निर्मलाको तस्बिर अंकित पोस्टर टाँस्ने १२ पक्राउ



हाम्रो इकोनोमि

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका निम्ति सरकारलाई दबाब दिने उद्देश्यले पोस्टर टाँस्दै हिँडेका १२ जनालाई माइतिघरबाट प्रहरीले पक्राउ परेको छ ।

सामाजिक अभियन्ता प्रितम सुवेदीसहित भावना राउत, सिर्जना विश्वकर्मा, छवि पंगेनी लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुलाई माइतीघर मण्डलाबाट पक्राउ गरी सिंहदरबारस्थित प्रहरी वृत्तमा लगेको छ ।

निर्मला पन्तका हत्यारालाई कारबाही गर्न मागसहित टाँसिएका पोस्टर गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा प्रहरीले हटाएको थियो। गृह मन्त्रालयले निर्मलाका पोस्टर तत्कालै हटाउन निर्देशन दिएपछि प्रहरीले पोस्टर हटाएको हो।

‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर निर्मलाको तस्बिरसहित टाँसिएको थियो । गत साउन ११ गते बलात्कारपछि हत्या भएको अवस्थामा निर्मलाको शव फेला परेको थियो।

 

न्यायका लागि धर्नामा बस्दै आएका निर्मलाका पिता यज्ञराज पन्तको मानसिक समस्या देखिए पछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...