बर्खास्त मन्त्री सोडारी सरकारी आवासका टिभि, पलङ, बेड बिस्तर लिएर हिडे



हाम्रो इकोनोमि

 

पदीय मर्यादा उलंघन गर्दा बर्खास्तमा परेका सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारीले डेरा सर्दा सरकारी आवासका सामान आफूसँगै लगेका छन् ।

 

सोडारीले टेलिभिजन सेट, पलङ, टेबुल,  कुर्सी लगायतका दैनिक प्रयोजनका सामाग्री आफ्नो घर लगेको सामाजिक विकास मन्त्रालयका एक कर्मचारीले बताए ।

 

मन्त्रीले पदमुक्तपछि सरकारी आवास छोडदा प्रयोग गर्दै आएका सामान मन्त्रालयको स्टोरलाई बुझाई फर-फारक गर्नु पर्ने प्राव्धान छ । तर, बर्खास्त मन्त्री सोडारी र उनीकी पत्नी गीता सोडारीले सरकारी आवासका सामान लगेर गएका हुन् ।

 

सोडारी दम्पतीले सरकारी आवासमा रहेका सुत्ने पलङ, बेड सिरग, कम्प्युटर, प्रिन्टर, मोवाइल फोन र टेलिभिजन सेट लगायतका सामान लगेर गएको  मन्त्रालय स्रोतले बतायो ।

 

सोडारीले सरकारी आवासका समानहरु लगेपछि नवनियुक्त मन्त्री कृष्णराज सुवेदीको बसोबासको व्यवस्था गर्न कठिन भएको छ ।  सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खडकाले आवश्यक सामाग्रीका बारेमा जानकारी लिइरहेको बताए । सोडारीले के के सामान लिएर गए भन्ने विषयमा  मन्त्रालयले छानविन गरिरहेको छ ।

 

सोडारीको आवासका लागि मन्त्रालयले ११ लाख ७३ हजार खर्च गरेर सामानको खरिद गरेकाे थियो । आवासमा के -के सामान थिए भन्ने विषयमा जानकारी नभएपनि आवश्यक पर्ने केही सामान भने खरिद गरिएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए ।

 

अस्थायी मुकामबाट १५ किलोमिटर आसपासमा घर भएका मन्त्रीले सरकारी आवास सुविधा लिन नपाउने नियमको समेत सोडारीले उल्लङघन गरेका थिए । उनको घर धनगढीमा हुँदा हुँदै सरकारी आवास सुविधा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...