गोलघरबाट गोरेको यस्तो छ धन्दा, एक किलो नक्कली सुनसहित तीन पक्राउ



 

महानगरीय प्रहरी प्रभाग बल्खुले नक्कली सुनसहित तीनजनालाई पक्राउ गरेको छ ।  प्रभागबाट खटिएको टोलीले अवैध सुनसहित दाङका २८ वर्षीय गोपाल विक र २७ वर्षीय शिव कुमाल तथा सल्यानका २७ वर्षीय सञ्जयकुमार तिरुवालाई मङ्गलबार राति नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो ।

 

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंहले बल्खुको रोयल गेष्ट हाउस अगाडि रोकी राखेको बा १० च ८९९२ नंम्को टाटा डिआई गाडीलाई जाँचका क्रममा नक्कली सुन एक किलोग्रामसहित उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

 

पक्राउ परेका व्यक्तिसँग प्रहरीले विद्युतीय तराजु एक थान, कैंची एक थान र नगद रु ३६ लाख ६५ हजार बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्यापछि डीएसपीलाई फोन, भने श्रीमती मारेर हिँड्ने मै हुँ

‘ससुरालीमा श्रीमती मारेर हिँड्ने मै हुँ, डिएसपी सा’प अब तपाईँहरु मलाई खोज्न नहिँड्नुस् यदि मलाई पक्राउ गर्न आउनुभो भने मलाई भेट्नु हुन्न, किनकी मेरो साथमा दुई मिटर लामो डोरी छ ।’

 

मंगलबार मध्यान्ह अपरिचित नम्बरबाट आएको फोन रिसिभ गर्नासाथ जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी बासु पाठक चकित भए । अघिल्लो दिनदेखि प्रहरीले जसलाई खोजिरहेको थियो  तीनैले फोन गरेर पाठकलाई  धम्कीको शैलीमा भने, ‘मलाई खोज्ने प्रयास गर्नुभो भने, मेरो लाश पाउनुहुन्छ नत्र बाँच्न दिनुस् ।’

 

श्रीमतीको हत्या गरेर डीएसपीलाई नखोज्न र भारतसम्म पुग्ने समय दिन आग्रह गर्ने व्यक्ति थिए, जिरी नपा–९ ठूलो पातलका  तस्बिर तामाङ (वर्ष ३५) ।

 

मंसिर १० गते सोमबार राती जिरी नगरपालिका–९  स्थित ससुरालीमा सालोको बिहे भोज खान गएको बेला तामाङले सामान्य भनाभन हुँदा श्रीमतीलाई चिर्पट प्रहार गरेका थिए ।

 

चिर्पट प्रहारबाट उसको श्रीमती राममाया तामाङको घट्नास्थलमै मृत्यु भएको छ’ जिल्ला प्रहरी कार्यालय दोलाखका डिएसपी बासु पाठक भन्छन्, ‘श्रीमतीलाई आवेशमा आएर टाउकोबाट गिदी समेत निस्कनेगरी चिपर्ट हानेपछि उनी त्यही राती फरार भएका थिए, निकै ठूलो मेहनतले पक्राउ गर्न सफल भयौं ।’

 

श्रीमतीको हत्यापछि जेठानलाई फोन गरेर ‘मैले राममायालाई मारेको छु, मलाई खोज्नुपर्दैन भारत जान्छु’ भनेर हिँडेका तस्बिरले दुई दिन, दुई रात दोलखा र रामेछापका प्रहरीलाई ठुलो हैरानी दिए ।

 

‘बुधबार बिहान तस्बिर तामाङलाई रामेछापको मन्थलीबाट नियन्त्रणमा लिएका छौं’ डिएसपी पाठकले भने, ‘कर्तब्य ज्यानमा म्याद लिएर थप अनुसन्धान गर्छौं ।’

 

सुरालीमा नाता–गोता र आफन्तहरु भोज खाइरहेको बेला बिहे घरभन्दा तल्लो घरमा श्रीमतीलाई बोलाएका तस्बिर र उनको श्रीमतीको बीचमा घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

दोलखा सदरमुकाम चरिकोटमा भरियाको काम गर्ने तस्बिरले श्रीमतीले आफूले भनेको कुरा अटेर गर्ने र छोरीहरुको ख्याल नगर्ने गरेको भन्दै हत्या गरेको प्रहरीमा बयान दिएका छन् ।

आईजीपीको दस्तखत कीर्ते गर्ने वाईसीएल नेता पक्राउ

राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै ठगेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पर्साको धोविनी गाउँपालिका वडा नं. ३ हरिहरपुर घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नं. १३ डेरा गरी बस्ने २६ वर्षीय सन्तोष कुमार पाण्डेय (आलोक)लाई पक्राउ गरेको हो । पाण्डेय वाईसीएलका पूर्वकेन्द्रीय सदस्यसमेत हुन् ।

 

उनले राष्ट्रिय अनुसन्धानको प्रहरी जवान र प्रहरी सहायक निरीक्षक पदमा योग्यता अनुसारको जागिर लगाइदिने भनी विभिन्न व्यक्तिलाई विश्वासमा पारेर ७ लाख २० हजार ठगी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

ठगी गर्नका लागि पाण्डेयले किर्ते लिखत कागज तयार गरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नाम सहितको दस्तखत गरेको नक्कली नियुक्त पत्र समेत उनीहरुलाई दिएका थिए ।

 

उनले बाराको सुवर्ण गाउँपालिका वडा नं. ५ बस्ने प्रदीप कुमार ठाकुरलाई राष्ट्रिय अनुसन्धानको प्रहरी जवान पदमा जागिर लगाइदिने भेर १ लाख ७० हजार, महागढीमाई नगरपालिका वडा नं. २ बस्ने हरिन्द्र ठाकुरको छोरा उमेश ठाकुरलाई राष्ट्रिय अनुसन्धानको प्रहरी जवान पदमा जागिर लगाइदिने भन्दै १ लाख ५० हजार र महागढीमाई नगरपालिका वडा नं. १ बस्ने झगरु महतो कोईरीको छोरा धिरेन्द्र कुशवाहालाई राष्ट्रिय अनुसन्धानको प्रहरी सहायक निरीक्षक पदमा जागिर लगाइदिने भनेर ४ लाख रकम लिएका थिए ।

 

प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार पाण्डेयविरुद्ध ठगी तथा लिखत सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ । अदालतबाट ७ दिनको म्याद थप गरी उनीमाथि आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

विद्युत् चुहावट गर्ने ५३ पक्राउ

हुकिङ गरी विद्युत् चुहावट गर्ने करीब चार दर्जनभन्दा बढी व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्रले पक्राउ गरी जरिवाना गरेको छ ।

 

उक्त केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाका विभिन्न स्थानबाट सोमबार २८ र मङ्गलबार २५ गरी ५३ जनालाई पक्राउ गरेको हो ।अनुगमनका क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको पाइएका सबैलाई नियन्त्रणमा लिई विद्युत् चुहावट ऐनबमोजिम कारवाहीसहित जरिवानावापत रु पाँच लाख ८६ हजार राजश्व सङ्कलन गरिएको र सो क्रममा विद्युत् मिटर, पङ्खा र टिभी, एलइडीलगायत सामान पनि बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।

 

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा गए राति टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

 

पश्चिमबाट पूर्व आउँदै गरेको बा६४प १९९१ नंको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को१ख ५७५२ नंको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक झापा, मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ३० वर्षीय पदम राजवंशीको मृत्यु भएको हो ।

 

गम्भीर घाइते भएका उहाँलाई उपचारका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो।उक्त टिपरलाई नियन्त्रणमा लिइए पनि चालक भने फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
अर्को पार्टीमा जान्नँ, नयाँ ढंगले अघि बढ्छु : डा.भीम रावल

    –तपाईंलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी हटाउने एमालेको निर्णयलाई कसरी लिनुहुन्छ

विभान्ता, हिमाल डेन्टल हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

      काठमाण्डौ महानगरपालिका, वाड नं २८, कमलादी स्थित विभान्ता डेन्टल हस्पीटल

हामीले नबिराएको काममा सजाय भोग्नुपरेको छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति

आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।