नारायणकाजी श्रेष्ठ र कोमल ओलीको बिहे !



हाम्रो इकोनोमि

 

नारायणकाजी श्रेष्ठ नेकपाका प्रबक्ता । कोमल आली नेकपाबाटै राष्ट्रिय सभाकी सांसद । एउटै पार्टीमा रहेका श्रेष्ठ र ओली दुबै अविवाहित । यी दुई अविवाहितको प्रसंगले नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय सचिवालयको पछिल्लो बैठक कुनै पनि एजेण्डामा छलफलनै नगरी अर्कोपटक बस्नेगरी स्थगित भएको थाहा भएको छ ।

 

गत ८ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय हाई कमाण्डको बैठकमा प्रदेश कमिटीको पुर्णतापछि केन्द्रीय सदस्यहरुको कार्य विभाजनसम्बन्धी एजेण्डा छलफलका लागि राखिएको थियो । तर, त्यस एजेण्डामा छलफल प्रवेशै नगरी बैठकको ध्यान एकाएक एउटा फोटोतर्फ मोडियो ।

 

श्रेष्ठ र कोमल एउटै मञ्चमासंगै रहेको एउटा पत्रिकामा प्रकाशित फोटो हेर्दै अध्यक्ष ओलीले अविवाहित जोडीलाई कस्तो सुहाएको भन्दै ठट्टा गर्न सुरु गरेपछि बैठकको माहोल हाँसोठट्टातर्फ मोडियो ।

 

त्यसो त प्रचण्ड,माधव नेपाल,झलनाथ खनाल,इश्वर पोख्रेल देखि सबै नेताले त्यही फोटोको प्रसंगमा धेरै ठट्टा गर्न भ्याए । यतिसम्मकि अविवाहित काजीलाई साँच्चै कुमारचाहिँ हो कि होइन भन्नेदेखि कोमलसंगको चिनजानबारे समेत नेताहरुले जिज्ञासा राखे ।

 

त्यहीँ एउटा तस्विरको कारणले बैठकको एजेण्डामा छलफल गर्ने स्थितीनै बनेन ।चियाको चुस्कीसंगै रमाइलो ठट्टामै एक घण्टा कसरी बित्यो पत्तो पनि भएन । एक सचिवालय सदस्यले बुधबारसंग भने कार्यविभाजन पहिले कि पोलिटब्युरो पहिले गठन गर्ने मत बाझिने गरी सामान्य छलफल भएको थियो तर दुई अध्यक्षले पहिले कार्यविभाजनको गृहकार्य गरेपछि बैठक पुन बस्नेगरी रमाइलो मुडमा अन्तत बैठक टुंगियो ।

 

९ गते गृहकार्य गरेर ११ गते बस्ने गरी बैठक टुंगिए पनि गृहकार्य नपुगेको भन्दै त्यस दिनको बैठक पनि सारिएको थियो । बैठक पुन बस्ने भनिए पनि प्रस्तावित एक दर्जन एजेण्डामा भने सचिवालयमा गतिका साथ गम्भीर छलफल भएको छैन ।
बुधबार साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...