काठमाडौंमा ठुलो दुर्घटना : काठमाण्डौ मलको को अगाडी कारले ठक्कर दिदा ५ जनाको मृत्यु ,१० घाईते..



 

काठमाण्डौ मलको अगाडी रहेका मान्छेलाई कारले ठक्कर दिएको छ । मलको अगाडी उभिएका मान्छेलाई कारले ठक्कर दिदा ५ जनाको घटना स्थलमा मृत्यु भएको छ । भने , करीब १० जना घाईते भएका छन् ।

 

घाईते मध्ये केहिको अवस्था गम्भिर गरेको छ । केहि सामान्य घाईते भएका छन् । मलको अगाडी बस कुरेर बसेका , समान खरिद बिक्री गर्न लागेका मानिसलाई तिब्र गतीमा आएको बा १८ च ४८७३ नम्बरको कारले ठक्कर दिएको हो । तिब्र गतिका कारण कार अनियन्त्रीत भएर सडक भन्दा पर गएर ठक्कर दिएको हो ।

 

दुर्घटना लगत्तै सर्वसाधारणले चालकलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । घाइतेहरुलाई बिभिन्न अस्पताल लगिएको छ । मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन । घटनाको थप बिवरण आउन बाकी रहेको छ ।

 

यी ५ सपनाहरु झुक्किएर पनि कसैलाई नसुनाऊनुस्, जो तपाईका लागि हुनेछ शुभ संकेत !

हरेक व्यक्तिले सुतेको समयमा सपना देख्नु एक सामान्य कुरा हो। हरेक दिन हामीले देखेको सपनाले हाम्रो जीवनमा ठूलो प्रभाव पार्ने गर्छ। प्राय मान्छेहरुले निन्द्राबाट बिउझिंदा आफूले देखेका सपनाहरु बिर्सिने गर्छन। त्यसैले उनीहरुलाई सपनामा देखेका कुराहरुले जीवनमा पारेको असरबारे थाहा हुँदैन।

 

ज्योतिष शास्त्रका अनुसार हरेक सपनको केही अर्थ रहने गर्छ र यसले कुनैपनि व्यक्तिको भविष्यको संकेत गर्ने गर्छ। प्राय मान्छेहरु रातको समय मा देखेको सपना विहान उठ्नासाथ आफ्ना परिवारका अन्य सदस्यलाई सुनाउने गर्छन। यसरी आफूले देखेका सपना सुनाउने गर्दा क हुन्छ ?

 

यदि आफूले देखेका केही अचम्मलाग्दा सपनाहरु निन्द्राबाट बिउँझिने बितिकै अरुलाई सुनाउने गर्दा तपाईलाई त्यस सपनाको फल प्राप्त नहुने साथै यसले तपाईको जीवनमा पर्ने प्रभाव घट्दै जान्छ। आज हामी तपाईहरुलाई यस्ता केही पाँच वटा सपनाको बारेमा बताउन जाँदै छौँ जुन तपाईले अन्य व्यक्तिहरुलाई सुनाऊनु भएमा तपाईको जीवनमा यसबाट हुने प्रभाव कम हुँदै जाने गर्छ।

 

१.आफूलाई मृत अवस्थामा देख्नु भएमा :

यदि तपाईले निन्द्राको समयमा आफैलाई मृत अवस्थामा देख्नुभएमा धेरै डर लाग्न सक्ने भएपनि अन्यन्त शुभ हुने गर्छ। यो सपनाको अर्थ तपाईका जीवनमा आइपरेका हरेक समस्याहरुको अन्त्य हुँदै जानेछन्।

 

२. हराभरा बगैंचा र रुखमा फल लागेको देखेमा :

यदि सपनामा तपाईको घर वरिपरि वा नजिक कतै सुन्दर बगैंचा साथै कुनै रुखमा फल लागेको देख्नु धेरै शुभ मान्ने मान्ने गरिन्छ। यो सपनाको अर्थ तपाईले जीवनमा चाहे जति खुशी प्राप्त गर्न सक्नुहुन्छ र आउने दिनहरुमा आर्थिक रुपले सम्पन्न हुने योग रहने छ।

 

३. सानो माछा देख्नु भएमा :

माछालाई देवताको प्रतिक समेत मान्ने गरिन्छ। यदि सपनामा सानो माछा पकाएको वा खाएको देख्नुभएमा यसको मतलब तपाईलाई आकस्मिक धन लाभ हुनुको साथै सुख प्राप्ति हुने गर्छ।

 

४. साँप देख्नु भएमा :

सपनामा साँप देख्दा जो कोहि डराउने गर्छन वा घृणा गर्न सक्छन तर यसरी सुतेको समयमा साँप देख्नु अन्यन्तै शुभ मान्ने गरिन्छ। यदि तपाईलाई साँपले लखेटेको ,घेरेको वा टोकेको देख्नु भएमा यो जान्नुहोस् कि तपाईको जीवनमा ठूलो मान-सम्मान,धन प्राप्त गर्नुका साथै तपाईका हरेक कदम प्रगति उन्मुख हुनेछन्।

 

५. बलिरहेको दियोको साथमा भगवान प्रकट भएको देख्नु भएमा :

तपाईले निन्द्रामा यस्तो सपना देख्नु धेरै शुभ हुने गर्छ। यसरी सपनामा बलिरहेको दियो देख्नु भएमा तपाईको जीवनमा नँया-नँया अवसरहरु प्राप्त हुँदै जानेछन र यसको साथमा कुनै देव देवता प्रकट भएको देख्नुभएमा तपाईको जीवनमा ठूलो सफलता मिल्नुको साथै सधैंब खुशीयाली छाउन सक्छ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसका मन्त्रीहरू देउवा निवास बूढानीलकण्ठमा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका

विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी

दल फुटाउने काममा लागेको छैन : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठो

वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

    वाणिज्य बैंकहरुले माघ महिनाका लागि  नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।