प्रमुख कार्यकारी अधिकृतमा



हाम्रो इकोनोमि

 

एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने नियुक्त भएका छन् । आइतबार बसेको बैंकको बोर्ड बैठकले न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

 

न्यौपाने यस अगाडि बैंकको कार्यबहाक प्रमुख कार्यकारी अधिकृत थिए । सानो उमेरमा कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत बन्न सफल न्यौपानेले बैंकलाई थप शक्तिशाली बनाउने विश्वास गरिएको छ ।

 

लक्ष्मण रिसालले राजिनामा दिएपछि न्यौपाने ९ महिना अगाडि बैंकको कामु प्रमुख कार्यकारी अधिकृत बनेका हुन् । बैंकका अध्यक्ष तुलसीराम अग्रवालले आइतबारै न्यौपानेलाई पद तथा गोपनियताको शपथ ग्रहण गराए ।

 

२ सय ६८ वटा शाखा सञ्चाल रहेको बैंकका २ सय ८० वटा एटिएम छन् । ३८ वटा एक्सटेन्सन काउण्टर, १९ वटा शाखा रहित बैंकिङ इकाइ छन् । बैंकसँग १६९ अर्ब निक्षेप छ भने ऋण लगानी १४४ अर्ब रुपैयाँ छ । बैंकको ग्राहक संख्या १३ लाख ५० हजार भन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...