काठमाडौंमा बालकको अपहरणपछि हत्या



हाम्रो इकोनोमि

 

काठमाडौंको गोंगबुमा बालकको अपहरणपछि हत्या भएको छ । दुई दिनअघि बेपत्ता भएका बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।बालकको शव म्हेपीमा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

 

स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रवीण कुँवरका छोरा प्रयास बेपत्ता भएका हुन् । होटल परिसरमै खेलिरहेका प्रयास मंगलबार साँझ अपहरणमा परेका थिए । प्रहरीले अपहरणपछि हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

बलात्कार गर्नेलाई ८ वर्ष कैद, पीडितलाई ३० हजार क्षतिपूर्ति

गुल्मीमा ११ वर्षीया बालिका बलात्कार गरेको कसुरमा इश्मा गाउँपालिका २ का ४९ बर्षीय प्रेमबहादुर कार्कीलाई जिल्ला अदालतले आठ वर्ष कैद सजाय सुनाएको छ ।

 

न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले पीडकलाई कैद र ३० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको श्रेस्तेदार दुर्गा प्रसाद बस्यालले बताए ।

 

कार्कीलाई मुलुकी ऐन जबरजस्ती करणीको महल १ र ३ (२) विपरीत कसुर गरेको ठहर गर्दै अदालतले सोहि महलको ३ (२) बमोजिम उक्त सजाँय तोकिएको श्रेष्तेदार बस्यालले बताए । पीडित महिलालाई कार्कीले गत असार ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो ।

 

श्रीमती हत्या गर्ने जेल चलान

गुल्मीको मदाने ६ पुर्कोटदह पनाहका ३२ बर्षीय दुर्गाबहादुर नेपाली पुर्पक्षका लागि जेल चलान भएका छन् । उनले गत कात्तिक १५ गते राति पत्नी ३१ बर्षीया सीता नेपालीको हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...