यस्तै २१९ ले साधारण स्वास्थ्य सेवा लिएका छन् भने १५३ महिलाले पाठेघरसम्बन्धी उपचारको सेवा लिएको पनि प्रशासकीय अधिकृत खड्काले बताउनुभयो ।
२६ ले घरेलु उद्योग दर्ता, ३१ घरले कृषिसम्बन्धी सेवा र २०० भन्दा बढीले पशु भेटेनरीसेवा लिएको र कूल हजारभन्दा बढी ताप्लीवासीले शिविरबाट विभिन्न सेवा लिएको ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय उदयपुरको अयोजनामा मङ्गलबार र बुधबार रुपाटारमा दुइदिने घुम्ती शिविर सञ्चालन कार्य सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत कुमार खड्काले बताउनुभएको छ ।
जिल्लाकै पश्चिमी पहाडी क्षेत्रको दुर्गम भेगमा बसोबास गर्ने जनतालाई विभिन्न सरकारी सेवा गाउँघरमा नै प्र्रदान गर्न यो शिविर सञ्चालन गरिएको बताइएको छ ।
उक्त स्वास्थ्य शिविरमा झण्डै २७ ले मुटु, सुगर, महिलाको पाठेघर, आँखासम्बन्धी निःशुल्क उपचार लिएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले बताउनुभयो ।