विद्युत् चोरी गर्ने २६ जना पक्राउ



हाम्रो इकोनोमि

 

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युत् चोरी गर्ने २६ जनालाई आज बिहान पक्राउ गरेको छ ।

वितरण केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । विद्युत् चोरी गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा टोलीले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको केन्द्रका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिनुभयो ।

पक्राउ गरिएका सबैमाथि विद्युत् चुहाबट ऐन अन्तर्गत कारवाही गरी जरिवानाबापत रु दुई लाख २६ हजार राजश्व सङ्कलन भएको प्रमुख यादवले बताउनुभयो । उहाँका अनुसार सो क्रममा चार थान विद्युत् मिटर, दुई थान पङ्खा, एक थान टेलिभिजन र एक थान रन्दा मेसिन(काठको काम गर्ने) लगायतका समान समेत बरामद गरिएको छ ।

लागुऔषधसहित युवक पक्राउ

प्रतिबन्धित लागुऔषधसहित आज बिहान सिरहा बरियारपट्टी– १ बाट एक युवकलाई पक्राउ गरेको छ । प्रहरीचौकी कचनारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा स४प ६७९२ नं को मोटरसाइकलबाट प्रतिबन्धित लागुऔषधसहित लहान नगरपालिका–२ का २१ वर्षीय मोहम्मद मुर्तुजालाई पक्राउ गरेको हो ।

पक्राउ परेका मुर्तुजाको साथबाट प्रतिबन्धित लागुऔषध डिलक्स सिसी १०० एमएलको २४ बोतल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।
पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा पठाइएको छ

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...