नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव फागुनमा



हाम्रो इकोनोमि

 

नाटकका माध्यमबाट विश्वलाई जोड्ने उद्देश्यका साथ आगामी फागुन १३ देखि २० गतेसम्म काठमाडौँका आठ रङ्गमञ्चका सहकार्यमा ‘नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव २०७५’ हुने भएको छ ।

सामाजिक सद्भाव तथा नाट्य संस्कृति र पर्यटनको विकासका लागि अन्तरराष्ट्रिय नाटक मेलाको आयोजना गर्न लागिएको महोत्सवका निर्देशक राजन खतिवडाले बताउनुभयो । “सबै रङ्गकर्मीको साझा विचारलाई आत्मसात् गर्दै नाट्य मेलाको परिकल्पना गरिएको हो”, खतिवडाले भन्नुभयो, “नाटकबाट नाट्यकर्मीको क्षमता आदानप्रदानको आशा राखिएको छ ।”

नाटक प्रदर्शनीका लागि काठमाडौँका सक्रिय थिएटर मण्डला थिएटर नेपाल, शिल्पी थिएटर, सर्वनाम थिएटर, कथाघेरा, थिएटर मल, एक्टर्स स्टुडियो, वन वल्र्ड थिएटर र थिएटर भिलेजले सहकार्य गर्दैछन् । आयोजकमध्ये काठमाडौँभित्रका पाँच संस्थाले कलाकारको श्रम तथा लगानीमा नाटकघरको निर्माण गरी दश वर्षदेखि नियमित रुपमा नाटक मञ्चन गर्दै आएका छन् । आठदिने प्रदर्शनीमा पाँच नाट्यघरमा २८ नाटक मञ्चन गरिने महोत्सवका सहनिर्देशक देव न्यौपानेले बताउनुभयो ।

प्रदर्शनीका लागि छानिएका नाटकलाई जनही रु एक लाख वितरण गरिने बताइएको छ । नाटकमा २० वटासम्म नेपाली र १२ वटासम्म विदेशी नाटकलाई सहभागी गराइने आयोजकले जनाएको छ । महोत्सवमा आफ्नो नाटकलाई संलग्न गराउन सहभागीले यही मङ्सिर १४ देखि १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

महोत्सवमा विभिन्न पुरस्कार वितरण पनि गरिने आयोजकले जनाएको छ । महोत्सवको पहिलो दिन नेपाली नाट्य जगत्मा विशिष्ट योगदान पु¥याउने छ रङ्गकर्मी –निर्देशकलाई सम्मान गरिनेछ । त्यस्तै नेपाली नाटकका क्षेत्रमा काम गर्न चाहने दुई रङ्गकर्मी र दुई अनुसन्धातालाई निर्माण अथवा अनुसन्धानका लागि प्रोत्साहनस्वरुप जनही रु एक लाख प्रदान गरिनेछ । पुरस्कारका लागि इच्छुकले मङ्सिर १४ देखि फागुन ३ गतेसम्म आफ्नो मौलिक योजनासहित आवेदन दिन सक्नेछन् ।
साथै महोत्सवको संरक्षक सल्लाहकारको निर्णयबाट आवेदकलाई महोत्सवको अन्तिम दिन ‘युनिक आइडिया इनोभेशन अवार्ड’ प्रदान गरिनेछ । महोत्सवसम्बन्धी थप जानकारीका लागि धधध।लष्ताभकत।यचन बाट पनि थाहा पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...