मेनुका पौडेल सारेगमपको शीर्ष ११ मा, ‘नेपाली गुडिया’ नामले भारतभरी चर्चित



हाम्रो इकोनोमि

 

नेपाल आइडलबाट नेपालभरी चर्चामा छाएकी मेनुका पौडेल यतिबेला भारतमा पनि ‘नेपाली गुडिया’ को नामले चर्चित बनेकी छिन् ।

भारतीय रियालिटी शो सारेगमपमा मेनुकाले एकपछि अर्को गर्दै उत्कृष्ट प्रस्तुती दिएकी छिन् ।

यससँगै उनी शीर्ष ११ मा उक्लिएकी छिन् ।

शनिबार रातीको एपिसोडमा कुमकुम भाग्य टेलिश्रृङ्खलामा तनुश्रीको भूमिका निभाएकी लिना जुमानी मेनुकाको समर्थनमा उपस्थित भइन् ।

मेनुकाले हिन्दी फिल्म बाजिराव मस्तानीको गीत मोहे रंग दो लाल गाएकी छिन् । मेनुकाको प्रस्तुतीपछि त्यहाँ उपस्थित सबै जुरी मेम्बर्स र जजले उभिएर ताली बजाए ।

उनको प्रस्तुतीमा जुरी मेम्बर्सले ९८ प्रतिशत अंक दिए ।

मेनुका पौडेल सारेगमपको शीर्ष १५ मा

मेनुकाले उक्त गीत निकै गाह्रो भएकाले सुरुमा आफूलाई गाउन निकै डर लागेको बताइन् । आफ्नो आवाज नै कम सुनेका कारण उक्त गीतलाई सी सार्पमा गाएको उनले जानकारी दिइन् ।

तीन जजमध्येकी एक ऋचा शर्माले कहिलेकाँही डराउनु नै फाइदा हुने बताइन् । उनले भनिन्, ‘कहिले काँही डराउँदा नै यस्तो प्रस्तुती देख्न पाइन्छ ।’

मेनुका पौडेल सारेगमपको शीर्ष १३ मा, प्रिटी जिन्टाले गरिन् तारिफ

ऋचाले मेनुकाको निकै तारिफसमेत गरिन् ।

यस्तै, अर्का जज साजिदले मेनुकालाई गुडियाजस्तो देखिएको बताए । उनले भने, ‘तपाईंको जति तारिफ गरेपनि कम छ । प्रस्तुतीको अन्तरामा जुन सुर लिनुभयो, त्यो असाधारण थियो । तपाईंले लिइरहनुभएको हर्कत पनि निकै प्रस्ट छ ।’

भारतीय रियालिटी शोमा जिताउन मेनुका पौडेललाई सहयोग

यस्तै, शेखरले पनि उनलाई दिन प्रतिदिन बढ्दै गएको बताए । उनले भने, ‘मानिसहरुले मलाई फोन गरेरै तपाईंबारे सोधिरहेका छन्, यो नै सबैभन्दा ठूलो कुरा हो । अब तपाईंको जिम्मेवारी तपाईंको प्रशंसकतिर जान्छ ।’

कार्यक्रममा तीनै जजले पुनः दोस्रोपटक उभिएर उनको प्रशंसा गर्दै बजाए ।

उनको समर्थनमा उपस्थित तनुश्रीले पनि मेनुकाले गाएको प्रत्येक शब्दमा आफू हराएको बताइन् ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...