काबुलमा नेपालीमाथि आक्रमण, ११ घाइते



हाम्रो इकोनोमि

 

अफगानिस्तानको राजधानी काबुलमा आक्रमण पिरी ११ नेपाली घाइते भएका छन् । बुधवार भएको आक्रमणमा १६ मध्ये ११ नेपाली घाइते भएको पुष्टि भएका छन् । भने, ५ बेलायती रहेको बीबीसीले बताएको छ ।

 

ब्रिटिस सुरक्षासम्बन्धी कम्पनी जीफोरमा कार्यरत रहेको नेपाली घाइते भएको अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले बताएको छ । तर, घाइते हुने सबैको परिचय खुलिन सकेको छैन । बुधवार भएको कार बम विस्फोटमा पाँच सशस्त्र आक्रमणकारीहरू जीफोरएस परिसरमा प्रवेश गरेर अन्धाधुन्ध गोली बर्साएका थिए ।

 

दुवै पक्षबिच गोली हानाहान हुँदा १६ जना घाइते भएको हो । उक्त घटनाको समयमा जीफोरएस परिसरमा ३ सय ३० व्यक्ति रहेका थिए । ती सबै विदेशी नगरी रहेका थिए । आक्रमणको जिम्मा तालिवानले लिएको छ । जीफोरएस विश्वकै सबैभन्दा ठुलो सुरक्षा कम्पनी हो । नेपाल सरकारले अफगानिस्तानका लागि रोजगारीमा नखुलाए पनि त्यहाँ धेरै नेपाली कार्यरत रहेका छन् । पाकिस्तानमा पहिले पनि आक्रमणमा परी १२ नेपालीले ज्यान गुमाएका थिए ।

ल्याण्ड गर्ने बेला पाइलट नै निदाएपछि…

गाडीका चालक एक सेकेण्ड निदाउँदा भयानक दुर्घटना भएका खबर हामीले धेरै सुनेका, देखेका र भोगेका छौं ।

 

अझ वेग गतिमा उडिरहेको जहाजका पाइलट निदाए भने के होला ? यो कल्पना पनि गर्न सकिंदैन । तर, अस्ट्रेलियामा एक विमानका पाइलटनै निदाएर विमान गन्तव्य भन्दा ४६ किलो मिटर पर पुगेको छ ।

 

यो घटना ८ नोभेम्बरको हो । उक्त दिन चार्टर्ड वेटेक्स एयर फ्लानइटमा यो घटना भएको हो । उक्त समयमा विमान तस्मानियको किङ आइल्यान्डबाट डेभनपोर्टतर्फ आइरहेको थियो । उक्त विमान किङ आइलाइन्डका पाइपर पीए–३१ थियो ।

 

यद्यपि उक्त विमानमा केबल पाइलट मात्रै थिए । यो विषयमा अस्ट्रेलियको यातायात सुरक्षा विभागले जाँच गरिरहेको छ । विभागका अनुसार यो मामिलालाई लिएर पाइलटसँग सवाल–जवाफ गरिनेछ र वेटेक्स एयर प्रोसिजरको पनि समीक्षा हुनेछ ।

 

फ्लाइट ट्रेकिङका अनुसार उक्त विमानले ४६ किलोटिर बढीको दुरी तय गरेर फ्लाइट किङ आइल्यान्ड विमानस्थलमा विहान ६ः२१ बजे सुरक्षित अवतरण भएको थियो ।

 

यो विमानको यात्रु क्षमता ५ देखि ७ रहेको छ । यो ट्वीन इन्जिन विमानको क्रुजिङ गती लगभग ३८० किलोमिटर प्रति घन्टा तथा १९०० किमी रहेको छ ।

 

जाँचकर्ताहरुले यसलाई गम्भिर घटना भएको बताएका छन् । उनीहरुले अन्तिम रिपोर्टपूर्व प्रमाण एकत्रित गर्ने बताएका छन् । रिपोर्ट जाँचको अन्त्यमा जारी गरिने र २०१९ को मार्च सम्ममा आउने बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...