धादिङ जिल्लाबाट संघीय संसदमा प्रत्यक्ष निर्वाचित सांसद खेमप्रसाद लोहनीले पदको दुरुपयोग गर्दै पुख्र्यौली सम्पत्ति हडपेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
किर्ते मञ्जुरीनामा बनाई मालपोत कार्यलय धादिङका कर्मचारीहरुलाई समेत प्रभाव र दवाव दिएर सांसद लोहनीले धादिङ जिल्लाको तत्तकालिन चैनपुर गाविस वडा नम्बर ३ मा रहेको कित्ता नम्बर २क ३८,४६, ३ ग, १५१ र १४२ को छन्दलाल लोहनीका नाममा रहेको झण्डै ९० लाख रुपैयाँ पर्ने जिउनी जग्गा आफ्नै श्रीमति भगवती अधिकारी लोहनीका नाममा नामसारी गराएका हुन् ।
छन्दलालका चार छोरामध्ये खेमप्रसाद माइला छोरा हुन् । छन्दलालको यसअघि नै मृत्यु भैसकेकको छ । सामान्यतया यसरी जिउनीमा राखिएको सम्पत्ति श्रीमानको शेखपछि श्रीमतिका नाममा नामसारी गर्नुपर्ने हुन्छ । तर, सांसद लोहनीले धनकुमारीका नाममा किर्ते नामसारी कागज बनाएर सम्पूर्ण सम्पत्ति आफ्नी श्रीमतिका नाममा पारेको पीडितहरुले बताएका छन् ।
सांसद लोहनीले किर्ते गरेपछि स्थानीयस्तरमा संघर्ष समिति नै गठन गरेर पीडितहरुले लोहनी र धादिङ मालपोतका कर्मचारीलाई कारवाहीको माग गर्दै उजुरी दिर्ता गराएका हुन् ।
उनीहरुले किर्तेमा संलग्न मालपोत कर्मचारी मोति थपलिया र सांसद लोहनीलाई कारवाहीको माग गर्दै मंसिर १३ गते अख्तियारमा उजुरी नै दर्ता गरेका छन् ।
अख्तियारमा हालेको उजुरीको दर्ता नम्बर ८८९० रहेको छ । संर्घष समितिका सदस्यमध्यका विष्णुचन्द्र शर्माले पीडितहरुले न्यायका लागि चाँडै प्रधानमन्त्री कार्यलय र संसद सचिवालयमा समेत उजुरी दर्ता गराउने तयारी भइरहेको बताए ।
