नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव फागुनमा



हाम्रो इकोनोमि

 

नाटकका माध्यमबाट विश्वलाई जोड्ने उद्देश्यका साथ आगामी फागुन १३ देखि २० गतेसम्म काठमाडौँका आठ रङ्गमञ्चका सहकार्यमा ‘नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव २०७५’ हुने भएको छ ।

सामाजिक सद्भाव तथा नाट्य संस्कृति र पर्यटनको विकासका लागि अन्तरराष्ट्रिय नाटक मेलाको आयोजना गर्न लागिएको महोत्सवका निर्देशक राजन खतिवडाले बताउनुभयो । “सबै रङ्गकर्मीको साझा विचारलाई आत्मसात् गर्दै नाट्य मेलाको परिकल्पना गरिएको हो”, खतिवडाले भन्नुभयो, “नाटकबाट नाट्यकर्मीको क्षमता आदानप्रदानको आशा राखिएको छ ।”

नाटक प्रदर्शनीका लागि काठमाडौँका सक्रिय थिएटर मण्डला थिएटर नेपाल, शिल्पी थिएटर, सर्वनाम थिएटर, कथाघेरा, थिएटर मल, एक्टर्स स्टुडियो, वन वल्र्ड थिएटर र थिएटर भिलेजले सहकार्य गर्दैछन् । आयोजकमध्ये काठमाडौँभित्रका पाँच संस्थाले कलाकारको श्रम तथा लगानीमा नाटकघरको निर्माण गरी दश वर्षदेखि नियमित रुपमा नाटक मञ्चन गर्दै आएका छन् । आठदिने प्रदर्शनीमा पाँच नाट्यघरमा २८ नाटक मञ्चन गरिने महोत्सवका सहनिर्देशक देव न्यौपानेले बताउनुभयो ।

प्रदर्शनीका लागि छानिएका नाटकलाई जनही रु एक लाख वितरण गरिने बताइएको छ । नाटकमा २० वटासम्म नेपाली र १२ वटासम्म विदेशी नाटकलाई सहभागी गराइने आयोजकले जनाएको छ । महोत्सवमा आफ्नो नाटकलाई संलग्न गराउन सहभागीले यही मङ्सिर १४ देखि १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

महोत्सवमा विभिन्न पुरस्कार वितरण पनि गरिने आयोजकले जनाएको छ । महोत्सवको पहिलो दिन नेपाली नाट्य जगत्मा विशिष्ट योगदान पु¥याउने छ रङ्गकर्मी –निर्देशकलाई सम्मान गरिनेछ । त्यस्तै नेपाली नाटकका क्षेत्रमा काम गर्न चाहने दुई रङ्गकर्मी र दुई अनुसन्धातालाई निर्माण अथवा अनुसन्धानका लागि प्रोत्साहनस्वरुप जनही रु एक लाख प्रदान गरिनेछ । पुरस्कारका लागि इच्छुकले मङ्सिर १४ देखि फागुन ३ गतेसम्म आफ्नो मौलिक योजनासहित आवेदन दिन सक्नेछन् ।
साथै महोत्सवको संरक्षक सल्लाहकारको निर्णयबाट आवेदकलाई महोत्सवको अन्तिम दिन ‘युनिक आइडिया इनोभेशन अवार्ड’ प्रदान गरिनेछ । महोत्सवसम्बन्धी थप जानकारीका लागि धधध।लष्ताभकत।यचन बाट पनि थाहा पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...