मिस वर्ल्ड–२०१८: श्रृंखला खतिवडाको भोटिङमा एक नम्बर कायमै !



 

‘मिस नेपाल २०१८’ श्रृंखला खतिवडा ‘मिस वर्ल्ड–२०१८’को भोटिङमा एक नम्बरमा कायम छिन् । भोटिङका लागि दिएको समय सकिनै लाग्दा श्रृंखला प्रतिस्पर्धीभन्दा निकै अगाडि छिन् । ‘मिस वर्ल्ड २०१८’को फाइनल यही मंसिर २२ गते चीनको सान्यामा हुनेछ । प्रतियोगिका विभिन्न चरणमध्ये अहिले भोटिङ भइरहेको छ ।

 

भोटिङमा अहिलेसम्म श्रृंखला ३७।०४ प्रतिशत भोट ल्याएर सबैभन्दा अगाडि छिन् । मंगोलियाकी सुन्दरीले १०।७६, भारतीकी सुन्दरीले ६।९४, काजकिस्तानकी सुन्दरीले ६।०१ प्रतिशत मत प्राप्त गरेका छन् ।

 

श्रंखलाले अन्तिम समयसम्म पनि आफ्नो अग्रता कायम राखिन् भने उनले मल्टिमिडया अवार्ड भने पाउने छिन् । त्यसपछि उनी आफैँले प्रतिस्पर्धीलाई पछि पार्नुपर्नेछ । सामाजिक सञ्जाल ‘मोभस्टार’मा गएर श्रृंखलाको तस्बिर तथा भिडियोमा लाइक, सेयर तथा कमेन्ट गरेका आधारमा उनको भोट काउन्ट भइरहेको छ ।

 

यस्तै फेसबुकमा गएर लाइक, कमेन्ट र सेयर गरेको खण्डमा पनि भोट काउन्ट हुन्छ । भोटिङका लागि खुला गरिएको समय भोलि सकिँदैछ । विश्वका १२१ देशका सुन्दरीहरु प्रतियोगितामा सहभागी छन् । श्रृंखलाले सामाजिक सञ्जालबाट आफूलाई भोट गर्न आग्रह गरेकी छन् । जतिसक्दो धेरै आफ्ना तस्बिरमा लाइक, कमेन्ट र सेयर गर्न उनले आग्रह गरेकी छन् ।

 

उनले प्रतिस्पर्धी विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न र गीत गाउन आग्रह गर्दै भिडियो पोस्ट गरेकी थिइन् । उनले आफ्नो भिडियोमा आफूलाई भन्दा पनि नेपालको सुन्दरतालाई देखाएकी छन् । उनले बौद्ध स्तुपदेखि सगरमाथासम्मलाई भिडियोमा समावेश गरेकी छन् ।

सीधै टप ३० मा पुग्ने बाटो यसरी बन्द भयो श्रृंखला खतिवडाको , सुक्क सुक्क गर्दै यसो भनिन्

मिस वर्ल्डको हेड टु हेड च्यालेन्जमा नेपाली सुन्दरी श्रृंखला खतिवडा पराजित भएकी छन्।चीनमा जारी प्रतिस्पर्धामा शनिबार राति भएको हेड टु हेडमा मिस नेपाल श्रृंखला, सिंगापुरकी सुन्दरीसँग ३-० ले पराजित भएकी हुन्। तर, हेड टु हेडको यो च्यालेन्जमा पराजित भए पनि उनको मिस वर्ल्ड यात्रा भने टुंगिएकाे छैन।

 

मिस वर्ल्डको टप ३० मा अझै पनि १७ ठाउँ खाली छन्। यस्तै ब्युटी विथ पर्पस् र मल्टिमिडिया अवार्ड पनि बाँकी नै छन्। जसमा श्रृंखलाको सम्भावना बलियो छ। हेड टु हेडमा जितेको भए श्रृखंला सीधै टप ३० मा पुग्ने थिइन्। दुर्भाग्य पराजित भइन्। त्यसपछि भिडियो पोस्ट गर्दै उनले दिएको प्रतिक्रिया यस्तो छ:

 

नमस्ते नेपाल।

हेड टु हेड च्यालेन्जको भिडियो युट्युबमा पोस्ट भैसकेको छ। यहाँहरूले हेरिसक्नु भयो होला। म र सिंगापुरसँगै परेका थियौं। हाम्रो च्यालेन्जमा सिंगापुरकीले जितिन्। युटुयुबमा अपलोड हुँदा कस्तो प्रतिक्रिया आउने होला भनेर डर लागिरहेको थियो।

 

हिजो साह्रै दुःख पनि लाग्यो कि यस्तो सपोर्ट पाउँदा पनि मैले तपाईहरूको अपेक्षा पूरा गर्न सकिनँ भनेर। तर, सिंगापुरले डिजर्भ गरेको थियो र उसैले जित्यो। त्यसैले प्लिज युट्युबमा नेपालले जित्नुपर्थ्यो। सिंगापुरले किन जित्यो नभन्नु होला। ऊ मेरो राम्रो साथी पनि हो। म एकदम खुसी छु ।

 

अवश्य पनि मन थियो, नेपालका लागि हेड टु हेड च्यालेन्ज पनि जितेर टप ३० मा पुग्ने । तर नआत्तिनुहोला ।अझै पनि ३० वटामध्ये १७ वटा स्पट खाली नै छन्। त्यसैले यो नैअन्त्य होइन। सरी, भन्न चाहन्छु। राम्रो गर्न सक्थेँ अझै। तर हामीलाई ब्रिफिङमा चाहिँ अाफ्नो प्रोजेक्ट प्रस्तुत नगर्नु होला। यो प्रस्तुती शैलीबारे मात्रै हो भनिएको थियो।

 

मैले त्यही ब्रिफिङ फलो गरेँ। साढे एक मिनेट मात्रै समय थियो। टाइम लिमिटले नै धोका दिने हो कि भनेर मैले एकदम धेरै पूर्वतयारी गरेकी थिएँ। सायद धेरै तयारी पनि भयो कि के भयो, बीचमा बोल्दाबोल्दै एक-दुई लाइनचाहिँ भन्न छुटेको रहेछ। सायद त्यो कनेक्ट नभएर। मैले आफै पनि युट्युबमा भिडियो हेर्दा त्यति कनेक्टेड आफैलाई पनि फिल भएन।

 

सरी नेपाल !यत्रो भोट गरेर टप २० मा पुऱ्याइदिनुभयो। टप १० मा हेड टु हेडमा पुग्न सकिनँ। तर अझ पनि आशावादी छु- टप ३० मा पुग्न सक्छु भन्रे। अझै १७ वटा स्पट खाली नै छन्। त्यसैले हार नमान्दिनु होला। यत्रो माया गरिदिनुभयो, कसरी गुन तिरौं भन्रे सोच्न मात्रै आउँछ। नेपाल आएर धेरै काम गर्न मन छ।

 

लाई पब्लिक फिगर हुन मन थिएन। पब्लिक फिगर भैसकेपछि आफ्नो आवाज बलियो हुन्छ र त्यो आवाज म कसैका लागि प्रयोग गर्न सक्छु भन्ने कुराले मात्रै मलाई मिस नेपालमा तानेको थियो। मिस वर्ल्ड पनि मेराे अावाज बलियो बनाउने माध्यम मात्रै हो।

 

म एउटा मान्छेले पनि संसार परिवर्तन गर्न सक्छ भन्ने कुरामा हृदयदेखि विश्वास गर्छु। सायद अलि बढी कुरा गरी जस्तो लाग्छ होला। तर मलाई थाहा छ, मैले भनेका कुराहरू कति इमान्दारीका साथ भन्छु र कति विश्वासका साथ भन्छु।

 

९० सेकेन्डमा मेरो प्रोजेक्टलाई मैले जसरी सकिन्छ प्रस्तुत गरेँ। भविष्यको योजना के हो प्रस्तुत गर्नु भनेर सर्कुलरमा दिइएको थियो। मैले त्यसमै फोकस गर्न खोजेँ। सायद अति तयारी भयोजस्तो लाग्यो। भिडियो हेरेर मैले महसुस गरिसकेँ। सिंगापुरले डिजर्भ गरेको थियो। सिंगापुरले मेहनत गरेर जितेको थियो।

 

उसलाई पनि सपोर्ट गरिदिनुस्। कमेन्टमा नेपालले जित्नुपर्थ्यो भनेर भन्दाखेरि पक्कै पनि उसलाई राम्रो लाग्दैन् र हाम्रो पनि एउटा राम्रो व्यवहार देखिदैँन। जसरी फुटबल म्याचमा सौहार्दपूर्ण वातावरणमा हामीले जिते पनि हारे पनि स्वीकार गर्नुपर्छ। अरुको जितमा पनि रमाउनुपर्छ। त्यसै गर्न सिकौं।

 

सरी, मेरो साइडबाट मैले गर्न सकिनँ। तर सिंगापुरलाई पनि पक्षपात नगरिदिनु होला। यति धेरै माया गर्नुभएकोमा धन्यवाद। सबैलाई माया।अझै पनि मौका छ। ब्युटी विथ द पर्पस् ।अनि मल्टिमिडिया अवार्ड बाँकी छ। टप ३० का लागि अझै पनि ठाउँहरू खाली नै छन्। अझै पनि सम्भावना बाँकी छ। नआत्तिनुहोला, अनि मलाई यहाँसम्म पुऱ्याइदिनुभएकोमा सम्पूर्णप्रति आभारी छु।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका