नेपालका हाइप्रोफाइल दैनिकी : बंगलामा जेठी श्रीमती, अपार्टमेन्टमा कान्छी श्रीमति !



 

नेपालका एक नाम चलेका उद्योगका उपकार्यकारी प्रमुखको घर काठमाडौंमा छ । उनी ललितपुरमा रहेको अपार्टमेन्टमा साताको दुई पटक आउँछन् । त्यहाँ उनकी पत्नी छिन् । तर, जेठी होइन, कान्छी ।

 

कुनै बेला उक्त उद्योगमा कर्पोरेट क्षेत्रमा काम गर्ने ति युवतीसँग उनले गुपचुप बिहे गरेका थिए । युवती पनि उच्च ओहदा र टन्न आम्दानी भएका ति व्यक्तिसँग बस्न राजी भइन् । अहिले युवती काम गर्दिनन्, ति व्यक्तिको साताको निरन्तरता जारी छ ।

 

उनको काठमाडौंको बंगलामा भने जेठी पत्नी र परिवार बस्छन् । उनको जीवनमा कुनै पनि परिवर्तन छैन, व्यवस्तताकाबीच उनी यसरी नै समय बिताइरहेका छन् ।

 

मोरङमा परिवारसँग बसीरहेका एक जना ठेकेदारले काठमाडौंमा घरमा कान्छी पत्नी राखेका छन् । उनी काठमाडौंमै बस्न थालेका छन् । सम्भवतः उनकी जेठी पत्नीलाई पनि उनको अर्को बिहेबारे जानकारी छ । तर, गुपचुप नै राखेका छन् ।

 

धेरै धन कमाएका र समाजमा राम्रो प्रभाव राख्न सक्ने उच्च धनाड्यको जीवन सौखिन हुन थालेको छ । कसैले काठमाडौंका फरक ठाउँमा त कसैले विदेशसम्म पनि आफ्नो सम्पत्ती जोडेका छन् । उनीहरूको सम्बन्धका बारेमा परिवारमा जानकारी भए पनि समाजमा त्यसरी देखाउने गरिएको छैन ।

 

सामाजिक सञ्जालका माध्यमबाट यदाकदा सार्वजनिक भए पनि त्यसमा हेक्का राखिएको छैन । न त उनीहरूलाई बहुविवाहका मुद्दा नै छन् ।

 

‘काठमाडौंका अपार्टमेन्टलगायतका ठाउँको किनबेच बढ्नुको रहस्य त्यसलाई खरिद गर्न सक्नेको पोस्टम्यारिज अफेयर्स र कान्छी बनाउने रहर पनि हो’, एक जानकार भन्छन्, ‘दाबीका साथ भन्छु उच्च पदस्तदेखि ठूला व्यापारीका यस्ता सम्बन्ध त्यहिँ छताछुल्ल हुन्छन् ।’

 

विभिन्न निकायसम्म राम्रो पहुँच भएकालाई कानुनले पनि छुन नसक्ने हुँदा यो क्रम बढिरहेको छ । खासगरी मनग्गे आम्दानी हुने र हाइप्रोफाइल परिवारमा यस्ता सम्बन्धका विविधता हुने गरेका छन् ।

 

‘कतिपयले सम्बन्ध विच्छेद भएपछिको जीवन सुरक्षित बनाउनका लागि पनि यसरी पहिला नै तयारी गरेका हुनसक्छन्’, समाशास्त्रीहरू भन्छन्,‘यो हेर्दा ठूलो देखिए पनि पश्चिमा समाजको रितीअनुसार सामान्य नै मान्नुपर्छ ।’

काठमाडौं प्रहरी हिरासतमा के गर्दैछिन् लेडी डन माया ?

पति समिरमान बस्नेतलाई नख्खु कारागारबाट मुस्ताङ सारियो, माया शेरचन बस्नेत उजुरी बोकेर सर्वोच्च अदालत पुगिन् । उनको उजुरीमा सर्वोच्चले सुनुवाई गर्दै समिरमानलाई तीन दिनमा उपस्थित गराउन आदेश गरेको थियो ।

 

तर घटनाले मोड लियो । माया आफैं प्रहरीको फन्दामा परिन् जब समिरमानका सुटरले महानगरीय अपराध महाशाखालाई निर्माण व्यावसायी शरद गौचन हत्यादेखि अन्य काममा मायाले हतियार व्यवस्थापनको बयान दिए ।

मायालाई केही महिना अघि पक्राउ गरी अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

 

मायामा हतियार व्यवस्थापन गरेको र हत्यामा समिरमानलाई सघाएको विषयमा कुनै पश्चाताप छैन । उनी आफु निर्दोष भएको बताउँछिन् तर उनको अनुहारमा निर्दोष भएको छायाँ देखिँदैन । कहिले अभियोग स्वीकार्छिन्, कहिले नकार्छिन् । कतिपयलाई त निस्केपछि देखाउँछु पनि भन्छिन् ।

स्रोतले भन्यो,‘उनको अजिवको चरित्र देख्छु । न त्रास छ न भय । न आत्मग्लानी नै भेटिन्छ । यस हिसाबले समिरमानका सबै अपराधमा उनको सहयोग थियो भन्नेमा शंका हुँदैन ।’

 

मायाले समिरमानलाई काठमाडौं झिकाउनका लागि सर्वोच्चमा रिट दायर गर्नुको पनि ठूलै अपराधीक घटना घटाउने तयारीका लागि रहेको स्रोतको दाबी छ । एक ठूला मिडिया मालिकलाई गोली ठोक्ने तयारी र त्यसको सम्पूर्ण योजना बुझ्नका लागि समिरमानलाई काठमाडौं झिकाउँदा सजिलो हुने भएपछि मायाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

 

उनले दायर गरेको रिट नै बन्दी प्रत्यक्षीकरणसम्बन्धी रहेकाले सर्वोच्चले समिरमानलाई उपस्थित गराउन आदेश दिएको थियो । ‘उनको पक्राउले एउटा घटना त टरेको छ तर अब कसरी कारबाहीको दायरामा ल्याउने भन्नेमा प्रहरी सक्रिय छ’, स्रोतले भन्यो ।

 

यसरी पक्राउ गरियो माया

प्रहरीले गौचन हत्याका ‘सार्पसुटर’ अम्बरबहादुर रानालाई पक्राउ गर्नासाथ मायाको संलग्नता फेला परेको थियो । रानालगायतको बयानले हतियार व्यवस्थापनको जिम्मा मायाले लिएको बयान दिए । जुन रेकर्डेड छ ।

 

त्यतिमात्र होइन गुन्डा नाइके दावा लामामाथि गोली प्रहार हुँदा पनि मायाले नै हतियार व्यवस्थापन गरेको बयान प्रहरीसँग छ ।

 

४ पुस २०७३ मा रुपन्देही देवदहका एमालेनिकट युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या हाल पक्राउ परेका लोप्साङ लामाले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । तत्कालीन समयमा पनि समिरमानकी पत्नी मायाले नै लोप्साङलाई हतियार व्यवस्थापन गरेको अभियोग छ ।

 

काठमाडौंमै रहेका बेला रोशन बुढाथोकी, राना, श्याम गुम्बी र अजय थापालाई समिरमानको बाफलस्थित घरमा मायाले शरण दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । महाशाखाका अनुसार भारतमा रहेका बेला समिरमान र उनको समूहलाई मायाले विद्यार्थीमार्फत पैसा पठाउने गरेकी थिइन् ।

 

हाइप्रोफाइलका यौन र वैवाहिक जीवनमा खटपट हुँदा पनि परिस्थिति र घटनाले यस्ता दृश्यहरू बनाउने गरेका छन् । यी घटना सामान्य हिसाबले सम्बन्ध बिच्छेदका आधारबाट टुंगिने समेत गरेको बताइन्छ ।

 

कतिपय हाइप्रोफाइलका पत्नी अलग्गै बस्नु, एकल जीवनमा पनि बिना झमेला बस्न सक्नुमा पैसा र शक्तिले काम गरेको हुन्छ । काठमाडौंमा यस्तो जीवन हाइप्रोफाइलका लागि अति सामान्य हुने गरेको बताइन्छ ।

 

‘सेलिब्रिटीमा मात्र होइन त्यसभन्दा बाहेक पहुँच राख्नसक्ने हरेकका जीवनमा यस्ता घटना छन् । तर ति बाहिर आएको पाइँदैन’, जानकारहरू बताउँछन् ।

 

तीन किशोरी जसलाई खाडी लैजाने भन्दै दुई/दुई लाखमा कोठीमा बिक्री गरे

वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान पाईने, त्यो पनि निःशुल्क । राम्रो कमाई हुने सपना बोकेर नुवाकोट र सिन्धुलीपाल्चोकका तीन किशोरी भारत लागे ।

 

दिल्ली पुर्याईए । भिसा त्यही बन्ने आश्वासन पाए । तर दलाले उनीहरुलाई दिल्लीको जिबी रोडस्थित कोठी पुर्याए । तीन बर्षको नारकीय जीवनपछि कात्तिक अन्तिम साता कोठी नम्बर १५६ बाट उद्धार गरी नेपालगन्ज ल्याईएको छ । दलाले दुई, दई लाख रुपैयाँमा कोठीमा बिक्री गरेका थिए ।

नुवाकोट र सिन्धुलीपाल्चोकका तीन किशोरीकै जस्तो सपना देख्ने ३७ नेपाली महिला भारतको उत्तर प्रदेश गाजियावाद ईन्दिरापुरम पुर्याए ।

 

उनीहरुलाई त्यहाँ तीन वटा फ्ल्याटमा राखिएको थियो । दलाले दुई महिनाभित्रै त्यति धेरै महिलालाई कुवेतलगायतका खाडी मुलुकमा वैदेशिक रोजगारीका लागि पठाउने आश्वासन दिएका थिए । तर दुई महिनासम्म पनि विदेश जान नपाएपछि शंका लागे उनीहरुले आफन्तलाई खबर गरे ।

 

परिवारको उजुरीपछि दिल्लीस्थित नेपाली दुतावास र भारतीय सुरक्षा अधिकारीको सहयोगमा उद्धार गरिएकामध्ये सबैभन्दा बढी झापाका छन् ।
त्यसअघि भारतको दिल्ली मैदानगढीबाट ७३ नेपाली महिलाको उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका