मिस वर्ल्डमा भोटिङ अवधि थपियो



हाम्रो इकोनोमि

 

मिस बर्ल्डमा ‘हेड टु हेड च्यालेन्ज’ का लागि भोट गर्ने अवधि दुई दिन थप गरिएको छ ।

यसअघि २८ नोभेम्बरसम्म भनिएकोमा अब ३० नोभेम्बरसम्म भोट गर्न पाइनेछ ।

भोटिङमा अहिलेसम्म नेपालकी श्रृंखला खतिवडा अग्रस्थानमा छिन् ।
मल्टिमिडिया अवार्ड र हेड टु हेड च्यालेन्जका लागि पब्लिक भोट आवश्यक हुन्छ ।

मल्टिमिडिया अवार्ड जितेमा श्रृंखला सर्ट कर्ट बाटोबाट फाइनल राउन्ड (टप ३०) मा प्रवेश गर्न सक्छिन् ।

हेड टु हेड च्यालेन्जमा पनि उनी आफ्नो समुहमा प्रथम भए दोस्रो राउन्डमा जानेछिन् ।

दोस्रो राउन्डमा अन्य २० समुहका विजेताहरुसँग उनले प्रतिस्पर्धा गर्नुपर्ने छ, जसबाट १० जना फाइनल राउन्डका लागि छानिन्छन् ।

अहिलेसम्मकै किर्तिमानी संख्यामा भोटिङ भइरहेको अवस्थामा सबैले भोट हाल्ने मौका पाउन् भनेर हामीले ३० नोभेम्बर बेलुकी ५ बजेसम्मलाई भोटिङ अवधि लम्ब्याएका छौं,’ मिस वल्र्डको आधिकारिक फेसबुक पेजमा लेखिएको छ ।
श्रृंखलालाई भोट गर्नका लागि चार विकल्पहरु छन्

१. उनको आधिकारिक मिस वल्र्ड पेज www.facebook.com/Miss-World-nepal लाई लाइक गर्ने र यसमा उनले पोष्ट गरेका सामग्रीहरुमा लाइक र कमेन्ट गर्ने

२ मिस वल्र्डको आधिकारिक वेबसाइट  https://missworld.com/#/contestants मा गएर श्रृंखलालाई भोट गर्ने

३. मोबस्टार एपमा गएर त्यसमा श्रृंखला खतिवडाको आधिकारिक अकाउन्ट (निलो टिक लगाइएको) खोली उनले पोष्ट गरेका फोटोहरुलाई दायाँबाट बायाँ स्वाप गर्ने र कमेन्ट गर्ने

४.  https://missvo.modelpowergd.com/en/?id=1&fbclid=IwAR3z-mn7RVzqKiZBU3BDZFTIhiUahi4tbSm5pQsN1HdFvbWV_mUYtD4CC6U#/detail?id=90

मा गएर उनको फोटो लाइक गर्ने ।

 

श्रृंखलासँग अहिले फाइनल राउन्डमा पुग्नका लागि यी दुई बलिया अवसरहरु देखिएका छन् । टप ३० मा पुगेपछि भने अगाडि बढ्न उनले निर्णायकहरुकै मन जित्नुपर्छ । मिस बर्ल्डको फाइनल ८ डिसेम्बरमा चीनको सान्यामा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...