जिल्ला अध्यक्ष र सचिव केन्द्रबाटै तोकिने, स्थायी कमिटी नबोलाइए हस्ताक्षर अभियानको चेतावनी



 

केन्द्रीय कमिटी एकीकरण भएको ७ महिनापछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश कमिटी एकीकरण भएका छन् । ७ भौगोलिक र एक गैरभौगोलिक सहित ८ वटा प्रदेश कमिटीको नाम महासचिव विष्णु पौडेलले आज सार्वजनिक गर्ने भएका छन् ।

 

प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुको नाम सचिवालयले टुंगो लगाइसकेकाले सार्वजनिक गर्न लागिएको महासचिव पौडेलले बताए । कार्यदलहरुले सिफारिस गरेका नाममा एकाध जनाको हेरफेर भएको स्रोतले जनाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले प्रदेश कमिटी एकीकरणको अन्तिम टुंगो लगाएपछि नाम सार्वजनिक गर्न लागिएको हो ।

 

सात प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव यसअघि नै तोकिइसकेका छन् । अब सदस्यहरुको नाम सार्वजनिक भएसँगै प्रदेश कमिटीहरुले पूर्णता पाउने नेकपाले जनाएको छ । पेशागत, मजदूर, विद्यार्थी, युवा र उद्योगी व्यवसायीहरुको विशेष जिल्ला कमिटीलाई नेतृत्व गर्ने गरी विशेष प्रदेश कमिटी समेत गठन भएको छ ।

 

विशेष कमिटीलाई प्रदेश कमिटीको मान्यता दिने निर्णय भएको सचिवालय सदस्य ईश्वर पोखरेलले बताए । नेकपाका ७७ जिल्ला कमिटी बाहेक उपत्यकाभित्र ५ वटा विशेष जिल्ला कमिटीसमेत गठन हुँदैछन् ।

 

सचिवालय बैठकलगत्तै स्थायी कमिटी बसेर पार्टी एकीकरणका सबै काम टुंगो लगाउने भनिए पनि नेकपाको बैठक पुनः अनिश्चित भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको व्यस्तता कारण बैठक बस्न नसकेको हो ।

 

केही दिनअघि आफूलाई भेट्न गएका १८ जना ‘असन्तुष्ट केन्द्रीय सदस्यहरुसँग’ अध्यक्ष प्रचण्डले समेत बैठक बस्न नसकेको भन्दै दिक्दारी व्यक्त गरेका थिए । विधानअनुसार पनि ३ महिनामा बस्नुपर्ने स्थायी कमिटी बैठक ५ महिनादेखि बस्न सकेको छैन ।

 

पार्टीमा बैठक र छलफलको प्रचलन समाप्त भएको भन्दै स्थायी कमिटी सदस्यहरुले सार्वजनिक रुपमा आलोचना गरिरहेका छन् । बैठक माग गरेर १८ केन्द्रीय सदस्यले जस्तै स्थायी कमिटी सदहरुले पनि हस्ताक्षर अभियान चलाउने चेतावनी समेत दिइसकेका छन् । महासचिव पौडेलले भने अब जिल्ला र जनसंगठन एकीकरणको प्रस्तावसहित चाँडै बैठक बस्ने बताएका छन् ।

 

अध्यद्वय ओली र प्रचण्डबीच जिल्ला कमिटी एकीकरणको मोडालिटीबारे छलफल भइरहेको स्रोतले जनाएको छ । जिल्ला कमिटीका अध्यक्ष र सचिव केन्द्रबाट तोकेर सदस्यहरुको टुंगो लगाउने जिम्मा प्रदेश कमिटीलाई दिने सम्भावना रहेको महासचिव पौडेलले बताए ।

 

स्रोतका अनुसार सचिवालयमा छलफलपछि जिल्ला कमिटी अध्यक्ष र सचिवहरुको टुंगो लगाइदैछ । जिल्ला कमिटी सदस्य र जिल्ला कार्यालयको टुंगो भने प्रदेश कमिटीबाट लगाइने भएको छ । यसअघि नै सम्बन्धित जिल्लामा तत्कालीन एमाले र तत्कालीन माओवादीका पदाधिकारी रहेको कार्यदल बनाइएको छ ।

 

प्रदेश र जिल्ला कमिटी एकीकरणसँगै स्थायी तहको एकीकरण ती कमिटीहरुले लगाउने भएका छन् । जिल्ला कमिटी एकीकरणसँगै जनवर्गीय संगठनको पनि टुंगो लगाइँदैछ ।

 

यसैबीच प्रदेश कमिटी सदस्यहरुको टुंगो लगाउने क्रममा केही सिनियर नेताहरुलाई हटाइएको भन्दै माधव नेपाल पक्षले आपत्ति जनाएको छ । विशेष गरी ५ नम्बर प्रदेशमा प्रदेश कमिटी र जिल्ला कमिटी एकीकरणमा विवाद भएको छ ।

 

नेकपाको प्रदेश कमिटीमा गर्लफ्रेण्ड काण्डले तनाव,सूचि सार्वजनिक नहुँदै किचलो

बुधवार साँझ बालुवाटारमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ‘ब्यक्ति–ब्यक्तिमा छलफल गरेर प्रदेश कमिटीहरुलाई पूर्णता दिएका छौ । विहीबार सवै प्रदेश कमिटीका सदस्यको नामावली सार्वजनिक गरिनेछ’ ।

 

प्रवक्ता श्रेष्ठको भनाई र नेकपा सचिवालयको कार्यप्रति रुष्ट बनेका स्थायी समिति सदस्य तथा प्रभावशाली नेता घनश्याम भूसालले विहीबार नेतृत्वलाई चुनौति दिदै भने ‘स्थायी कमिटीबाट पारित नै नगरी नामावली सार्वजनिक गरे, त्यो नामावली उल्ट्याई दिन्छौ, प्रदेश कमिटीको अनुमोदन स्थायी कमिटीले गर्ने हो ।’

 

बुधबार बसेको स्थायी कमिटीको बैठकले प्रदेश कमिटीका सदस्यहरुको सूचि टुंग्याएको थियो । तर पार्टीभित्रका प्रभावशाली नेताले स्थायी कमिटीबाट पारित नगरेसम्म सूचि सार्वजनिक नगर्न चुनौति दिएपछि सचिवालय पछि हटेको छ ।

 

पार्टीका प्रभावशाली स्थायी कमिटीका सदस्य र केन्द्रीय सदस्यहरु सचिवालयसँग असन्तुष्ट बन्दै गएका छन् । उनीहरुले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक माग गरिरहेका छन् । तरपनि सचिवालयले स्थायी र केन्द्रीय बोलाएको छैन ।

 

प्रदेश कमिटी र जिल्ला कमिटी गठनका लागि प्रदेश सचिवालयबाट सिफारिस मागिएको थियो । २ नम्वर प्रदेश बाहेक सवै प्रदेशले सर्वसम्मतिबाट प्रदेश र जिल्ला कमिटीको सिफारिस गरेको थियो । तर पछि फेरी सचिवालयले महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादलको दुई सदस्य कार्यदल बनायो । पौडेल र थापाको कार्यदलले बनाएको सूचि नै आधिकारिक प्रदेश कमिटी हुने भएपछि प्रदेशका इन्चार्ज र अध्यक्षहरु रुष्ट बनेका छन् ।

 

नेकपाको सचिवालयले राम्रै पाटी बनाउने भयो– नेता कँडेल

‘नेकपाको सचिवालयले प्रदेश र जिल्ला कमिटी गठन सम्बन्धमा सुझाव दिन कार्यदल बनायो । सुझाव छिटो बुझाउन ताकेता पनि गरयो, कर्णाली प्रदेशको कार्यदलले सर्वसम्मत प्रदेश सदस्यको नामावली पनि बुझाइयो ।

 

एवं रितले अरु कार्यदलले सुझाव बुझाएपछि नेकपाको सचिवालयले आवश्यक निर्णय गर्नुको सट्टा सचिवालयबाटै अर्काे कार्यदल बनाइयो’ नेकपा केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका सहइन्चार्ज यमलाल कँडेलले शनिवार विहान सामाजिक सञ्जालमा आक्रोस पोख्दै लेखेका छन् ‘कार्यदलको सिफारिसमा सचिवालयको निर्णयको हवाला दिँदै सामाजिक सञ्जालमा प्रदेश कमिटीका नामावली सार्वजनिक भइरहेका छन् ।

 

जसमा विगतमा प्रदेश कमिटीमा रहेका अन्चल वा जिल्ला कमिटीम रहेका पुराना कमरेडहरुको नाम नै छैन, नेकपाको सचिवालयले राम्रै पाटी बनाउने भयो ।’

 

नेता कँडेल जस्तै अन्य केन्द्रीय र स्थायी कमिटीका सदस्यहरुले प्रदेश कमिटीको गठन प्रति शंका गरेका छन् । प्रदेश कमिटीमा प्रभावशाली नेताका स्वकीय सचिव, सल्लाहकार र गर्लफ्रेण्डसम्म भरिएका छन्, तर पार्टीभित्र लामो राजनीतिक यात्रा गरेका नेताहरु प्रदेशको रेल यात्रामा छुटेका छन् । सार्वजनिक भएको नामावलीमा अधिकाँस नेताका आसेपासे र नेताका नजिकै रहने  केटी साथीहरु प्रदेश कमिटीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि

टिकटक बनाउन खोज्दा लडेर शिक्षिका र विद्यार्थीको मृत्यु

    खोलामा टिकटक बनाउन खोज्दा तेह्रथुममा दुई जनाको मृत्यु भएको छ ।

जनकपुरले जित्यो एनपीएलको उपाधि

    जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को

एनपीएलको फाइनल हेर्न देउवा र प्रचण्ड सँगै

    नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल कांग्रेस सभापति शेरबहादुर देउवा र