निर्मलाको हत्यारा पत्ता लगाउन माग गर्दै बुटवलमा विप्लवको प्रदर्शन



हाम्रो इकोनोमि

 

कन्चनपुरकी-१३ वर्षीया किशोरी निर्मला पन्तका हत्यारा पत्ता लगाइ कारवाहीको माग गर्दै बुटवलमा विरोध प्रदर्शन भएको छ ।

 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रुपन्देही र अखिल क्रान्तिकारीको नेतृत्वमा विरोध प्रदर्शन भएको हो ।

 

प्रदर्शनलाई लक्षित गरी प्रशासनले चोकचोकमा सुरक्षाकर्मीको तैनाथी बढाएको थियो । बाक्लो सुरक्षा घेराका बीच राजमार्ग चौराहाबाट प्लेकार्डसहित सुरु भएको र्‍यालीका सहभागीहरुले निर्मलाको परिवारलाई न्याय देऊ, दोषीलाई छिटो पक्राउ गर लगायतका नारा लगाएका थिए ।

 

बिरोध प्रदर्शनमा स्कुल कलेजका विद्यार्थीहरु विद्यालय पोशाकमै सहभागी थिए । विरोध प्रदर्शनपछि पुष्पलालचोकमा आयोजित कोणसभामा बोल्दै नेकपा रुपन्देहीका इन्चार्ज संगम पुनले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा दोषीलाई उम्काउन सरकार नै लागेकाले यो घटनाका दोषीलाई कारवाही नहुँदासम्म पार्टी चुप नलाग्ने बताए ।

 

उक्त घटनाका दोषीलाई पहिचान गर्न आफ्नो पार्टीसमेत लागेको उनले बताए । चार महिनाअघि भएको घटनाका दोषी पत्ता नलाग्दा देशभर सरकारविरुद्ध आन्दोलन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...