‘ए’ डिभिजन लिग फुटबलमा पुलिसको जित



हाम्रो इकोनोमि

काठमाडौं । पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले तेस्रो जित हात पारेको छ । आज भएको खेलमा न्युरोड टिम एनआरटीलाई ३-० ले पराजित गर्दै पुलिसले लिगको तेस्रो जित आत्मसात गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसलाई जित दिलाउन निर कुमार राईले दुई गोल गरे । यस्तै अभिषेक रिजालको नाममा एक गोल रह्यो ।

खेलको ४१ औं मिनेटमा निर कुमारको गोलबाट पुलिसले सुरुवाती अग्रता बनाएको थियो । खेलमा पुलिसका निर कुमार राई म्यान अफ दि म्याच चुनिए । जितसंगै पुलिसले ५ खेलबाट १० अंक जोडेको छ भने तेस्रो स्थानमा उक्लिएको छ । एनआरटीको यो चौथो हार हो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...