मेहेन्दीमा मस्ती गर्दै प्रियंका-निक (तस्बिरहरु)



हाम्रो इकोनोमि

 

प्रियंका चोपडा र निक जोनसको मेहेन्दीको फोटो सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको छ ।

यतिबेलो यी तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

मेहेन्दीमा प्रियंकाले न्यूयोर्कका डिजाइनर रोल्फ लोरेनले डिजाइन गरेको गाउन लगाएकी छिन् ।

प्रियंका र निकले क्रिश्चियन रीतिरिवाज अनुसार शनिबार उम्मेद भवन प्यालेसमा बैवाहिक बन्धनमा बाँधिएका छन् ।

आइतबार उनीहरु हिन्दु रितिरिवाज अनुसार विवाह गर्दैछन् ।

आइतबारको विवाहपछि उनीहरूले दुईवटा भव्य पार्टी दिदैछन् जसमध्ये एक पार्टी नयाँ दिल्लीमा हुनेछ भने दोश्रो मुम्बईमा हुनेछ ।

क्रिश्चियन रिवाज अनुसार प्रियंकाको ससुरा पोल केविनले विवाह गराए हुन् ।

उनी पहिला चर्चको पास्टर थिए ।

विवाह बन्धनमा बाधिनु भन्दा पहिला निक र प्रियंकाले एक म्यागेजिनको लागि फोटोसुट गरेका थिए ।

दीपिका र रणवीरको जस्तै उनीहरुको विवाहमा पनि पाहुनालाई मोबाइल लैजान बन्देज गरिएको थियो ।

प्रियंका र निकले विवाहको फोटो राइट्स २५ करोडमा बेचेका छन् ।

त्यसैले फोटो बाहिर आउने डरले परिवार बाहेक कसैलाई पनि मोबाइल लैजान अनुमति दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...