हङकङमा दुर्घटना हुँदा पाँचको मृत्यु



हाम्रो इकोनोमि

 

हङकङमा शुक्रवार बिहानै बस र ट्याक्सी ठोकिँदा पाँचजनाको मृत्यु भएको छ । बत्तीस मानिस घाइते भएका छन् ।

क्याथे प्यासिफिक एयरलाइन्सको विमानका कर्मचारी बोकेको एक बस बिहान ५ बजे विमानस्थल जाने क्रममा ट्याक्सीसँग ठोकिएको थियो ।

ट्याक्सीको पछिल्लो भाग पूरै कुच्चिएको छ अनि बसको दुवैतर्फको भागमा क्षति पुगेको छ ।

त्सिङ यी टापुमा भएको दुर्घटनामा बसमा रगतका टाटा समेत छन् ।

‘ट्याक्सी बिग्रेर सडकछेउमा देब्रेतर्फ रोकिएको थियो । त्यो रोकिएको ४० सेकेन्डपछि बसले पछाडिबाट हिर्कायो,’ प्रहरी सुपरीवेक्षक यिप सिउ–मिङले बताए ।

ठोकिएपछि बसले नियन्त्रण गुमाएको यिपले थपे ।

त्यसपछि त्यो दाहिनेतर्फको अनि हुत्तिएर देब्रेतर्फको रेलिङमा ठोकिएको र तीनजना यात्रु बसबाट फालिएका थिए ।

बस चालक समेत बसबाट हुत्तिएर बाहिर पुगेका थिए ।

प्रहरीका अनुसार, ट्याक्सी चालक र दुई पुरुष अनि बसका दुई यात्रुको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...