अब मेलम्चीको पानी २०७६ बैशाखपछि मात्रै काठमाडौँ आउने



हाम्रो इकोनोमि

 

काठमाडौं–मेलम्चीको पानी काठमाडौं ल्याउने प्रक्रिया अझै लम्बिने भएको छ । सुरुङ मार्गको फिनिसिङ्ग तथा ठेकेदार कम्पनीलाई रकम भुक्तानीमा भएकाे ढिलाई लगायतका कारण आयोजनाको काम लम्बिने देखिएको हो ।

 

आइतबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले आयोजनाको सम्पूर्ण प्राविधिक काम सक्न १ सय ३० दिन लाग्ने जानकारी दिए ।
सन् २०१९ को मार्च भित्र सबै प्राविधिक काम सक्ने उनको भनाइ छ ।उनले सुरुङ्ग मार्गको ढलानको काम अब २ किलोमीटर मात्र बाँकी रहेपनि अन्य प्राविधिक काम बाँकी रहेको जानकारी दिए ।

 

सुरुङ्गमार्गमा ३ वटा भेन्टिलेशन, ९ ठाउँमा हाड्रोमेकानिकल  र  इन्ट्युमेन्टल जडान लगायतका प्राविधिक काम बाँकी रहेको पनि उनले बताए ।

 

यस्तै निर्माण व्यवसायी कम्पनीलाई तत्काल ३६ करोड भुक्तानी नगरे काम रोक्ने चेतावनी दिएको कार्यकारी निर्देशक कडेलले बताए । यो विषयमा तत्काल निणर्य नभए काम रोकिने उनको भनाइ छ ।

 

विकास समितिको बैठकमा खानेपानी सचिव, मेलम्ची खानेपानी आयोजना प्रमुख उपस्थित भएपनि खानेपानी मन्त्री बिना मगर भने अनुपस्थित रहिन् ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...