‘ए’ डिभिजन लिग फुटबलमा पुलिसको जित



हाम्रो इकोनोमि

काठमाडौं । पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले तेस्रो जित हात पारेको छ । आज भएको खेलमा न्युरोड टिम एनआरटीलाई ३-० ले पराजित गर्दै पुलिसले लिगको तेस्रो जित आत्मसात गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसलाई जित दिलाउन निर कुमार राईले दुई गोल गरे । यस्तै अभिषेक रिजालको नाममा एक गोल रह्यो ।

खेलको ४१ औं मिनेटमा निर कुमारको गोलबाट पुलिसले सुरुवाती अग्रता बनाएको थियो । खेलमा पुलिसका निर कुमार राई म्यान अफ दि म्याच चुनिए । जितसंगै पुलिसले ५ खेलबाट १० अंक जोडेको छ भने तेस्रो स्थानमा उक्लिएको छ । एनआरटीको यो चौथो हार हो ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...