राजेन्द्र महतोसँग भनाभन भएपछि महन्थ ठाकुर हिडे दिल्ली



हाम्रो इकोनोमि

 

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर आज भारतको राजधानी दिल्ली जान लागेका छन् । स्वास्थ्य उपचारका लागि भन्दै उनी दिल्ली जान लागेका हुन् । राजपा नेपालमा आन्तरिक द्धन्द चलिरहेको बेला नेता ठाकुर दिल्ली जानुलाई अर्थपूर्ण रुपमा लिएको छ ।

 

अध्यक्षमण्डलको संयोजकमा राजेन्द्र महतो आएपछि राजपा नेपालमा विवाद उत्कर्षमा पुगेको हो । यसअघि महन्थ ठाकुर अध्यक्षमण्डलका संयोजक थिए । तर उनलाई बहुमतबाट हटाएपछि विवाद बढेको हो ।

 

पार्टीभित्र विवाद बढेकै बेला उनी दिल्ली जान लागेका हुन् । उनी मंसिर १२ गतेनै दिल्ली जाने तयारी गरेका थिए तर टिकट नपाएपछि उनी आज जान लागेका हुन् । यसबीचमा पार्टीका अध्यक्षमण्डलका सदस्यको बीचका कुराकानी समेत गरिसकेका छन् ।

 

 

यसअघि उनी स्वास्थ्य उपचारका लागि साउन १३ गते गएर १८ गते फर्केका थिए ।  छोरी र ज्वाँईलाई साथमा लिएर स्वास्थ्य उपचारमा दिल्ली पुगेका उनी त्यतिबेला राजनीतिक भेटघाट पनि गरेका थिए । गृहमन्त्री राजनाथ सिंहदेखि सुरक्षा सल्लाहकार अजित डोभलसम्मलाई भेटेका थिए ।

 

उपचारमा संलग्न डाक्टरले अध्यक्षमण्डलका सदस्य ठाकुरलाई ६ महिनापछि पुनः आउन भनेका थिए । सोहीअनुसार उनी दिल्ली जान लागेका हुन् ।   २०७४ चैत २७ गते दिल्ली गएका ठाकुरको स्वास्थ्य जाँच गर्दा मुटुमा ‘ब्लड ब्लोकअप’ देखिएपछि   अप्रेशन गरी तीनवटा ‘स्टेन’ राखिएको थियो ।

 

केहि वर्ष पहिले संयोजक ठाकुरको मुटुमा समस्या देखिएपछि ‘पेसमेकर’ राखिएको थियो । पेसमेकर राखिएपछि उनले नियमित सम्पर्कमा रही स्वास्थ्य जाँच गराई राख्नुपर्ने थियो । तर उनी दुई वर्षदेखि नियमित जाँच गराउन सकेका थिएन ।

 

पछि जाँच गराउँदा ब्लड ब्लोकअप देखिएपछि अप्रेशन गरी स्टेन राखिएको हो । त्यसको फ्लोअपका लागि उनी दिल्ली जान लागेका हुन् ।  दिल्लीमा उच्च तहका नेतालाई भेट्ने कार्यक्रम पनि रहेको पार्टी स्रोतले जनाएको छ । तर को कोसँग भेट्ने कहिले भेट्ने केही खुलाएको छैन ।

 

के भयो १० मिनेटको बैठकमा ?
अध्यक्षमण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएपछि मंसिर १० गते बैठक बोलाइएको थियो । तर त्यो दिन बैठक बसेन । महतो संयोजक भएपछि पार्टीभित्र बढेको असन्तुष्टिले पार्टीको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । बैठक स्थगित भएपछि पार्टीका बारेमा विभिन्न टिकाटिप्पणी शुरु भएको थियो ।

 

यसैबीचमा संयोजक महतोले मंसिर १४ गतेका लागि बैठक बोलाएका थिए तर सो बैठकमा ठाकुर  जान तयार थिएन । त्यो थाह पाएर संयोजक महतो उनकै निवासमा पुगको थिए । नेता ठाकुरले आफू अस्वस्थ्य रहेको कारण बैठकमा जान नसकिने भनेपछि महतोले राजपा नेपालको बारेमा नानाथरीका समाचारहरु आइरहेका छन् । एकचोटी पार्टी कार्यालय गएर फर्केपछि सबै भ्रमहरु हट्छन् भनि उनलाई कार्यालयसम्म ल्याउन सफल भए ।

 

ठाकुर कार्यालय गएपनि बैठकमा उनी गएनन् । त्यसपछि अध्यक्षमण्डलका सदस्यहरु महन्थ ठाकुरकै कार्यकक्षमा गएर बसे । संयोजक फेरिएपछि पार्टीभित्र र बाहिर विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् । यसलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने कुरा उठेको थियो ।

 

त्यसको जवाफमा महन्थ ठाकुरले आफू राजपा नेपाल बनाउन आएको भत्काउनका लागि होइन भन्दै उनले उपचारका गराउन केही दिनका लागि बाहिर गइरहेको उताबाट फर्केपछि पार्टीका कामहरु अगाडि बढाउने कुरा राखेका थिए ।

 

त्यसअघि महाधिवेशन लगायत अन्य कामहरुको बारेमा गृहकार्य गरिरहन ठाकुरले भनेर हिडेका थिए । यति भनेर हिडेपछि संयोजक महतो ठाकुरलाई तलसम्म छाड्न आएका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...