सम्पत्ति हडपेको भन्दै सांसद लोहनीविरुद्ध अख्तियारमा उजुरी



हाम्रो इकोनोमि

 

धादिङ जिल्लाबाट संघीय संसदमा प्रत्यक्ष निर्वाचित सांसद खेमप्रसाद लोहनीले पदको दुरुपयोग गर्दै पुख्र्यौली सम्पत्ति हडपेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

 

किर्ते मञ्जुरीनामा बनाई मालपोत कार्यलय धादिङका कर्मचारीहरुलाई समेत प्रभाव र दवाव दिएर सांसद लोहनीले धादिङ जिल्लाको तत्तकालिन चैनपुर गाविस वडा नम्बर ३ मा रहेको कित्ता नम्बर २क ३८,४६, ३ ग, १५१ र १४२ को छन्दलाल लोहनीका नाममा रहेको झण्डै ९० लाख रुपैयाँ पर्ने जिउनी जग्गा आफ्नै श्रीमति भगवती अधिकारी लोहनीका नाममा नामसारी गराएका हुन् ।

 

छन्दलालका चार छोरामध्ये खेमप्रसाद माइला छोरा हुन् । छन्दलालको यसअघि नै मृत्यु भैसकेकको छ ।  सामान्यतया यसरी जिउनीमा राखिएको सम्पत्ति श्रीमानको शेखपछि श्रीमतिका नाममा नामसारी गर्नुपर्ने हुन्छ । तर, सांसद लोहनीले धनकुमारीका नाममा किर्ते नामसारी कागज बनाएर सम्पूर्ण सम्पत्ति आफ्नी श्रीमतिका नाममा पारेको पीडितहरुले बताएका छन् ।

 

सांसद लोहनीले किर्ते गरेपछि स्थानीयस्तरमा संघर्ष समिति नै गठन गरेर पीडितहरुले लोहनी र धादिङ मालपोतका कर्मचारीलाई कारवाहीको माग गर्दै उजुरी दिर्ता गराएका हुन् ।

 

उनीहरुले किर्तेमा संलग्न मालपोत कर्मचारी मोति थपलिया र सांसद लोहनीलाई कारवाहीको माग गर्दै मंसिर १३ गते अख्तियारमा उजुरी नै दर्ता गरेका छन् ।

 

अख्तियारमा हालेको उजुरीको दर्ता नम्बर ८८९० रहेको छ । संर्घष समितिका सदस्यमध्यका विष्णुचन्द्र शर्माले पीडितहरुले न्यायका लागि चाँडै प्रधानमन्त्री कार्यलय र संसद सचिवालयमा समेत उजुरी दर्ता गराउने तयारी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...