वाइडबडी खरिद प्रकरण मन्त्री अधिकारीले भने अब म अख्तियार लाईदिन्छु



 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले वाइडबडी विमान खरिदमा अनियमितता गर्नेमाथि सरकारले कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

 

मन्त्री अधिकारीले सो विमान खरिद प्रकरणको छानबिन गरिरहेका संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि गम्भीरतापूर्वक छानवीन गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गरे ।

 

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपाल एयरलाइन्सलाई कमजोर बनाउने नियतका साथ छानबिन गर्ने काम भने नगर्न पटक–पटक सम्बन्धित निकायलाई सचेत गराए ।

 

मन्त्री अधिकारीले सो विमान खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै गलत गर्नेमाथि कडा कार्वाही गर्न मन्त्रालय तयार रहेको स्पष्ट पारे ।

उनले  छानवीन गर्ने निकायलाई सरकारले आवश्यक सहयोग गरिरहेको पनि बताए ।

 

मन्त्री अधिकारीले संसदीय समिति, अख्तियारलगायतका छानवीन गर्ने निकायको प्रतिवेदन नआएसम्म सो सम्बन्धमा धैर्यता गर्न पनि सबैलाई आग्रह गरे ।

 

मन्त्री अधिकारीले आगामी मार्च भित्र वाइडबडी विमानलाई ‘फूल फेज’मा संचालन गर्ने योजना पनि अघि पारे ।

 

सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन नयाँनयाँ गन्तव्यको खोजी कार्यलाई तीव्रता दिइएको भन्दै उनले एक वर्ष भित्र नेपालको कूल ग्राहस्थ उत्पादनमा कम्तिमा १० प्रतिशत योगदान दिने गरी पर्यटन क्षेत्रको विकास गर्ने प्रतिवद्धता जनाए ।

 

मन्त्री अधिकारीले नौं महिना भित्र भैरहवा अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न गर्ने पनि बताए ।

 

मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि सरकारले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गर्ने तयारी गरिरहेको पनि जानकारी दिए ।

वाइडबडी खरिदबारे सात दिनमा राय दिन लेखा समितिको निर्देशन

संघीय संसदको सार्वजनिक लेखा समितिले नेपाल एयरलाइन्सले खरिद गरेको वाइडबडी विमान सार्वजनिक खरिद ऐन अनुसार भएनभएको रायसहित ठोस प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

 

समितिको बुधबार बसेको बैठकमा सोधपुछ गर्न सार्वजनिक खरिद कार्यालयका सचिव मधु रेग्मीलाई बोलाएको थियो ।

बैठकले समितिलाई रायसहितको प्रतिवेदन पेश गर्न सात दिनको समसीमासहितको निर्देशन दिएको हो ।

 

बैठकमा सहभागी सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुप्रसाद रेग्मीले वाइडबडी खरिदबारे मिडियामा आएको बाहेक कार्यलयलाई केही जानकारी नभएको बताए ।

 

उनले समितिले दिएको निर्देशनका आधारमा छानविन गर्न सक्ने भन्दै छानविनपछि मात्रै विमान खरिद प्रकरणबारे भन्न सक्ने जानकारी दिए ।

अठ्ठाइस बिघा गाँजा र आठ बिघा अफिम खेती नष्ट

मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा २८ बिघा १० कट्ठा गाँजा र आठ बिघा अफिम खेती नष्ट गरेको जनाएको छ ।

यही मङ्सिर ९ गतेदेखि १५ गतेसम्म कार्यालयले शुरु गरेको दोस्रो चरणको अभियानअन्तर्गत आजसम्ममा सो परिमाणमा गाँजा र अफिम खेती नष्ट गरिएको हो । कार्यालयबाट प्राप्त विवरणअनुसार जिल्लाबाट छुट्टाछुट्टै तीन वटा समूहमा खटिएको प्रहरी टोलीले जिल्लाको राक्सिराङ गाउँपालिका–९ को सानो टोड्के, वडा नं ८ को काँकडा, वडा नं ७ गर्लिङ र कैलाश गाउँपालिका–४ सर्सिङ र लिप्चेमा लगाइएका गाँजा खेती २८ बिघा १० कट्ठा र अफिम आठ बिघा नष्ट गरेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार प्रहरी निरीक्षकको नेतृत्वमा सञ्चालित अभियानमा ६० प्रहरी परिचालित छन् ।

दोस्रो चरणको अभियानअन्तर्गत जिल्लाको विभिन्न स्थानमा २२१ बिघा चार कट्ठा गाँजा तथा १०७ बिघा जमीनमा लगाइएको यस्ता अवैध खेती नष्ट गर्ने लक्ष्य रहेको प्रहरी नायब उपरीक्षक सिंहको भनाइ छ ।

 

अवैध गाँजा तथा अफिम खेती गर्ने स्थान अत्यन्त दुर्गम स्थानमा पर्नुका साथै यातायात मार्ग र सवारी साधनको पहुँच नभएको र जिल्लाको सदरमुकाम तथा प्रहरी प्रशासनको सहज पहुँचभन्दा धेरै टाढा रहेको हुँदा विगतदेखि गाँजाको खेती तथा उत्पादन हुने गरेको बताइन्छ ।

उक्त स्थानमा प्रहरीले गाँजा तथा अफिम फँडानीको साथसाथै स्थानीय जनसमुदायमा लागुऔषधको उत्पादन, बेचबिखन र दुव्र्यसनविरुद्ध पर्चा पम्पलेट वितरण गरी जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको छ । उक्त कारवाहीको क्षेत्रमा गाँजाखेतीको विकल्पमा अन्य कृषि पेशा अपनाउन सरकारी स्तरबाट आवश्यक सहयोगका कार्यक्रम ल्याउनुपर्ने स्थानीयले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
अर्को पार्टीमा जान्नँ, नयाँ ढंगले अघि बढ्छु : डा.भीम रावल

    –तपाईंलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी हटाउने एमालेको निर्णयलाई कसरी लिनुहुन्छ

विभान्ता, हिमाल डेन्टल हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

      काठमाण्डौ महानगरपालिका, वाड नं २८, कमलादी स्थित विभान्ता डेन्टल हस्पीटल

हामीले नबिराएको काममा सजाय भोग्नुपरेको छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति

आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।