‘सच्चा माता’ को ब्लेसिङ विवादमा, प्रधानमन्त्री दम्पतीले नलिने



 

एसिया प्यासिफिक समिटको दोस्रो दिन आज दक्षिण कोरियाकी ‘सच्चा माता’ हाक जा हान मुनले आज ३ सय जोडीलाई ‘ब्लेसिङ’ दिने कार्यक्रम छ । माताबाट ब्लेसिङ लिन प्रधानमन्त्री दम्पतीसहित तीन सय जोडीलाई निम्ता गरिएको छ ।

 

तर, प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्य भने ब्लेसिङमा सहभागी नहुने भएका छन् । प्रधानमन्त्रीका परराष्ट्र मामला सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्री दम्पतीले मातासँग ब्लेसिङ नलिने अनलाइनखबरलाई बताए ।

 

‘प्रधानमन्त्रीज्यूले आइतबार साढे ४ बजे गुड गभर्नेन्सको सेसनमा सम्वोधन गर्ने कार्यक्रम छ र ब्लेसिङ लिने कुरा गलत हो,’ उनले भने ।

 

कोरियाली माताले प्रधानमन्त्रीलाई ‘गुड गभर्नेन्स अवार्ड’ दिने कार्यक्रम पनि छ । प्रधानमन्त्रीले अवार्ड भने ग्रहण गर्ने सल्लाहकार भट्टराईले बताएका छन् । तर आयोजकले चलाखीपूर्वक ब्लेसिङ समारोहमै प्रधानमन्त्रीलाई अवार्ड दिने सेड्युल बनाएको छ ।

 

विवाद आएपछि आयोजक यूनिभर्सल पिस फेडरेसन नेपालले ब्लेसिङ कार्यक्रमको नाम फेरेको छ । यूपीएफले दिएको नयाँ प्रोग्राम सेड्यूलमा यसलाई ‘पीस एन्ड फेमिली फेस्टिबल सेरिमोनी’ नाम दिइएको छ । एक जानकारका अनुसार यस समारोहको मूख्य चिज भनेको ब्लेसिङ नै हो ।

 

पुरानो सेड्यूलमा साढे ४ बजे प्रधानमन्त्री दम्पतीलगायत पाँच सय जोडीले माताबाट ब्लेसिङ लिने उल्लेख थियो । प्रधानमन्त्री नै सहभागी नहुने भएपछि आयोजक निराश बनेको बुझिएको छ ।

 

ब्लेसिङका लागि देशभरका मेयर तथा उपमेयरहरुलाई जोडीसहित निम्तो गरिएको छ । तर, विवाद आएपछि अधिकांस मेयर तथा उपमेयरहरु झस्किएका छन् । उनीहरु ब्लेसिङ लिने वा नलिनेमा द्विविधामा रहेका छन् ।

 

एक मेयरले भने, ‘सुरुमा त आउने वचन दिएको थिएँ, तर कुरा बुझ्दै जाँदा क्रिस्चियन कार्यक्रम रहेछ, त्यसैले नजाने मनस्थितिमा पुगेको छु ।’ आफूलाई बारम्बार फोन गरेर ताकेता गरिएको उनी बताउँछन् ।

 

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले आफूलाई जोडीसहित ब्लेसिङ लिन निम्तो आएको भए पनि आफू नजाने बताए ।

 

के हो ब्लेसिङ ?

ब्लेसिङको सोझो अर्थ आशिर्वाद हो, तर यो यतिमै सिमित भने छैन । यूनिफिकेसन चर्चका संस्थापक सन म्योङ मूनले आफ्नो वंश विश्वव्यापीरुपमा फैलाउने सोच राखेका थिए । यही सोचअनुसार उनले सुरुको चरणमा ४ सय महिलाहरुसँग आफैंले यौनसम्वन्ध राखेको बताइन्छ । तर, यसबाट मात्र साध्ये नभएपछि जोडीहरुलाई ‘ब्लेसिङ’ दिने परम्परा सुरु गरेका हुन् ।

 

पहिलो श्रीमतीसँग डिभोर्सपछि १९६० मा मुनले आफूभन्दा २३ वर्ष कान्छी हाक जा हान मुनसँग दोस्रो बिहे गरेका थिए । त्यसपछि आफ्नो जोडीलाई उनले ‘ट्रु प्यारेन्ट्स’ (सच्चा मातापिता) भन्न लगाए र अन्य जोडीहरुलाई ब्लेसिङ दिन सुरु गरे ।

 

कोरियामा पहिलोपटक ब्लेसिङ समारोह आयोजना हुँदा ३६ जोडी सहभागी थिए, जसमध्ये १२ जोडी पूर्वविवाहित थिए । त्यबिेला मुनले रक्सीमा आफ्नो गोप्य चिज हालेर झोलपदार्थ तयार गरी जोडीहरुलाई खान दिए । यसलाई ‘होली वाइन’ भन्न थालियो । यही ‘होली वाइन’ पिउनु नै ब्लेसिङको सबैभन्दा महत्वपूर्ण रीति हो ।

 

मुनका अनुयायीहरुले आफूखुशी विहे गर्न पाउँदैनन् । उनीहरुले आफ्नो फोटो लिडरलाई पठाएपछि लिडरले जोडीहरुको ‘म्याचिङ’ गर्छन् । पहिले यो काम मुन आफैंले गर्थे । तर उनी एक्लैले नभ्याउने भएपछि सम्वन्धित देशका लिडरहरुलाई जिम्मेवारी दिन थालियो ।

 

नेपालमा पनि यो संस्थामा लागेकाहरुले लिडरहरुबाट ‘म्याचिङ’ गराइएको व्यक्तिसँगै नै बिहे गर्नुपर्छ । यसरी जोडी छानिदिने काम अन्तर्राष्ट्रिय लिडर एकनाथ ढकाल र नेपाल लिडर सन्तोष पौडेलले गर्ने गरेका छन् ।

 

यसरी म्याचिङमार्फत बनेका गाँसिएका जोडीहरुले बिहे गर्दा ‘ब्लेसिङ’ लिनै पर्छ । उनीहरुका लागि ब्लेसिङ नै विवाह हो । यूपीएफले विभिन्न समयमा सामुहिक विवाह वा ब्लेसिङ आयोजना गर्ने गरेको छ ।

 

सबैभन्दा ठूलो समारोह १९९७ मा न्यूयोर्कमा भएको थियो, जहाँ २८ हजार जोडीहरुले भाग लिएका थिए । सुरु–सुरुमा चर्चका सदस्यहरुलाई मात्रै ब्लेसिङ दिइन्थ्यो, पछि अरुलाई पनि दिन थालियो । नेपालमा पनि बारम्बार ब्लेसिङ समारोह भइराख्छ ।

 

यस्तो हुन्छ प्रक्रिया

१. पापको अन्त्य र नयाँ सुरुवात गर्ने भन्दै जोडीहरु आपसमा तीनपटक टाउको ठोकाउँछन्, जसलाई चास्टेनिङ सेरेमोनी भनिन्छ ।

२. मुनको पापरहित बंशमा समाहित हुने भन्दै जोडीहरुले होली वाइन पिउँछन्, जसलाई होली वाइन सेरिमोनी भनिन्छ ।

३. क्रिस्चियन शैली अनुसार जोडीहरुले कसम खान्छन् । सञ्चालकले एउटा प्रार्थना गर्छ र जोडीहरुलाई होली वाटर सेचन गरिन्छ । यसलाई होली ब्लेसिङ सेरेमोनी भनिन्छ ।

४. ४० दिनसम्म जोडीहरु शारीरिक सम्वन्धबाट टाढा रहन्छन् । यसलाई सेपेरेसन पिरियड भनिन्छ ।

 

५. सेपेरेसन पिरियड सकिएपछि लगातार तीन दिनसम्म फादर मुनको तस्वीर अगाडि राखेर जोडीहरुले यौनसम्पर्क राख्नुपर्छ, यसलाई थ्री डे सेरिमोनी भनिन्छ । यौन सम्पर्क राख्ने आसन पनि मुनले तोकेका छन् ।

 

वास्तविक प्रक्रिया यस्तो भए पनि नेपालमा आज आयोजना गरिने ब्लेसिङ भने देखावटी मात्रै हो । यसमा धेरै प्रक्रियाहरु ‘स्किप’ गरिने सम्भावना छ । त्यसो त अहिले आयोजकहरु ब्लेसिङको कार्यक्रम नै नभएको दावी गर्न थालेका छन् ।

 

यूपीएफका नेपाल लिडर सन्तोष पौडेलले अनलाइनखबरसँग झोक्किदै भने, ‘ब्लेसिङ स्लेसिङ केही हुँदैन, फेमिली फेस्टिबल मात्रै हुने हो ।’

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्