सामुहिक बलात्कारीलाई अझै कारबाही भएन



हाम्रो इकोनोमि

 

प्रदेश नम्बर दुई सिराहा जिल्ला को सुखिपुर नगरपालिका वडा नम्बर २ मा भएको सामुहिक बलत्कार घटनाका अभियुक्तलाई कारबाहीको माग गरेको छ ।

 

छठ पर्व खरनाको दिन भएको घटनामा सङ्गलग्न रहेकाहरुलाई करिब दुई हप्ता भन्दा बढि हुन लाग्दा समेत दोसिलाइ कारबाहिको दायरामा ल्याउन नसक्दा स्थानीयले ईलाका प्रहरि कार्यालय पतारिमा नारा जुलुस र हातमा प्ले कार्ड सहित प्रदर्सन गरेका छन।

 

मानबअधिकारकर्मि सहितको टोलिले सो कार्यालयमा धर्ना दिएको हो । राती घरमै सुतिरहेको अवस्थामा स्थानीय समशुल मिया, इसराफूल मियाँ, छिमेकी गाउँ जगतपुरका सलामत मियाँ र जाकिर मियाँले गाउँकै ३५ वर्षीय महिलामाथि सामुहिक बलात्कार गरेका थियो ।

 

मुखमा कालोपट्टि बाँधेर आएका उनीहरुले महिलालाई निर्घात कुटपीट गरी बेहोस पारेर पालैपालो बलात्कार गरेको प्रहरी स्रोतले जनाएका छन । प्रहरीका अनुसार घरमा साना दुई नानीहरु मात्र भएको र नाटकका साउण्डले वरपर बोलेको पनि नसुन्ने मौका छोपेर उनीहरुले महिलामाथि करणी गरेका थिए ।

 

महिलाका श्रीमान वैदेशिक रोजगारीको लागि कतारमा छन् । घटनामा महिलाले प्रतिकार गर्दा हातमा टोकेको दाँतको चिनो र घाउका आधारमा दुईजनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

 

बलात्कारमा संलग्नमध्ये समशुल मियाँ र इसराफूल मियाँ नियन्त्रणमा लिएपनि दुईजना अझै फरार रहेका छन् ।इलाका प्रहरी कार्यालय पतारीका प्रमुख प्रहरी निरीक्षक भुषण यादवले अपराधमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको र बाँकी दुई जनाको पनि खोजी भइरहेको बताएको छ ।

 

यता गाउँलेहरुले भने प्रहरीले अपराधी खोजीमा चासो नदेखाएको गुनासो गरेका छन् । यता, अधिकारकर्मीहरुले घटनाको मुद्दालाई फाष्ट ट्रयाकबाट निर्णय लिनुपर्ने माग गरेका छन् । प्रदेस नम्बर दुईका सरकारले यतिबेला बेटि बचाउ ,बेटि पढाउ भन्ने नारा लगाइरहेका छ्न ।

 

यो अभियानमा सरकारले करोडौं रकम खर्चेर नायिका रेखा थापा देखि बल्तकार गर्दा प्रहरिलाइ तुरुन्त थाहा हुने र घटना हुन नदिन एप्स मा लगानी गरेका छ्न । तर अहिले पनि न्यायका लागि महिला गुहार गरिरहेका छन । न्याय चाहियो सरकार रु भने कुराले सरकारले यसप्रति चासो लिएर कारबाहीको दायरामा ल्याउन स्थानीयहरुले माग गरेका छ्न ।

 

यसरि भयो घटना गत कार्तिक २७ गते दिनमा आफ्नो बच्चालाइ लिएर पिडित महिला औसधि लिन डक्टर काहा गइरहेको थियो ।सोही समयमा बाटोमा समशुल मिया र इसराफूल मियाले भाउजू कहाँ जानलागनु भो ू भन्ने बोलाएको थियो । तर पनि आफुले केहि जबाफ नफर्काइ गएको पीडित ले बताइन ।

 

छठ पुजाको उपल्क्षयमा गाउँमा खरना को राती नाटकको आयोजना भएको थियोे । नाटकको लागि ठूलो स्वरमा लाउड स्पिकर बोलिरहेको थियो । राती बित्न लाग्यो जब रातीको १ बज्यो अचानक , घरमा सुतिरहेको अबस्थामा घरमा पसि मुखमा पट्टी बाधेर पालै पालो चार जनाले बलत्कार गरे ,पिडितले बताइन ।

 

घर नाटक हुने ठाउँ देखि केहि पर मात्र घर रहेको छ । आफू जति कराउँदा पनि चर्को आबाजले बाहिर आबाज नजादा भएभरको सुन , चान्दि सहित नगद समेत लुटेर लगेको दुखेसो पोखिन । साझ खादा दिनको छाक टार्न धौ ( धौ परिरहेको पिडितले न्यायको लागि भौतारिदा पनि न्याय नपाएको बताइन । हाम्रो गरिबको न्याय पाउन सजिलो छैन जस्तो भक्कानिएर रुदै भनिन मलाई न्याय चाहियो रु कहा छ् सरकार रु यो देसमा महिला हुनु अभिसाप हो ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...