निर्मला पन्त हत्याकाण्ड पुग्यो अन्तर्राष्ट्रिय क्षेत्रमा, यो हत्या घटना राष्ट्रसंघले अनुगमन गर्ने



 

महिला हिंसाविरुद्ध संयुक्त राष्ट्रसंघीय विशेषदूत डुब्रभ्का सिमोनोभिचले निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा राष्ट्रसंघले अनुगमन गर्ने बताएकी छन् ।निर्मला प्रकरणबारे सरकारी अधिकारीसँगको भेटमा के कुरा भयो भन्ने प्रश्नमा उनले भनिन्, ‘यस मामलामा थप जानकारीका लागि अनुरोध गरेकी छु ।

 

यसबारे अनुगमन गर्ने बताएकी छु ।’निर्मला प्रकरणमा सरकारलेलिने रवैयाले अन्तर्राष्ट्रिय मानव अधिकार कानुनप्रतिको उसको प्रतिबद्धता प्रस्ट हुने उनले बताइन् । ‘निर्मला पन्तसम्बन्धी मुद्दा सरकारका लागि परीक्षण हो,’ महिला हिंसाको अवस्थाबारे प्रारम्भिक निष्कर्ष सार्वजनिक गर्दै सिमोनोभिचले बिहीबार भनिन्, ‘आशा छ, नेपालले अपनाएको मानव अधिकार मापदण्डको मानकका रूपमा यसको प्रभावकारी ढंगले समाधान हुनेछ ।’

 

नेपालको दसदिने भ्रमणको दौरानमा सिमोनोभिचले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल, महान्यायाधिवक्ता अग्निप्रसाद खरेलसित भेटवार्ता गरेकी थिइन् । उनले मानव अधिकार आयोग, महिला आयोग, अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि र यौन हिंसापीडितसँग पनि कुराकानी गरेकी थिइन् ।

 

महिला अधिकार रक्षाका लागि अन्तर्राष्ट्रियस्तरमा एक कानुनी ढाँचा विकास गर्न नेपालले गरेको प्रगतिलाई स्विकारे पनि उनले त्यसको कार्यान्वयन पक्ष फितलो भएको जनाइन् ।‘छाउपडीजस्ता प्रथाहरू अझै पनि अधिकार र अभ्यासबीचको विरोधाभासका रूपमा विद्यमान छन्,’ उनले भनिन्, ‘त्यस्ता अभ्यासविरुद्ध थुपै्र कानुन भए पनि कार्यान्वयन पक्ष निकै फितलो छ ।’

 

उनले संघीय, प्रान्तीय र स्थानीय सरकारका लागि त्यस्ता कानुन पूर्ण रूपमा लागू गर्न‘ मुख्य चुनौती रहेको बताइन् ।सिमोनोभिचले आफ्नो अन्तिम प्रतिवेदन राष्ट्रसंघको मानव अधिकार परिषद्मा आगामीजुनमा प्रस्तुत गर्नेछिन् । उनी सन् २०१५ मा महिला हिंसासम्बन्धी राष्ट्रसंघीय विशेषदूतका रूपमा नियुक्त भएकी हुन् ।

निर्मला हत्याकाण्ड, न्याय माग्दै थप आन्दोलनका कार्यक्रम घोषणा

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको काण्डमा बलात्कारी र हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै देशभर आन्दोलन चलिरहेको छ । न्यायको पक्षमा आवाज गुन्जिरहेको छ । सरकार दबाउ पक्षमा लागिरहेको छ ।

 

यसै क्रममा पक्षमा न्यायको माग गर्दै नागरिक संघर्ष समितिले फेरि सशक्त चार दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। शनिबार महेन्द्रनगरमा बसेको नागरिक संघर्ष समितिको बैठकले चार दिने दवावमूलक आन्दोलन गर्ने निर्णय गरेको हो ।

 

घटना भएको चार महिना नाघिसक्दा पनि घटनाको बारेमा सत्य, तथ्य सार्वजनिक नभएको भन्दै दवावस्वरुप सोमबारदेखि थप आन्दोलन गर्ने समितिले जनाएको हो । समितिले गत कार्तिक २५ गतेदेखि निरन्तर कञ्चनपुर जिल्ला प्रशासन कार्यालय अगाडि २४ घण्टे धर्ना जारी राखिरहँदा थप कार्यक्रम सार्वजनिक गरिएको हो ।

 

यस्ता छन् कार्यक्रम –
सोमबार र मंगलबार –‘सुदूरपश्चिम’ प्रदेशका ९ वटै जिल्ला प्रशासन कार्यालयको प्रवेशद्धारमा कालोपट्टी बाँधेर धर्ना दिने ।
बुधबार – टर्च बालेर प्रर्दशन गर्ने
बिहीबार –मानव साङ्लो बनाउने कार्यक्रम

 

निर्मलालाई न्याय खोज्दा सरकारको धम्की र अवरोध

 बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको पक्षमा केही दिनयता भएका कार्यक्रममा सरकारले हस्तक्षेप गर्न थालेको छ। राजधानीमा शुक्रबारदेखि भइरहेको एसिया प्यासिफिक सम्मेलनको बहानामा सरकारले निर्मलाको पक्षमा भइरहेका प्रदर्शन र सांकेतिक विरोधलाई रोक्न खोजेको हो।

 

निर्मलालाई न्याय माग्दै शुक्रबार मात्रै माइतीघर मण्डला क्षेत्रमा टाँसिएका पोस्टर माथिको आदेश भन्दै च्यातेको प्रहरीको टोलीले शनिबार त्यही स्थानमा गरिएको सांकेतिक विरोध कार्यक्रमलाई रोक्ने प्रयास गर्‍यो।

 

निर्मलाको पक्षमा अभियान चलाइरहेकी सिर्जना विश्वकर्मासहितका युवालाई शुक्रबार मात्रै प्रहरीले माइतीघरबाट पक्राउ गरेर हिरासतमा लिएको थियो। ‘हामीले माइतीघर क्षेत्रमा पोस्टर टाँस्नसमेत पाएनौं, हामीले टाँसेको पोस्टरसमेत माथिको आदेश भन्दै प्रहरीले च्यातिदियो’, निर्मलालाई न्याय अभियानकी सदस्य सिर्जनाले शनिबारको कार्यक्रममा भनिन्, ‘निर्मलाको पक्षमा राजधानीमा टाँसिएका पोस्टर गृहमन्त्रालयको ठाडो आदेशमा रातारात च्यातिदियो।’

 

बलात्कारपछि निर्मलाको हत्या भएको सय दिन पुग्न लाग्दा उनको न्यायका कार्यक्रमसमेत नगर्नु भन्दै धम्की दिन थालेको अभियन्ताले बताएका छन्। शनिबारको कार्यक्रमलाई पनि रोक्न प्रहरीले पटक पटक फोन गरेर धम्की दिएको दाबी एकजना अभियन्ता प्रितम सुवेदीले गरे। ‘शुक्रबार निर्मलाको तस्बिरसहितको पोस्टर च्यातिदिएपछि शनिबार कुनै पनि हालतमा कार्यक्रम गर्न नदिने भन्दै प्रहरीबाट पटक पटक धम्कीपूर्ण फोन आयो’, सुवेदीले भने, ‘यदि सडकमा निस्किएमा गृहमन्त्रालयको आदेश अनुसार पक्राउ गरेर थुन्ने भन्दै तर्साउने काम प्रहरीबाट भयो, प्रहरीले धम्की दिए पनि कार्यक्रम गर्न सफल भएका छौँ।’

 

सुवेदीले शुक्रबार माइतीघर क्षेत्रसहितका राजधानीका सडकमा टाँसिएका पोस्ट प्रहरीले च्यातेपछि यो अभियानलाई अझै व्यापक बनाउने बताए। ‘निर्मलालाई न्याय अभियान अब देशभर फैल्याउन पोस्टर अभियान थाल्दैछौँ’, उनले भने, ‘अब निर्मलाको तस्बिरसहितको पोस्टर न्याय माग्दै टोल टोल र गल्ली गल्लीमा टाँसिनेछ।’

 

अर्का अभियन्ता चेवन घिमिरेले दुईतिहाइ बहुमतको आडमा सरकाले निर्मलाका लागि न्याय अभियानलाई दबाउन खोजेको भन्दै आफूहरु यो अभियानबाट पछि नहट्ने बताए।

 

धम्की होइनअनुरोध

निर्मलाका लागि न्याय अभियानका सदस्यहरुले आफूहरुलाई प्रहरीबाट कार्यक्रम नगर्न धम्की आएको बताइरहँदा नेपाल प्रहरीले भने त्यस्तो नभनिएको जनाएको छ। नेपाल प्रहरीले राजधानीमा जारी एसिया प्यासिफिक सम्मेलनमा आएका विदेशी पाहुनाको बाटोमा अवरोध पुग्न सक्ने भएकाले कार्यक्रम नगर्न अनुरोध मात्रै गरिएको दाबी गरेको छ।

 

नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उत्तम सुवेदीले कार्यक्रम रोक्न गृहमन्त्रालयबाट कुनै आदेश नआएको बताए। उनले कार्यक्रम रोक्नु भनेर कसैलाई धम्की नदिइएको बताउँदै केबल अनुरोध मात्रै गरिएको स्पष्टिकरण दिए।

 

‘राजधानीमा धेरै देशका उच्च पदका पाहुना आएकाले सडक अवरुद्ध हुने सम्भावनालाई ख्याल गर्दै त्यस्ता कार्यक्रम केही दिन नगर्न अनुरोध मात्रै गरेका हौँ’, सुवेदीले अन्नपूर्णसँग भने, ‘सडकमा विरोध कार्यक्रम तथा प्रदर्शन गर्ने क्रममा विदेशी पाहुनाको सवारी रोकिन पुगे देशकै बेइज्जत हुने भएकाले सजग हुन आग्रह गरिएको हो, हामीले धम्की दिने कुरै छैन।’

 

विरोध कार्यक्रमलाई रोक्नैका लागि माइतीघर मण्डलादेखि धोबीखोला पुलसम्म ठूलो संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रही तैनाथ गरिएको थियो। मध्याह्न १२ बजे थाल्ने भनिएको कार्यक्रम प्रहरीले माइतीघर मण्डलामा प्रवेश नै गर्न नदिएपछि करिब एक घण्टापछि सुरु भएको थियो।

 

प्रहरीले माइतीघर क्षेत्रमा टाँसिएका पोस्टर पनि नच्यातेको जिकिर गरेको छ। धेरैजना विदेशी पाहुना काठमाडौँमा रहेकाले सडकमा दुवै प्रहरीको टोली सुरक्षाका लागि परिचालन गरिएको बताउँदै प्रवक्ता सुवेदीले निर्मलाका लागि न्याय अभियानमा अवरोध गर्ने निर्देशन कहीँबाट नआएको पनि उल्लेख गरे।

 

सुवेदीले यसो भनिरहँदा शुक्रबार माइतीघरमा निर्मलाको तस्बिरसहितको पोस्टर च्यातेको प्रहरीले शनिबार पोखरामा पनि त्यस्तै व्यवहार देखाएको छ। प्रहरीले शनिबार पोखराका विभिन्न स्थानमा टाँसिएका निर्मलाको तस्बिरसहितको पोस्टर उप्काएर फालिदिएको हो।

 

प्रहरीले पोखराको मानवअधिकार चोकबाट चिप्लेढुंगासम्मको क्षेत्रमा टाँसिएका पोस्टर च्यातेर फालिदिएपछि निर्मलाका लागि न्यायका अभियन्ताहरुले त्यसको विरोध गरेका छन्। प्रहरीले पोस्टर च्यात्ने र उप्काउने गरिरहेपछि त्यहाँ सुरेश पहारीसहितका अभियन्ताहरु तत्कालै विरोधमा उत्रिएका थिए।

 

यसअघि निर्मलाको गृहनगर भीमदत्तनगरमा उनकै दिदीसहितको टोलीले शुक्रबार बहिनीलाई न्याय माग्दै पोस्टर टाँसेका थिए। ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर दिदी मनिषासहितले महेन्द्रनगर बजार क्षेत्रमा टाँसेका हुन्।

प्रतिक्रिया दिनुहोस
सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना गर्ने सञ्चारमन्त्री गुरुङको पहिलो निर्णय

    नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन

सरकारी अस्पतालमा लाइन बस्न नपर्ने बनाउँछौं : प्रदीप पौडेल

    नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा

सरकारको उद्देश्य राजनीतिक स्थायित्व र भ्रष्टाचार नियन्त्रण : गृहमन्त्री

    गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्न सरकारले प्राथमिकताका

प्रधानमन्त्री ओलीद्धारा पदभार ग्रहण

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको पद सम्हालेका छन् ।