९७ हजार रुपैयाँमा ज्याकेट बेच्ने दराजले अनलाइन सपिङका नाममा ठग्दैछ उपभोक्ता



हाम्रो इकोनोमि

 

तपाई/हामी प्राय कपडा, जुत्ता लगायतका आफुलाई आवश्यक सामाग्री किन्न कहाँ जान्छौं ? नजिकैको पसल वा फुर्सद छ भने न्यूरोड तथा असन जाने गछौँ ।

 

तर, पछिल्लो समय मानिसहरु आफुलाई आवश्यक सामाग्रीहरु अनलाइनमा किन्ने गर्छन् । एक फोनको भरमा सामान घरसम्मै आइपुग्छ भने किन सुविधा नलिने त्यो पनि एउटा कारण हो अनलाईन सपिङ ।

 

नेपालमा अनलाइन सपिङको बजार बिस्तार भइरहेको छ । तर, तपाई/हामीलाई यो थाहा छैन कि यही अल्छिपनाको सिकार हामी आफैं बनिरहेका छौं ।

 

अनलाईनमा किन्ने सामान र बाहिर बजारमा किन्ने सामान उस्तै भए पनि हामीले बाहिर बजारमा किन्दा भन्दा अनलाईन मार्फत किन्दा धेरै महंगो पर्ने गरेको पाइन्छ ।

 

बाहिर बजारका पसलहरु र दराजमा रहेका सामाग्रीहरुसँग त्यसको मूल्यको तुलना गर्दा बाहिरका पसलभन्दा दराजबाट अनलाइन सपिङ गर्दा सामान महंगो परेको पाइयो ।

 

अनलाइनमा विभिन्न प्रकारका छुटको व्यवस्था देखेर आकर्षित भइ खरिद गर्ने सामानहरु बाहिर त्यो भन्दा जस्तो मूल्यमा पाइन्छ भन्ने कुरा धेरैलाई थाहा होला ।

 

केही समय यता बजारमा चर्चित नाम बन्दै गएको दराज अनलाई सपिङले विभिन्न छुट्हरुको अवसरमा सामाग्रीहरु बिक्री गर्दै आएको छ ।तर, त्यही सामाग्रीको मूल्य बाहिर बजारसँग तुलना गर्ने हो भने त्यो महंगो देखिन्छ । सामान्यतया बाहिर पसलमा किन्नुभन्दा अनलाइन सपिङ गर्दा मूल्य सस्तो पर्नुपर्ने हो । तर, नेपालम भने त्यस्तो छैन ।

 

नोभेम्बर ११ लाई दराजले उत्सबको रुपमा मनाएको थियो । तर, नेपाली उपभोक्ताहरुले दराजको छुट अफरलाई अस्वीकार गरेका थिए । बजारमूल्य भन्दा २०० प्रतिशतले मूल्य बढाएर १०० प्रतिशत छुट दिएको भन्दै उपभोक्ताहरुले तीब्र आलोचना गरेका थिए ।

 

त्यसपछि पनि दराजले आफ्नो मूल्यलाई परिमार्जन गरेको छैन । बाहिर बजारका पसलहरु र दराजमा रहेका सामाग्रीहरुसँग त्यसको मूल्यको तुलना गर्दा बाहिरका पसलभन्दा दराजबाट अनलाइन सपिङ गर्दा सामान महंगो परेको पाइयो ।

 

नर्थफेसको ज्याकेट आजभोलि नेपालमा पनि बन्छ । नेपाली नर्थफेसका डाउन ज्याकेट पुतलीसडकका पसलहरुमा किन्ने हो भने धेरैमा १५ हजार रुपैयाँसम्ममा किन्न सकिन्छ । तर, यदि तपाई त्यही डाउन ज्याकेट दराजको अनलाईन सपिङमा गएर किन्नुहुन्छ भने १९ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्ममा विक्रीका लागि राखिएको छ ।

 

यस्तै एचपीको प्रिभिलियोन पावर १५/आई७/७औँ जेनेरेसनको ८ जीबी र्याम/१ टिबी र ४ जिबी ग्राफिक कोप्रोसेसर भएको ल्यापटप तपाई पुतली सडकको कुनै ल्यापटप पसलमा किन्न चाहानुहुन्छ भने ९५ हजार रुपैयाँसम्ममा डिस्काउन्ट नगरी पनि पाउन सक्नुहुन्छ ।

 

पुतलीसडकबाट बाहिर न्यूरोडको होलसेलमा जानुभयो भने यो भन्दा कम मूल्यमा पनि पाउन सक्नुहुन्छ । तर, यही ल्यापटपलाई डराजले ९७ हजार रुपैयाँमा विक्रीका फ्रि वल्डलिङ प्याकेज सहित राखेको छ।

 

गोल्ड स्टर जुत्ता आजभोली सबैको रोजाइमा पर्छ । यो जुत्ता बाहिर पसलमा किन्नु हुन्छ भने तपाइले १८ सय रुपैयाँदेखि महंगोमा १८ सय ५० रुपैयाँसम्ममा किन्न सक्नुहुन्छ ।

 

तर दरजले २ हजार १ सय ९९ रुपैयाँमा १० प्रतिशत छुट सहित १ हजार ९ सय ८० रुपैयाँमा यो जुत्ता विक्री गरिरहेको छ । भान्छामा प्रयोग हुने बाल्ट्राको १.५ लिटरको राइसकुकर बाहिर बजारमा किन्ने हो भने २ हजार रुपैयाँसम्ममा केही नहिजकिचाई व्यापारीले विक्री गर्छन् ।

 

तर, त्यही बाल्ट्राको १.५ लिटरको राइसकुकरलाई दराजले ३ हजार ७५ रुपैयाँमा २८ प्रतिशत डिस्काउन्ट राखि २ हजार २ सय २० रुपैयाँमा विक्री गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...