निर्मलाको पक्षमा विप्लवको पार्टी पनि सडकमा



हाम्रो इकोनोमि

 

विप्लव नेतृत्वको नेकपाले आइतबार कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै राजधानीसहित देशका विभिन्न स्थानमा प्रदर्शन गरेको छ ।

 

हत्याको ४ महिना बितिसक्दा पनि सरकारले दोषीलाई कानुनको कठाघारमा ल्याउन नसकेको भन्दै सरकारलाई दवाव स्वरुप नेकपाले प्रदर्शन गरेको हो ।

 

राजधानीमा भएको प्रदर्शनका क्रममा विप्लवका नेता कार्यकर्ताले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

 

पन्तको हत्यारालाई कारबाहीको माग गर्दै राजधानीमा दिनहुँजसो विभिन्न राजनीतिक दल, अभियन्ता र अधिकारकर्मीहरुले प्रदर्शन गर्दै आएको अवस्थामा नेकपा पनि सडकमा निस्किएको हो ।  पन्तको गत साउन १० मा बलात्कारपछि हत्या भएको अवस्थामा शब फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...