शृंखला खतिवडालाई मल्टीमिडिया अवार्ड पक्का



हाम्रो इकोनोमि

 

काठमाण्डौ, चीनमा आयोजना भइरहेको मिस वर्ल्ड २०१८ अन्तरगत मल्टिमिडिया अवार्डमा नेपालकी सुन्दरी श्रृंखला खतिवडाको दावेदारी बलियो बनिरहेको छ । पछिल्लो स्थितिमा श्रृंखला करिब ३५ प्रति शत भोटका साथ अग्रता कायम गरिरहेकी छन् ।

 

आज र भोली कुनै ठूलो उलटफेर भएन भने श्रृंखला मल्टिमिडिया अवार्डको जित्नेमा दुईमत छैन । यो अवार्ड जितेमा उनका लागि फाइनल (टप ३०) मा पुग्ने ढोका खुल्नेछ ।यसअघि टप मोडल कम्पिटिसन र मिस ट्या लेन्ट अवार्ड जितेर फ्रान्स र जापानका सुन्दरीहरु टप ३० मा पुगिसकेका छन् ।

 

श्रृंखला यी दुवै प्रतियोगिताको फाइनल राउन्डमा परेकी थिइनन् । मल्टिमिडिया अवार्डसँगै ‘हेड टु हेड च्यालेन्ज’ र ‘ब्यूटी विथ प्रपोज’ मा श्रृंखलाको बलियो उपस्थिति रहेको छ । यी तीन मध्ये कुनैमा पहिलो भएको खण्डमा उनी छोटो बाटोबाट टप ३० मा पुग्छिन् । अन्यथा निर्णायकहरुको हातमा हुन्छ ।

 

हेड टु हेड च्यालेन्जमा अघि बढ्न पनि श्रृंखलालाई भोटिङको आवश्यकता छ । यसमा १ सय २१ प्रतिस्पर्धीहरुलाई २० समुहमा विभाजन गरिएको छ । प्रत्येक ग्रुपमा एक जना विजेता भोटिङबाट छानिन्छन् । यसरी छानिएका २० जनाले मिस वल्र्डको टप ३० मा आरक्षित १० सिटको लागि आपसमा प्रतिस्पर्धा गर्छन् ।

 

श्रृंखलाको समुहमा अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका गरी ६ जना सुन्दरी छन् । हेड टु हेडमा दुई भाग हुन्छन् । पहिलो भागमा भिडियो प्रिजेन्टेसन हुन्छ भने दोस्रो भागमा नि र्णायकले प्रश्न सोध्छन् । प्रश्नोत्तरको भिडियो सामाजिक सञ्जालमा आएपछि भोटिङ सुरु हुन्छ ।

 

त्यसपछि पब्लिक भोटमार्फत समुह विजेता हुने अर्को राउन्डका लागि छानिन्छन् । श्रृंखलाको हेड टु हेड भिडियो यूट्यूवमा आइसकेको छ । यसले राम्रो प्रतिक्रिया पाइ रहेको छ । श्रृंखलालाई मोबस्टार एप डाउनलोड गरेर भोट गर्न सकिन्छ भने फेसबुकमा उनको आधिकारिक पेजमा लाइक तथा कमेन्ट गर्दा पनि उनको भोट बढ्छ । यस्तै मिस वर्ल्डको आधिकारिक पेज बाट पनि भोट गर्न सकिन्छ ।

 

अहिलेसम्मको भोटिङमा श्रृंखलाको छेउछाउ कोही देखिएका छैनन् । उनीभन्दा पछाडि मंगोलियाकी एन्खि्रमा (११ प्रतिशत), भियतनामकी भि ट्रान (९ प्रतिशत), भारतकी अनुकृती भास (८ प्रतिशत) छन् । भारतकी अनुकृतीले पछिल्लो समयमा आफ्नो भोट ह्वात्तै बढाएकी छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...