शेरधन राईले राष्ट्रपति कार्यालयमै मेरा सम्वेदनशील अंग समाए (भिडियो)



हाम्रो इकोनोमि

 

हाल प्रदेश १ का मुख्यमन्त्री समेत रहेका एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता शेरधन राईलाई आफ्नै पार्टीकी एक नेतृका सम्वेदनशील अंगमा समाएर (छोए) यौन हिंसा गरेको आरोप लगाएकी छिन् ।

 

मुख्यमन्त्री राईलाई उनकै पार्टीकी एकजना चर्चित नेतृले यौन हिंसाको आरोप लगाएकी हुन् । तत्कालीन एमालेको युवा संघ नेपालकी पूर्व केन्द्रीय सदस्य बालिका खड्काले राईलाई यौन हिंसाको आरोप लगाएकी छिन् । बालिका खड्काको आरोपले तरंग उत्पन्न भएको छ । शेरधन राईले बालिका खड्कालाई प्रहरी बोलाएर थुनाएको समेत रहस्य बाहिर आएको छ ।

 

‘नेपाल आज’ नामक युट्युब च्यानलसँगको अन्तर्वार्ताका क्रममा बालिका खड्काले मुख्यमन्त्री राईले आफूलाई यौन हिंसा गरेको बताइन् । उनी प्रधानमन्त्री खड्गप्रसाद ओलीको सचिवालयको अधिकृत भएर काम समेत गरेको बताएकी छिन् ।

 

बालिका खड्काले राईले आफूलाई गरेको यौन हिंसाबारे उजुरी दिएको बताएकी छिन् । उजुरी गर्दा आफूलाई प्रधानमन्त्री ओलीको सचिवालयबाट जागिरबाट हटाएको बालिका खड्काले बताएकी छिन् । त्यसपछि आफूलाई युवासंघको केन्द्रीय सदस्य पदबाटै हटाएको पनि उनले बताएकी छिन् ।

 

विद्यादेवी भण्डारीले राष्ट्रपति पदको दोस्रो पटक जिम्मेवारी लिँदै गर्दा शीतलनिवासमै मुख्यमन्त्री राईले आफ्ना सम्वेदनशील अंगमा छोएको उनले दाबी गरेकी छिन् । मुख्यमन्त्री राईले यसबारेमा केही प्रतिक्रिया दिएका छैनन् ।

 

‘राईले व्यवहारमा आफूलाई प्रेमिका वा श्रीमती जस्तो व्यवहार गरेको तर सम्बन्धबारे केही निष्कर्ष ननिकालेको या भनौं सम्बन्धलाई कुनै पनि नाम दिन सकेको छैन’, बालिका खड्काले भनेकी छिन् । राईले आफूलाई सांकेतिक मेसेज पठाउन थालेको उनले बताइन् ।

 

राईविरूद्ध निवेदन दिएपछि प्रधानमन्त्री ओलीले पनि एकहोरो आफूलाई मात्र गाली गरेको बालिका खड्काले बताएकी छिन् ।

 

न्यायको लागि झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतमलाई पनि भेटेर जानकारी गराएको उनले बताएकी छिन् । तर, पार्टीका शीर्ष नेताहरूले अध्यक्षले नै मिलाउने भनेर पन्छिएका थिए । शीर्ष नेताहरूले राई र बालिका खड्का दुबै घटना हुनुमा जिम्मेवार रहेको बताएको बालिकाले बताएकी छिन् ।

 

यसअघि प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई पनि महिला पत्रकारमाथि यौन हिंसा गरेको आरोप लागेको थियो । उनलाई मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद गरेको अभियोगमा बर्खास्त गरिसकिएको छ ।

 

केही दिन अगाडि सिङ्गापुर उपचार गर्न जाने भनेर हिँडेका मुख्यमन्त्री राई जर्मनी हुँदै अमेरिका पुगेका थिए । राईले अमेरिकामा आफन्तलाई प्रयोग गरेर पत्रकारलाई समेत कुटाएपछि विवाद भएको थियो । रिपब्लिका दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...