लोकसेवा तयारीमा हुनुहुन्छ ? यी हुन तपाईलाई उत्तीर्ण गराउने प्रश्नोत्तर



हाम्रो इकोनोमि

 

के तपाई लोकसेवाको तयारीमा हुनुहुन्छ ? या लोकसेवमा परीक्षामा सहभागी भएर पनि अझै सफल हुन सकिरहनु भएको छैन ? चिन्ता नगर्नुस् तपाईको मेहनत अवश्य एक दिन सफलतामा परिणत हुनेछ ।

 

तर, तपाईले अध्ययनलाई भने जारी राखिरहनु पर्नेछ । सामान्य विषयवस्तुहरुको जानकारी लिन पनि कञ्जुस्याई मान्न हुँदैन । यस्तै सामान्य प्रश्नोत्तर तपाईका लागि हामीले प्रस्तुत गरेका छौं जुन तपाईका लागि सहयोग बन्न सक्छ ।

 

१. नासाद्वारा मंगल ग्रहमा प्रक्षेपण गरेको ‘इन्साइट ल्यान्डर’ नामक यान ‘इल्सियम प्लानिटिया’ नामक मंगल ग्रहको एक स्थानमा कहिले अवतरण भयो ?
(क) २०१८ नोभेम्बर १६
(ख) २०१८ नोभेम्बर २०
(ग) २०१८ नोभेम्बर २३
(घ) २०१८ नोभेम्बर २६

 

२. ‘विश्व खुसी सूचकांक २०१८’अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ?
(क) ८४ औँ स्थानमा
(ख) ८७ औँ स्थानमा
(ग) ९९ औँ स्थानमा
(घ) १०१ औँ स्थानमा

 

३. निम्नलिखित पुरस्कारबारे विचार गर्नुहोस् ।
(i) सर्वोत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार २०७५ बाट सम्मानित हुने कृषक राजेन्द्रराज पन्त हुन् ।
(ii) गो गो फाउन्डेसन २०१७ हरिबहादुर थापालाई प्रदान गरियो ।
(iii) युगकवि सिद्धिचरण पुरस्कार २०७५ बाट कवि तुलसी दिवस सम्मानित भए ।
(ष्ख) बिपी साहित्य सम्मान २०७५ बाट रोचक घिमिरे सम्मानित भए ।
(क) (i) मात्र ठीक
(ख) (i) र (ii) ठीक
(ग) (i), (ii), (iii) ठीक
(घ) माथिका सबै ठीक

 

४. अंगी रगुपा (६ अंक भएको मोहर)को प्रचलन कुन राजाले चलाएका हुन् ?
(क) प्रताप मल्ल
(ख) सुवर्ण मल्ल
(ग) भूपतिन्द्र मल्ल
(घ) महिन्द्र मल्ल

 

५. सन् २०१९ मा आसियानको ३४औँ शिखर सम्मेलन कुन देशमा आयोजना हुँदै छ ?
(क) सिंगापुर
(ख) इन्डोनेसिया
(ग) मलेसिया
(घ) थाइल्यान्ड

 

६. एसियाकै पहिलो एभाकाडो महोत्सव नेपालको कुन जिल्लामा सम्पन्न भयो ?
(क) दोलखा
(ख) रामेछाप
(ग) धनकुटा
(घ) पाँचथर

(नोट( २०७५ मंसिर ८ गते सम्पन्न भएको ।)

 

७. विश्वमा नै नागरिकता प्राप्त गर्ने पहिलो रोबोट सोफिया कहिले नेपाल भ्रमणमा ल्याइएको थियो ?
(क) २०१८ फेब्रुअरी २१
(ख) २०१८ मार्च २१
(ग) २०१८ जुन २१
(घ) २०१८ जुलार्ई २१

 

८. सहस्राब्दी विकास लक्ष्यले निम्नमध्ये कुन पक्षलाई समेट्दैन ?
(क) विश्वव्यापी रूपमा माध्यमिक शिक्षा
(ख) विकासका लागि साझेदारी
(ग) गरिबी र भोक उन्मूलन
(घ) मातृ तथा बाल मृत्युदरमा सुधार

 

९. ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ कहिलेदेखि सुरु भयो ?
(क) २०७५ मंसिर ९
(ख) २०७५ मंंसिर ११

(ग) २०७५ मंसिर १२
(घ) २०७५ मंसिर १५

 

(नोट– मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसका रूपमा पनि यो वर्षबाट मनाउन थालिएको छ भने यो वर्षको नारा ‘मर्या्दित जीवन र सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा’ भन्ने रहेको छ ।)

 

१०. नेपालमा ‘मारगोर लाग्ना’ नामक भन्ज्याङ कुन जिल्लामा पर्छ ?
(क) दार्चुला
(ख) मुस्ताङ
(ग) हुम्ला
(घ) डोल्पा

 

११. आर्थिक वर्ष २०७४र७५ मा सर्वा्धिक आयकर तिर्ने करदाता कम्पनी कुन हो ?
(क) सूर्य नेपाल प्रा.लि.
(ख) डाबर नेपाल प्रा.लि.
(ग) हिमालयन नेपाल प्रा.लि.
(घ) नेपाल कम्पनी लिमिटेड

 

१२. रामसार सम्मेलन (१३ औँ) दुबईमा कहिले सम्पन्न भयो ?
(क) २०१८ अगस्ट २१–२९
(ख) २०१८ अगस्ट २१–२९
(ग) २०१८ अक्टोवर २१–२९
(घ) २०१८ नोभेम्बर २१–२९

 

१३. सगरमाथालाई ‘माउन्ट एभरेस्ट’ नामाकरण गर्ने व्यक्ति को हुन् ?
(क) जर्ज एभरेस्ट
(ख) माइकल कर्ग
(ग) जर्ज स्टायन
(घ) टोनी हेगन

 

१४. २०६८ को जनगणनाअनुसार नेपालमा सबैभन्दा बढी र कम जनसंख्या भएको जाति कुन हो ?
(क) ब्राह्मण र कलार
(ख) क्षेत्री र कुसुन्डा
(ग) क्षेत्री र कलार
(घ) क्षेत्री र राउटे

 

१५. ‘नेसनल कन्सट्रक्सन कम्पनी लिमिटेड’ कुन क्षेत्रअन्तर्गत पर्ने सार्वजनिक संस्थान हो ?
(क) धारा २४८
(ख) धारा २५०
(ग) धारा २५२
(घ) धारा २५५

 

१६.”भ्बचथि द्यष्चम” द्यष्चमू केसँग सम्बन्धित छ ?
(क) सबैभन्दा ठूलो विमान
(ख) भू–उपग्रह
(ग) सौर्य शक्तिबाट उड्ने विमान
(घ) नेपालमा पाइने एक किसिमको चरा

 

१७. मास्टेक्टोमी केसँग सम्बन्धित विषय हो ?
(क) पुरुषका लागि गरिने स्थायी परिवार नियोजन
(ख) थारू समुदायमा रहेको एक वंशाणुगत रोग
(ग) महिलामा हुने स्तन क्यान्सरबाट जोगिन स्तन हटाउने गरी उपचार गरिने पद्धति
(घ) मृगौला प्रत्यारोपण गर्नुअगाडि गरिने परीक्षण

 

१८. सबैभन्दा क्रियाशील धातु कुन हो ?
(क) फ्रान्सियम
(ख) लिथियम
(ग) ओस्मियम
(घ) आल्मुनियम

स्रोतः नयाँपत्रिका

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...