पेस्तोलसहित सप्तरीमा महिला पक्राउ



हाम्रो इकोनोमि

 

सप्तरीको सुरुङ्गा नगरपालिकाबाट एकजना महिलालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

सुरुङ्गा नगरपालिका-३ भुसी महुलियास्थित फुटबल ग्राउण्डको पूर्वपट्टी खाली खेतमा बनाएको परालको झुप्रोबाट ती महिलालाई हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

पक्राउ पर्ने सिरहाको लहान नगरपालिका-५ बस्ने ३० वर्षीया गीता सदा हुन् ।

उनको साथबाट मेड ईन यूएसए लेखिएको एक थान पेस्तोल र त्यसको म्यागजिन, जंगी राउन्ड एक थान, त्यसको खोका ३ थान, खुकुरी एक थान, हयाक्सो ब्लेड एक थान, सानो हथौडा २ थान, टर्च लाईट एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

विशेष सुराकीको आधारमा पक्राउ गरिएका गीताबिरुद्व जिल्ला अदालतबाट हातहतियार खरखजाना कसुरमा म्याद थप गरी अनुसन्धान कार्य शुरु गरिएको सप्तरी प्रहरीका प्रबक्रा एवं डीएसपी भावेश रिमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...